२०८३ असार १४

स्वास्थ्य

क्याप्टेन विजय लामालाई कोराना संक्रमण

क्याप्टेन विजय लामालाई कोराना संक्रमण

देश, समाचार, स्वास्थ्य
Credit: OnlineKhabar २९ भदौ, काठमाडौं । नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन विजय लामालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । दुई दिनअघि शान्ति सैनिकको टोलीलाई सुडान पुर्‍याएर फर्किएका उनले आइतबार स्वाब दिएका थिए । आइतबार नै रिपोर्ट आउँदा  कोरोना संक्रमण पुष्टि भएको नेपाल एयरलाइन्सका एक वरिष्ठ अधिकारीले जानकारी दिए । अहिले उनी सोल्टी होटेलमा छन् । क्याप्टेन लामाले  आफूलाई कोरोना संक्रमण भएको सार्वजनिक रुपमा नै बताएका  छन् । Advertisement उद्धार उडान शुरु भएसँगै नेपाल एयरलाइन्सले आफ्ना कर्मचारीलाई सोल्टीमै क्वारेन्टिनमा राख्दै आएको छ । यसअघि पनि नेपाल एयरलाइन्सका १० भन्दा  धेरै उडान कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको थियो । क्याप्टेन लामासँगै ककपिटमा रहेका अर्का क्पाप्टेनसमेत संक्रमित भएका छन् । दुबै जना सोल्टीको आइ...
नौ वर्षदेखि वीर अस्पतालमा बसेकी गंगामायाको प्रश्न – अब म कता जाऔं ?

नौ वर्षदेखि वीर अस्पतालमा बसेकी गंगामायाको प्रश्न – अब म कता जाऔं ?

देश, समाचार, स्वास्थ्य
Credit: OnlineKhabar २८ भदौ, काठमाडौं । माओवादी द्वन्द्वकालमा विद्रोही पक्षबाट मारिएका छोरा कृष्णप्रसाद अधिकारीका हत्यारालाई कारबाहीको माग राख्दै अनसनमा बसेकी गंगामायाले वीर अस्पतालमा ‘डेरा’ जमाएको ९ वर्ष बितिसक्यो । वीर अस्पतालमा अनसनमै रहेका बेला उनका पति नन्दप्रसादको ६ असोज २०७१ मा निधन भयो । अहिलेसम्म शिक्षण अस्पतालमा रहेको पतिको शव उठेको छैन । गंगामायाले पछिल्लोपटक २०७५ असार २९ मा अनसन तोडेकी थिइन् । तर, अन्त जाने ठाउँ नभएको भन्दै उनी ०७५ सालदेखि नै वीर अस्पतालको स्टाफ वार्डको क्याबिन नम्बर ७ मा बस्दै आएकी छिन् । Advertisement यही बीचमा सरकारले वीर अस्पतालमा कोभिडका बिरामीहरु राख्ने निर्णय गरेपछि गंगामाया समस्यामा परेकी छन् । ‘म वीर अस्पताल कुरेर बसेको ९ वर्ष भयो, आज निस्किएर कहाँ जाने ? उनले भनिन्, कोठासोठा भए बस्नुस् भन्नुभयो, । तर, म...
चितवनमा होम आइसोलेसनमा रहेकी कोरोना संक्रमित वृद्धाको मृत्यु

चितवनमा होम आइसोलेसनमा रहेकी कोरोना संक्रमित वृद्धाको मृत्यु

देश, समाचार, स्वास्थ्य
साभार: सेतोपाटी चितवनमा होम आइसोलेसनमा रहेकी कोरोना संक्रमित वृद्धाको मृत्यु भएको छ।  भरतपुर महानगरपालिका–५ टाइगर चोक निवासी ८५ वर्षीया वृद्धाको आइतबार विहान ६ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले जानकारी दिए। Advertisement होम आइसोलेसनमा रहेका कोरोना संक्रमितको मृत्यु भएको चितवनमा यो दोश्रो घटना हो। यसअघि खैरहनी नगरपालिकाकी १०८ वर्षीया वृद्धाको पनि घरमै मृत्युभएपछि कोरोना पुष्टि भएको थियो। आइतबार मृत्यु भएकी वृद्धा अल्सर र क्यान्सरकी बिरामी हुन्। ...
‘विदेशमा यो साता ४३ नेपालीको कोरोनाबाट मृत्यु पुष्टि’

‘विदेशमा यो साता ४३ नेपालीको कोरोनाबाट मृत्यु पुष्टि’

देश, विदेश / एन.आर.एन, समाचार, स्वास्थ्य
Credit: OnlineKhabar २८ भदौ, काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को विश्वव्यापी महामारीका कारण विदेशमा विभिन्न मितिमा थप ४३ जना नेपालीको मृत्यु भएको यो साता पुष्टि भएको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जनाएको छ । गत मार्च महिनायता साउदी अरबमा मात्रै ४१ जनाको मृत्यु भएको त्यहाँस्थित राजदूतावासलाई उद्धृत गर्दै गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिले उल्लेख गरेको छ । योसँगै साउदी अरबमा मात्रै संक्रमणका कारण निधन हुने नेपालीको संख्या ५२ जना पुगेको साउदी अरबका लागि नेपाली राजदूत डा. महेन्द्र सिंह राजपुतले जानकारी दिएको समितिले जनाएको छ । यसका साथै यो साता कतारमा पनि थप २ जना नेपालीको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसँगै शनिवार साँझसम्म विदेशका विभिन्न १६ देशमा संक्रमणका कारण मृत्यु भएका नेपालीको संख्या २ सय ४३ पुगेको स्वास्थ्य समितिका संयोजक संजीव सापकोटाल...
निर्वाचन निश्पक्ष हुने हो भने भ्रष्टाचार स्वतः घट्छः पूर्वराष्ट्रपति यादव

निर्वाचन निश्पक्ष हुने हो भने भ्रष्टाचार स्वतः घट्छः पूर्वराष्ट्रपति यादव

देश, राजनीति, समाचार, स्वास्थ्य
Credit: OnlineKhabar २७ भदौ, काठमाडौं । गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा.रामवरण यादवले चुनावमा हुने अस्वस्थ प्रतिस्पर्धा नै भ्रष्टाचारको प्रमुख कारक रहेको बताएका छन् । निर्वाचन निश्पक्ष र धाँधलीरहित हुने हो भ्रष्टाचार घट्ने उनको भनाइ छ । युएस-नेपाल पोलिसी रिसर्च सेन्टरद्वारा आयोजित ‘राजनीतिक संस्थाहरूमा संकट र निर्वाचन प्रणालीमा सुधार’ शीर्षकको भर्चुअल सम्मेलनको शनिबार उद्घाटन गर्दै डा. यादवले भने, ‘निर्वाचन पारदर्शी, निश्पक्ष र धाँधलीरहित हुने हो भने भ्रष्टाचार लगायतका समस्या स्वतः कम हुन्छ ।’ गणतन्त्र नेपालको प्रथम राष्ट्रपतिको नाताले संविधान जारी गरेको प्रसंग स्मरण गर्दै संविधानमा प्राण भर्ने काम राजनीतिक पार्टीहरूले नै गर्नुपर्नेमा उनले जोड दिए । Advertisement ‘प्रथम राष्ट्रपतिको नाताले जनतालाई संविधान समर्पण गर्ने अवसर पाएँ तर सं...
काठमाडौँ उपत्यकामा ४३१ संक्रमित, कुन जिल्ला कति ? (सूचीसहित)

काठमाडौँ उपत्यकामा ४३१ संक्रमित, कुन जिल्ला कति ? (सूचीसहित)

देश, समाचार, स्वास्थ्य
साभार: रातोपाटी काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४३१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यसअघि शुक्रबार एकैदिन ६९६ जनामा कोरोना पुष्टि भएको थियो ।  शनिबारघटेर ४३१ जनामा मात्र संक्रमण पुष्टि भएको शनिबारको नियमित प्रेस व्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।  Advertisement मन्त्रालयका अनुसार आज काठमाडौँमा ३७७ जनामा संक्रमण पुष्टि भएको छ भने ललितपुरमा ३७ र भक्तपुरमा १७ जनामा संक्रमण पुष्टि भएको छ ।  पछिल्लो २४ घण्टामा देशभर १२०१ नयाँ संक्रमित थपिएका हुन् । योसँगै देशभर संक्रमितको संख्या ५२ हजार १२० पुगेको छ । १० हजार १०६ जनाको पीसीआर परीक्षण भएकोमा ४ सय १६ महिला र ७८५ जना पुरुषमा संक्रमण देखिएको हो ।  ...
स्याङ्जाका कोरोना संक्रमितको पोखरामा मृत्यु

स्याङ्जाका कोरोना संक्रमितको पोखरामा मृत्यु

देश, समाचार, स्वास्थ्य
साभार: रातोपाटी पोखरा – पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तरगतको पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।  स्याङ्जा पुतलीबजार वडा नम्बर १ का ८५ वर्षिय बृद्धको कोरोना संक्रमणबाट मृत्यु भएको हो । Advertisement भदौ २४ गते अस्पतालको आइसियूमा भर्ना भएका उनको बिहान साढे ६ बजे मृत्यु भएको अस्पतालका निर्देशक डाक्टर अर्जुन आचार्यले जानकारी दिए । पश्चिमाञ्चल अस्पतालमा मृत्यु हुने उनी १० औं संक्रमित हुन् । गण्डकीमा हालसम्म २३ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाई सकेका छन् ।  ...
कोरोना संक्रमित काठमाडौंका मेयरको पाँचतारे होटलमा बास, जनताको भने बिचल्ली

