![](https://www.symnetwork.com/wp-content/uploads/2020/09/corona-death-new-1024x666.jpg)
Credit: OnlineKhabar
![](https://www.symnetwork.com/wp-content/uploads/2020/09/Ratopati_875x90_3-9.gif)
![](https://www.symnetwork.com/wp-content/uploads/2020/09/1594872993-9.gif)
१७ भदौ, काठमाडौं । भक्तपुरको मध्यपुर थिमी नगरपालिकाका एक युवकको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
भदौ ४ गते कोरोना संक्रमण पुष्टि भएका मध्यपुर थिमी नगरपालिका– ७ का ४० वर्षका युवकको मंगलबार राति पाटन अस्पतालमा मृत्यु भएको उपमेयर अञ्जनादेवी मधिकर्मीले जानकारी दिइन् ।
Advertisement
![](https://www.symnetwork.com/wp-content/uploads/2020/09/Sanima-Share-Loan_gif_250x250px-10.gif)
![](https://www.symnetwork.com/wp-content/uploads/2020/09/1596010711-10.gif)
![](https://www.symnetwork.com/wp-content/uploads/2020/09/1594981462-8.gif)
![](https://www.symnetwork.com/wp-content/uploads/2020/09/1596727893-11.gif)
अस्पतालको भेन्टिलेटरमा राखेर उपचारका क्रममा उनको मृत्यु भएको हो । यी युवकमा कोरोना संक्रमण देखिएपछि परिवारका सदस्यहरुमा परीक्षण गर्दा उनको बाबु, आमा, पत्नी र दुई छोराछोरीमा पनि संक्रमण पुष्टि भएको थियो ।
कोरोना संक्रमणकै कारण उनकी आमाको भदौ १३ गते पाटन अस्पतालमै मृत्यु भएको थियो ।
युवकको बुधबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उनको बाबु, गर्भवती श्रीमती र छोराछोरी होम आइसोलेसनमा नै रहेका उपमेयर मधिकर्मीले जानकारी दिइन् ।
![](https://www.symnetwork.com/wp-content/uploads/2020/09/1588332472-2-11.gif)
![](https://www.symnetwork.com/wp-content/uploads/2020/09/1592292872-3-10.jpg)
![](https://www.symnetwork.com/wp-content/uploads/2020/09/bolero-9.gif)