२०८१ बैशाख १२

स्वास्थ्य

कोरोना निको भएर डिस्चार्ज भएका एक वृद्धको मृत्यु

कोरोना निको भएर डिस्चार्ज भएका एक वृद्धको मृत्यु

देश, समाचार, स्वास्थ्य
साभार: कान्तिपुर काठमाडौँ — कोरोना निको भएर घर फर्किएपछि एक ७१ वर्षीय वृद्धको मृत्यु भएको छ । तार्केश्वर नगरपालिका निवासी उनको संक्रमणमुक्त भएर घर फर्केको एक सातापछि मृत्यु भएको हो । उनको बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल (एपीएफ) मा भर्ना गरेर उपचार गरिएको थियो । भदौ १२ गते गरिएको पीसीआर परीक्षणको रिपोर्ट निगेटिभ आएपछि उनलाई एपीएफ अस्पतालले डिस्चार्ज गरेको थियो । साउन ३२ गते ज्वरो आएका कारण ग्रिन सिटी अस्पतालमा भर्ना भएका परीक्षण गराउँदा निमोनिया देखिएपछि कोभिड–१९ हुनसक्ने शंका गर्दै चिकित्सकहरुले उनको पीसीआर गराएका थिए । पीसीआर रिपोर्ट पोजिटिभ आएपछि उनलाई भदौ ३ मा एपीएफ अस्पताल रिफर गरिएको थियो । त्यहाँ उनको अवस्था गम्भीर भएपछि ६ दिन भेन्टिलेटरमा राखेरै उपचार गरिएको थियो । मृतकका छोराका अनुसार अस्पतालबाट घर फिरेपछि उनको बुवाको अवस्था सामान्य हुँदै गएको थियो । उनी नि...
कोरोनाबाट मृत्यु हुनेको संख्या ३०० पुग्यो, आज ९७९ संक्रमित थपिए

कोरोनाबाट मृत्यु हुनेको संख्या ३०० पुग्यो, आज ९७९ संक्रमित थपिए

देश, समाचार, स्वास्थ्य
साभार: रातोपाटी काठमाडौं । बितेको २४ घण्टामा देशभर ९७९ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयको सोमबारको नियमित प्रेस ब्रिफिङअनुसार देशभर कुल संक्रमितको संख्या ४७,२३६ पुगेको छ । यसैगरी देशभर सक्रिय संक्रमितको संख्या १६ हजार २५९ जना रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ९ हजार ६९ जना रहेका छन् भने होम आइसोलेशनमा ७ हजार १९० रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा डिस्चार्ज हुनेको संख्या १ हजार ७३६ रहेको छ । यस्तै निको हुनेको कुल संख्या ३० हजार ६७७ जना पुगेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।  आज ९,२१८ जनाको पीसीआर परीक्षण भएको छ भने हालसम्म ७ लाख ७७ हजार ५६३ जनाको पीसीआर परीक्षण भएको छ । यसैबीच कोरोनाबाट बितेको २४ घण्टामा थप ११ जनाको मृत्यु भएको छ।  यससँगै मृतकको संख्या ३०० पुगेको छ।   Advertisement प्रदेशगत वि...

कोरोना बीमा दाबीको अन्योता हट्यो, निजी ल्याबको परिक्षण मान्य हुने

अर्थतन्त्र, देश, बैँक/ बीमा, समाचार, स्वास्थ्य
Credit: CLICKMANDU काठमाडौं । कोराना दाबी भुक्तानी सम्बन्धी अन्योलता हटेको छ । बीमा समितिले समितिले निजी ल्याबको कोरोना पोजेटिभ रिपोर्टलाई मान्यता नदिने भनेसँगै यसमा विवाद उत्पन्न भएको थियो । समितिले कोरोना बीमा निर्देशीकामा सरकारी निकायको परिक्षणमा कोरोना पोजेटिभ आएको रिपोर्टमा मात्र दाबी भुक्तानी दिन कम्पनीहरुलाई दिर्नेशन दिएको थियो । यसमा चौतर्फी विरोध नै भएपनि आइतबार बीमा समितिले बीमा कम्पनीका प्रतिनिधी, नेपाल उद्योग परिसंघ र नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल वीमक संघ लगायतका संस्थाहरुका पदाधिकारीहरु समक्ष छलफल गरेको थियो । छलफलपछि स्वास्थ्य मन्त्रालय अन्तर्गत र मन्त्रालयबाट स्वीकृति लिएका सबै ल्याबहरुबाटगरिएको पोजिटिभ पिसिआर परिक्षण रिपोर्टलाई मान्यता बीमा कम्पनीहरुले दिने सहमति भएको छ । सबै ल्याबहरुबाट परिक्षणमा पोजेटिभ आएर परेका दाबीहरुलाई ७ दिन भित्र भुक्तानी...
२४ घन्टामा थपिए १ हजार ४१ कोरोना संक्रमित

