२०८३ कार्तिक १२

रुपन्देहीमा कोरोना संक्रमितको मृत्यु

 Credit: OnlineKhabar

१७ भदौ,बुटवल । भैरहवाको भीम अस्पतालमा उपचाररत बुटवल उपमहानगरपालिका– ६ सब्जीमण्डीका ५७ बर्षीय पुरुषको बुधबार दिउँसो मृत्यु भएको छ ।

अस्पतालका सूचना अधिकारी डा. नारायण पोखरेलका अनुसार भदौ १५ गतेदेखि आईसीयूमा उपचाररत उनलाई बुधबार दिउँसो ३ बजे हृदयघात भएको र साढे ३ बजे मृत्यु भएको हो । उनी मुटुको रोगी थिए ।

१० वर्षअघि मुटुको शल्यक्रिया गरेका उनले नियमित औषधि सेवन गर्दै आइरहेका डा. पोखरेलले बताए । बुटवलको कोरोना बिशेष अस्पतालमा आईसीयू बेड नभएपछि भीम अस्पतालमा उपचार गराइरहेका उनको स्वास्थ्य अवस्था स्थिर रहेकामा एक्कासी हृदयघात भएको पोखरेलले बताए ।\


Advertisement


अस्पतालमा कोरोना संक्रमित मृतककी श्रीमतीको पनि आईसीयूमै राखेर उपचार भइरहेको छ ।

एकै दिन तीन जनाको मृत्यु

यसअघि भीम अस्पपतालमा बुधबार बिहान नवलपरासी पश्चिम रामग्राम– ५ कि कोरोना संक्रमित ६५ वर्षीय महिलाको मृत्यु भएको थियो ।

बुधबार नै बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा कपिलवस्तुकी ६० वर्षीया महिलाको मृत्यु भएको थियो ।


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap