२०८२ चैत्र ६

स्वास्थ्य

बुटवलका ल्याबमा कोरोना परीक्षण : एउटामा पोजेटिभ, अर्कोमा नेगेटिभ!

बुटवलका ल्याबमा कोरोना परीक्षण : एउटामा पोजेटिभ, अर्कोमा नेगेटिभ!

देश, समाचार, स्वास्थ्य
साभार: सेतोपाटी रुपन्देहीको बुटवलका मानिसलाई हिजोआज एउटा समस्याले सताइरहेको छ। त्यो हो कोरोना परीक्षणको रिपोर्ट। बुटवलका दुइटा प्रयोगशालाले एकै व्यक्तिको फरक/फरक रिपोर्ट दिएपछि मानिसहरू तनावमा छन्। प्रयोगशालाप्रति नै मानिसको विश्वास घटेको छ, हैरानी बढाइदिएको छ। प्रादेशिक प्रयोगशाला भैरहवा, लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र नेशनल प्याथल्याब बुटवललाई पिसिआर परीक्षणको अनुमति छ। तर बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल र नेशनल प्याथ ल्याबमा एउटै व्यक्तिको स्वाब परीक्षणको रिपोर्ट एउटामा पोजिटिभ र अर्कोमा नेगेटिभ आएको छ। गत अगष्ट २३ गते लुम्बिनी प्रादेशिक अस्पतालमा स्वाब संकलन गरी परीक्षण गरेका बुटवलका २० वर्षीय पुरूषको पिसिआर गर्दा कोरोना पोजेटिभ देखायो। उनको स्वाब नमूना नम्बर ८६९७ हो। उनले भोलिपल्ट नेसनल प्याथ ल्याबमा फेरि स्वाब परीक्षण गराएका थिए। .....१२२२ आइडी न...
धरानमा थप एक कोरोना संक्रमितको मृत्यु

धरानमा थप एक कोरोना संक्रमितको मृत्यु

देश, समाचार, स्वास्थ्य
साभार: सेतोपाटी धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान उपचारको क्रममा विराटनगरका एक जना ४३ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। मृतक महिला विराटनगर ११ निवासी हुन्। शुक्रबार  साँझ साढे ६ बजे उनको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ।  उनलाई बिहीबार कोभिड-१९ पुष्टि भएपछि न्युरो अस्पताल विराटनगरले त्यहाँका लागि रिफर गरेको थियो। Advertisement विपीमा शुक्रबार उनी भर्ना भएकी थिइन्। मृतकलाई श्वासप्रश्वासमा कठिनाइ हुनुकासाथै ३ दिनदेखि पेट र छाती दुख्ने समस्या थियो। उनी विगत ४ वर्षदेखि उच्च रक्तचापबाटसमेत पीडित रहेको प्रतिष्ठानका प्रवक्ता निदेश सापकोटाले जानकारी दिए। मृतकको शव नियमानुसार व्यवस्थापनको तयारी भइरहेको छ। योसँगै प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु हुने संक्रमितको संख्या २२ पुगेको छ। ...
कोरोना संक्रमणबाट ४ जनाको मृत्यु

कोरोना संक्रमणबाट ४ जनाको मृत्यु

देश, समाचार, स्वास्थ्य
साभार: रातोपाटी काठमाडौं – मोरङ, नवलपरासी र रुपन्देही गरी कोरोना भाइरस संक्रमणबाट ४ जनाको मृत्यु भएको छ ।  बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत एक जना, धरान घोपा आईसोलेनमा उपचार भइरहेका एक जना र कोशी अस्पतालमा उपचार गराइरहेका एक जना गरी तीन जना संक्रमितको मृत्यु  भएको हो ।  शुक्रबार मोरङ बिराटनगर मनपा–४ की ६४ वर्षीया महिलाको उपचारको क्रममा मृत्यु भएको र स्वाव संकलनपछि कोरोना पोजेटिभ देखिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।  यसैगरी, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रष्ठिान धरानमा बिराटनगर–११ की ४३ वर्षीया महिलामा श्वासप्रश्वासमा कठिनाइ हुने, पेट र छात्ती दुख्ने लक्षण देखिएपछि कोरोना परीक्षण गराउँदा संक्रमण पुष्टि भएपछि न्यूरो अस्पताल बिराटनगरबाट रिफर गरिएको र उनको उपचारका क्रममा मृत्यु भएको अस्पतालका प्रवक्ता डा. निदेश सापकोटाले जानक...
पुल्चोकका आन्दोलनकारी नियन्त्रणमा खटिएका १८ जनासहित ५६ प्रहरीमा कोरोना संक्रमण

पुल्चोकका आन्दोलनकारी नियन्त्रणमा खटिएका १८ जनासहित ५६ प्रहरीमा कोरोना संक्रमण

देश, समाचार, स्वास्थ्य
साभार: रातोपाटी काठमाडौं । बिहीबार पुल्चोकका आन्दोलनकारी नियन्त्रणमा खटिएका १८ प्रहरीसहित ५६ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । आन्दोलन नियन्त्रणमा खट्ने एक इन्स्पेक्टरसहित ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । श्रोतका अनुसार आन्दोलन नियन्त्रणमा खटिएका १८ जना, महानगरीय प्रहरी परिसर काठमाडौंका १५ जना, मेट्रोका ८ जना र ट्राफिक महाशाखाका १५ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ । त्यहाँ खटिएका प्रहरीले केही दिन अघि नै स्वाब दिएका थिए । Advertisement उनीहरुको रिपोर्ट शुक्रबार आएको हो । सरकारले कोरोना परीक्षणका लागि स्वाब दिएपछि आइसोलेसन बस्नुपर्ने नियम बनाएको छ । तर ती प्रहरीलाई स्वाब दिएपछि पनि भिड नियन्त्रणमा खटाएको प्रहरीको उच्च स्रोतले जनाएको छ । ...
‘फोटो खिचाउनै भए पनि कसैले राहत दिए हामी भोकै मर्नु पर्ने थिएन’

‘फोटो खिचाउनै भए पनि कसैले राहत दिए हामी भोकै मर्नु पर्ने थिएन’

सामाजिक, स्वास्थ्य
साभार: सेतोपाटी महोत्तरीको जलेश्वर नगरपालिका-९ परकौलीका ३४ वर्षीय लक्ष्मण यादवलाई अचेल घर जानै मन लाग्दैन। लकडाउन सुरू हुनुभन्दा अगाडि उनलाई काम सकेर गाउँ जान हतार हुन्थ्यो। वीरगन्जबाट जनकपुरधाम आउनेबित्तिकै जलेश्वर जाने बस चढ्थे र घर जान्थे। पहिले-पहिले उनी घर जाँदा लक्ष्मणको घरमा ८ वर्षकी छोरी र १० वर्षका छोरा उनको अगाडि-पछाडि गर्न सुरू गर्थे। उनी पनि छोराछोरीका लागि कमाएर आउँदा केही न केही लिएरै जाने गर्थे। लकडाउन सकिएको डेढ महिना हुन थाल्यो भयो। उनी घरै गएका छैनन्। उनी अहिले जनकपुरधाम उपमहानगरपालिका- २३ मा रहेको रामजानकी दुल्हादुल्हन मन्दिरमा गाईवस्तुको स्याहारसुसार गर्ने गरेका छन्। ‘किन जाउँ घर कसका लागि जाउँ,’ आसु झार्दै लक्ष्मणले भने ‘गाउँ जाँदा घरमा बच्चा हुन्थे उनी हुन्थिन्, अब कोही छैनन् घर जानुको के अर्थ।’ लक्ष्मणको आखाँबाट बर्बर आँशु झरे। ...
९४ करोडको आयुर्वेदिक औषधि निर्यात, ३२ प्रतिशतले बढ्यो निर्यात

९४ करोडको आयुर्वेदिक औषधि निर्यात, ३२ प्रतिशतले बढ्यो निर्यात

अर्थतन्त्र, कर्पोरेट, स्वास्थ्य
साभार: सेतोपाटी गएको आर्थिक वर्ष नेपालको वस्तु व्यापार घाटा थोरै भएपनि घट्यो। अघिल्लो वर्ष १३ प्रतिशतले बढेको यस्तो वस्तु व्यापार घाटा गएको वर्ष भने १५ प्रतिशतले घटेको छ। वस्तु व्यापार घाटा न्यून हुनुमा लकडाउन लागू भएपछि केही उच्च मूल्यका वस्तुको आयात घट्नु तथा केही वस्तुको आयात आर्थिक वर्षको सुरुदेखि नै न्यून हुनु रहेको छ। वस्तु व्यापार घाटा न्यून हुनुको कारण निर्यात बढेर भन्दा पनि आयात घटेर भएको हो। आयात पनि नेपाल आत्मनिर्भर भएर भन्दा पनि कोरोना भाइरसजन्य परिस्थितिका कारण हो। यस्तोमा नेपालबाट धेरै मूल्यका निर्यात हुने २० वस्तुमध्ये तीनओटा वस्तुकोमात्र निर्यात बढेको छ। यो सूचीको कूल निर्यातमा ६१ प्रतिशत हुन्छ। यो सूचीमा रहेका पाम आयल जुन विदेशबाट कच्चा तेल ल्याएर नेपालमा रिफाइन गरेर निर्यात गरिन्छ। यसको निर्यात ७७ प्रतिशतले बढेर गएको वर्ष १८ अर्ब ३१ करोड रुपैया...
बर्दिबासमा आत्महत्या गरेकी महिलामा कोरोना पुष्टि

बर्दिबासमा आत्महत्या गरेकी महिलामा कोरोना पुष्टि

देश, समाचार, स्वास्थ्य
साभार: सेतोपाटी महोत्तरीको बर्दिबास नगरपालिकामा आत्महत्या गरेकी ८५ वर्षीया वृद्धामा कोरोना पुष्टि भएको छ। बर्दिबास नपा ३ की ती महिलाको गत भदौ १५ गते कोरोना परीक्षण गरिएकोमा रिपोर्ट नआउँदै उनले बुधबार बिहान करिब साढ़े ६ बजेको समयमा झुन्डिएर आत्महत्या गरेकी थिइन्। Advertisement उनको रिपोर्ट हिजो दिउँसो मात्रै आएको बर्दिबास नगरपालिकाका नगर प्रमुख बिदुर कार्कीले जानकारी दिए। यसअघि मृतकको घरका अन्य ३ जनामा समेत भदौं ११ गते कोरोना संक्रमण पृष्टि भएको थियो। ...
फुटबलर एरिक विष्ट कोरोना मुक्त