कोरोना संक्रमित काठमाडौंका मेयरको पाँचतारे होटलमा बास, जनताको भने बिचल्ली

देश, समाचार, स्वास्थ्य
साभार: रातोपाटी काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य कोरोनाभाइरस संक्रमणपछि कहाँ होलान ? होम आइसोलेसनमा ? कुनै अस्पतालको आइसोलेसनमा ? वा आफैले बनाउने भनेर आश्वासन दिएको आइसोलेशन सेन्टरमा ? यदि तपाईँले यस्तै अनुमान गर्नुभएको छ भने तपाईँ गलत हुनुभयो । काठमाडौं महानगरपालिकाका जनताको मतबाट निर्वाचित भइ महानगर हाँकिरहेका शाक्य यतिबेला काठमाडौं सबैभन्दा महंगो आइसोलेसनमा छन् । उनी अहिले काठमाडौंको पाँच तारे होटल सोल्टीको विशेष कोठा बुक गरेर बसेको खुलेको हो ।  उनले आफू घरमै आइसोलेसनमा बस्दै आएको सार्वजनिक रुपमा बताउँदै आएपनि गोप्यरुपमा होटलको आइसोलेसनमा बस्दै आएको खुलेको हो ।  उनलाई गत भदौ १५ गते कोरोना संक्रमण भएको थियो । स्रोतका अनुसार मेयर शाक्य मात्र हैन उनकी श्रीमती पनि सोल्टीको विशेष आइसोलेसनमा सँगै छिन् । त्यहाँ उनलाई काठमाडौंको ग्राण्डी...
भक्तपुरमा एकै परिवारका तीन जना मृत फेला

भक्तपुरमा एकै परिवारका तीन जना मृत फेला

देश, समाचार, स्वास्थ्य
साभार: सेतोपाटी भक्तपुरमा एकै परिवारका तीन जनाको शव फेला परेको छ। मध्यपुर थिमी नगरपालिका-९ निकोसेरास्थित एकै परिवारका तीन जनाको शव फेला परेको प्रहरीले जनाएको हो। महानगरीय अपराध महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक एसपी ईश्वर कार्कीका अनुसार शव शुक्रबार साँझ फेला परेको हो। Advertisement 'हामी घटनास्थलमै छौं, अहिले कारण के हो खुल्न सकेको छैन,'उनले भने,'हामी  अनुसन्धान गर्दैछौं।' यसरी मृत फेला पर्नेमा सुदिप अधिकारी, सम्झना अधिकारी र उनीहरुका छोरा सुशान्त अधिकारी छन्। ‘घरको एउटा कुकुर पनि मृत फेला परेको छ, अनुसन्धान गरिरहेका छौँ’ भक्तपुर महानगरीय प्रहरी परिसरकी उपरीक्षक तारादेवी थापाले भनिन्। ...
उपत्यकामा ५७२ जनामा कोरोना पुष्टि, देशभर कुल संक्रमित ५० हजार नाघे

उपत्यकामा ५७२ जनामा कोरोना पुष्टि, देशभर कुल संक्रमित ५० हजार नाघे

देश, समाचार, स्वास्थ्य
साभार: रातोपाटी उपत्यकामा हालसम्मकै धेरै ५७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा उपत्यकामा सो संख्यामा कोरोना संक्रमित थपिएको हो । काठमाडौंमा ३ सातायता निषेधाज्ञा जारी रहेपनि संक्रमितको संख्या भने बढ्दो क्रममै रहेको हो । बिहीबारदेखि काठमाडौंमा निषेधाज्ञा खुकुलो बनाइएकै दिन संक्रमितको संख्याले नयाँ रेकर्ड बनाएको हो । मन्त्रालयका अनुसार काठमाडौंमा बितेको २४ घण्टामा ४९५ जनामा संक्रमण पुष्टि भएको छ भने ललितपुरमा ४३ र भक्तपुरमा ३४ जनामा संक्रमण पुष्टि भएको छ।   यस्तै पछिल्लो २४ घण्टामा देशभर १२ सय ४६ जना कोरोना संक्रमित थपिएका छन् । बिहीबारको नियमित प्रेस ब्रिफिङमा  मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका छन् । यो सँगै नेपालमा कुल संक्रमितकोसंख्या ५० हजार नाघेको छ । गौ...