२४ घन्टामा थपिए १ हजार ४१ कोरोना संक्रमित

देश, समाचार, स्वास्थ्य
साभार: कान्तिपुर यो सँगै देशभर ४५ हजार २७७ जना संक्रमित पुगेको छ । मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट ७ लाख ५७ हजार ९६३ परीक्षणहरु गरिएका छन् । त्यसैगरी २४ घण्टामा जम्मा १२ हजार ४७३ पीसीआर परीक्षण भएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ६ हजार ७०१ जना रहेका छन् । त्यसैगरी सकृय संक्रमितको संख्या १७ हजार ८७० जना रहेको छ । २४ घन्टामा १ हजार ५६६ जना डिस्चार्ज भएका छन् । हालसम्म निको हुनेको संख्या २७ हजार १२७ पुगेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जनाए । निको प्रतिशत ६० रहेको छ । Advertisement ...
आइसोलेसन सेन्टर बन्यो, संक्रमित चाहिँ घरमै

आइसोलेसन सेन्टर बन्यो, संक्रमित चाहिँ घरमै

देश, समाचार, स्वास्थ्य
Credit: OnlineKhabar २० भदौ, रौतहट । होम आइसोलेसन हटाउन देवाहीगोनाही नगरपालिकामा जय किसान पोलिटेक्निकल क्याम्पसमा २६० बेडको आइसोलेसन सेन्टर बनाएको छ । जिल्ला विपद् व्यवस्थापन समिति तथा जिल्ला स्तरीय कोभिड संकट व्यवस्थापन केन्द्र  संयक्त निर्णय अनुसार भदौ पहिलो साता क्याम्पस भवनमा जिल्लाकै ठूलो र व्यवस्थित आइसोलेसन सेन्टर सञ्चालनमा ल्याइएको थियो । आइसोलेसन सेन्टर बनाउन वृन्दावन नगरपालिकाले ३०० बेड उपलब्ध गराएको थियो भने अन्य पालिकाले सहयोग गरेका थिए । Advertisement आइसोलेसन सेन्टर बनेपछि संक्रमितहरुलाई ल्याउन भने कसैले पनि चासो दिएका छैनन् । आइसोलसनमा शनिबार १२ जना संक्रमित छन् । रौतहटमा दुई दिन पहिले बिहिबार मात्रै ३५ जना र शुक्रवार २३ संक्रमित थपिएका छन । थपिएका संक्रमितहरुलाई स्थानीय पालिकाले आइसोलेसनमा पठाउन पहल गरेका छैनन् । संक्...
बुटवलका ल्याबमा कोरोना परीक्षण : एउटामा पोजेटिभ, अर्कोमा नेगेटिभ!

बुटवलका ल्याबमा कोरोना परीक्षण : एउटामा पोजेटिभ, अर्कोमा नेगेटिभ!

देश, समाचार, स्वास्थ्य
साभार: सेतोपाटी रुपन्देहीको बुटवलका मानिसलाई हिजोआज एउटा समस्याले सताइरहेको छ। त्यो हो कोरोना परीक्षणको रिपोर्ट। बुटवलका दुइटा प्रयोगशालाले एकै व्यक्तिको फरक/फरक रिपोर्ट दिएपछि मानिसहरू तनावमा छन्। प्रयोगशालाप्रति नै मानिसको विश्वास घटेको छ, हैरानी बढाइदिएको छ। प्रादेशिक प्रयोगशाला भैरहवा, लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र नेशनल प्याथल्याब बुटवललाई पिसिआर परीक्षणको अनुमति छ। तर बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल र नेशनल प्याथ ल्याबमा एउटै व्यक्तिको स्वाब परीक्षणको रिपोर्ट एउटामा पोजिटिभ र अर्कोमा नेगेटिभ आएको छ। गत अगष्ट २३ गते लुम्बिनी प्रादेशिक अस्पतालमा स्वाब संकलन गरी परीक्षण गरेका बुटवलका २० वर्षीय पुरूषको पिसिआर गर्दा कोरोना पोजेटिभ देखायो। उनको स्वाब नमूना नम्बर ८६९७ हो। उनले भोलिपल्ट नेसनल प्याथ ल्याबमा फेरि स्वाब परीक्षण गराएका थिए। .....१२२२ आइडी न...
धरानमा थप एक कोरोना संक्रमितको मृत्यु

धरानमा थप एक कोरोना संक्रमितको मृत्यु

देश, समाचार, स्वास्थ्य
साभार: सेतोपाटी धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान उपचारको क्रममा विराटनगरका एक जना ४३ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। मृतक महिला विराटनगर ११ निवासी हुन्। शुक्रबार  साँझ साढे ६ बजे उनको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ।  उनलाई बिहीबार कोभिड-१९ पुष्टि भएपछि न्युरो अस्पताल विराटनगरले त्यहाँका लागि रिफर गरेको थियो। Advertisement विपीमा शुक्रबार उनी भर्ना भएकी थिइन्। मृतकलाई श्वासप्रश्वासमा कठिनाइ हुनुकासाथै ३ दिनदेखि पेट र छाती दुख्ने समस्या थियो। उनी विगत ४ वर्षदेखि उच्च रक्तचापबाटसमेत पीडित रहेको प्रतिष्ठानका प्रवक्ता निदेश सापकोटाले जानकारी दिए। मृतकको शव नियमानुसार व्यवस्थापनको तयारी भइरहेको छ। योसँगै प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु हुने संक्रमितको संख्या २२ पुगेको छ। ...
कोरोना संक्रमणबाट ४ जनाको मृत्यु

कोरोना संक्रमणबाट ४ जनाको मृत्यु

देश, समाचार, स्वास्थ्य
साभार: रातोपाटी काठमाडौं – मोरङ, नवलपरासी र रुपन्देही गरी कोरोना भाइरस संक्रमणबाट ४ जनाको मृत्यु भएको छ ।  बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत एक जना, धरान घोपा आईसोलेनमा उपचार भइरहेका एक जना र कोशी अस्पतालमा उपचार गराइरहेका एक जना गरी तीन जना संक्रमितको मृत्यु  भएको हो ।  शुक्रबार मोरङ बिराटनगर मनपा–४ की ६४ वर्षीया महिलाको उपचारको क्रममा मृत्यु भएको र स्वाव संकलनपछि कोरोना पोजेटिभ देखिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।  यसैगरी, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रष्ठिान धरानमा बिराटनगर–११ की ४३ वर्षीया महिलामा श्वासप्रश्वासमा कठिनाइ हुने, पेट र छात्ती दुख्ने लक्षण देखिएपछि कोरोना परीक्षण गराउँदा संक्रमण पुष्टि भएपछि न्यूरो अस्पताल बिराटनगरबाट रिफर गरिएको र उनको उपचारका क्रममा मृत्यु भएको अस्पतालका प्रवक्ता डा. निदेश सापकोटाले जानक...
पुल्चोकका आन्दोलनकारी नियन्त्रणमा खटिएका १८ जनासहित ५६ प्रहरीमा कोरोना संक्रमण

पुल्चोकका आन्दोलनकारी नियन्त्रणमा खटिएका १८ जनासहित ५६ प्रहरीमा कोरोना संक्रमण

देश, समाचार, स्वास्थ्य
साभार: रातोपाटी काठमाडौं । बिहीबार पुल्चोकका आन्दोलनकारी नियन्त्रणमा खटिएका १८ प्रहरीसहित ५६ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । आन्दोलन नियन्त्रणमा खट्ने एक इन्स्पेक्टरसहित ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । श्रोतका अनुसार आन्दोलन नियन्त्रणमा खटिएका १८ जना, महानगरीय प्रहरी परिसर काठमाडौंका १५ जना, मेट्रोका ८ जना र ट्राफिक महाशाखाका १५ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ । त्यहाँ खटिएका प्रहरीले केही दिन अघि नै स्वाब दिएका थिए । Advertisement उनीहरुको रिपोर्ट शुक्रबार आएको हो । सरकारले कोरोना परीक्षणका लागि स्वाब दिएपछि आइसोलेसन बस्नुपर्ने नियम बनाएको छ । तर ती प्रहरीलाई स्वाब दिएपछि पनि भिड नियन्त्रणमा खटाएको प्रहरीको उच्च स्रोतले जनाएको छ । ...
‘फोटो खिचाउनै भए पनि कसैले राहत दिए हामी भोकै मर्नु पर्ने थिएन’

‘फोटो खिचाउनै भए पनि कसैले राहत दिए हामी भोकै मर्नु पर्ने थिएन’

सामाजिक, स्वास्थ्य
साभार: सेतोपाटी महोत्तरीको जलेश्वर नगरपालिका-९ परकौलीका ३४ वर्षीय लक्ष्मण यादवलाई अचेल घर जानै मन लाग्दैन। लकडाउन सुरू हुनुभन्दा अगाडि उनलाई काम सकेर गाउँ जान हतार हुन्थ्यो। वीरगन्जबाट जनकपुरधाम आउनेबित्तिकै जलेश्वर जाने बस चढ्थे र घर जान्थे। पहिले-पहिले उनी घर जाँदा लक्ष्मणको घरमा ८ वर्षकी छोरी र १० वर्षका छोरा उनको अगाडि-पछाडि गर्न सुरू गर्थे। उनी पनि छोराछोरीका लागि कमाएर आउँदा केही न केही लिएरै जाने गर्थे। लकडाउन सकिएको डेढ महिना हुन थाल्यो भयो। उनी घरै गएका छैनन्। उनी अहिले जनकपुरधाम उपमहानगरपालिका- २३ मा रहेको रामजानकी दुल्हादुल्हन मन्दिरमा गाईवस्तुको स्याहारसुसार गर्ने गरेका छन्। ‘किन जाउँ घर कसका लागि जाउँ,’ आसु झार्दै लक्ष्मणले भने ‘गाउँ जाँदा घरमा बच्चा हुन्थे उनी हुन्थिन्, अब कोही छैनन् घर जानुको के अर्थ।’ लक्ष्मणको आखाँबाट बर्बर आँशु झरे। ...