फुटबलर एरिक विष्ट कोरोना मुक्त

खेलकुद, देश, समाचार, स्वास्थ्य
साभार: सेतोपाटी काठमाडौं । विश्वकप फुटबल छनोटको खेलका लागि फागुन अन्तिम साता राष्ट्रिय टोलीका ३४ खेलाडीको कोरोना परीक्षण भएको थियो । ३३ खेलाडीको कोरोना रिर्पोट नेगेटिभ आउँदा एक खेलाडी एरिक विष्टको रिपोर्ट पोजेटिभ देखिएको थियो । १९ दिन लामो आइसोलेसन बसाई पछि गरिएको कोरोना परीक्षण पछि अहिले एरिक विष्ट कोरोनामुक्त भएका छन् ।  सरकारले निषेधाज्ञा जारी गर्नु अगाडि नै नेपालमा हुने कतार विश्वकप छनोटको दोस्रो लिगका लागि फुटबलको अभ्यास सुरु गर्ने तयारी गरेको थियो । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले तोकेअनसार सुरक्षाका मापदण्ड अपाउँदै खेलाडीहरुलाई अभ्यासमा फर्काउन अखिल नेपाल फुटबल संघ (एन्फा) ले तयारी गरेको थियो । तर समुदाय स्तरमा कोरोनाको संक्रमण फैलिएसँगै प्रशासनले निषेधाज्ञा गरेपछि अभ्यास स्थगित भएको थियो । अभ्यास अगाडि गरिएको पीसीआर परीक्षणमा ३४ जना खेलाडी मध्ये एरिक विष...
रुपन्देहीमा कोरोना संक्रमितको मृत्यु

रुपन्देहीमा कोरोना संक्रमितको मृत्यु

देश, समाचार, स्वास्थ्य
 Credit: OnlineKhabar १७ भदौ,बुटवल । भैरहवाको भीम अस्पतालमा उपचाररत बुटवल उपमहानगरपालिका– ६ सब्जीमण्डीका ५७ बर्षीय पुरुषको बुधबार दिउँसो मृत्यु भएको छ । अस्पतालका सूचना अधिकारी डा. नारायण पोखरेलका अनुसार भदौ १५ गतेदेखि आईसीयूमा उपचाररत उनलाई बुधबार दिउँसो ३ बजे हृदयघात भएको र साढे ३ बजे मृत्यु भएको हो । उनी मुटुको रोगी थिए । १० वर्षअघि मुटुको शल्यक्रिया गरेका उनले नियमित औषधि सेवन गर्दै आइरहेका डा. पोखरेलले बताए । बुटवलको कोरोना बिशेष अस्पतालमा आईसीयू बेड नभएपछि भीम अस्पतालमा उपचार गराइरहेका उनको स्वास्थ्य अवस्था स्थिर रहेकामा एक्कासी हृदयघात भएको पोखरेलले बताए ।\ Advertisement अस्पतालमा कोरोना संक्रमित मृतककी श्रीमतीको पनि आईसीयूमै राखेर उपचार भइरहेको छ । एकै दिन तीन जनाको मृत्यु यसअघि भीम अस्पपतालमा बुधबार बिहान नवलपरासी पश्चिम र...
कोरोना संक्रमणबाट आमाको मृत्यु भएको ४ दिनपछि छोराको मृत्यु

कोरोना संक्रमणबाट आमाको मृत्यु भएको ४ दिनपछि छोराको मृत्यु

देश, समाचार, स्वास्थ्य
Credit: OnlineKhabar १७ भदौ, काठमाडौं । भक्तपुरको मध्यपुर थिमी नगरपालिकाका एक युवकको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । भदौ ४ गते कोरोना संक्रमण पुष्टि भएका मध्यपुर थिमी नगरपालिका– ७ का ४० वर्षका युवकको मंगलबार राति पाटन अस्पतालमा मृत्यु भएको उपमेयर अञ्जनादेवी मधिकर्मीले जानकारी दिइन् । Advertisement अस्पतालको भेन्टिलेटरमा राखेर उपचारका क्रममा उनको मृत्यु भएको हो । यी युवकमा कोरोना संक्रमण देखिएपछि परिवारका सदस्यहरुमा परीक्षण गर्दा उनको बाबु, आमा, पत्नी र दुई छोराछोरीमा पनि संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमणकै कारण उनकी आमाको भदौ १३ गते पाटन अस्पतालमै मृत्यु भएको थियो । युवकको बुधबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उनको बाबु, गर्भवती श्रीमती र छोराछोरी होम आइसोलेसनमा नै रहेका उपमेयर मधिकर्मीले जानकारी दिइन् । ...