२०८१ बैशाख ११

आइसोलेसन सेन्टर बन्यो, संक्रमित चाहिँ घरमै

District administrations in Gandaki province step up the drive to identify  recent returnees

Credit: OnlineKhabar

२० भदौ, रौतहट । होम आइसोलेसन हटाउन देवाहीगोनाही नगरपालिकामा जय किसान पोलिटेक्निकल क्याम्पसमा २६० बेडको आइसोलेसन सेन्टर बनाएको छ ।

जिल्ला विपद् व्यवस्थापन समिति तथा जिल्ला स्तरीय कोभिड संकट व्यवस्थापन केन्द्र  संयक्त निर्णय अनुसार भदौ पहिलो साता क्याम्पस भवनमा जिल्लाकै ठूलो र व्यवस्थित आइसोलेसन सेन्टर सञ्चालनमा ल्याइएको थियो । आइसोलेसन सेन्टर बनाउन वृन्दावन नगरपालिकाले ३०० बेड उपलब्ध गराएको थियो भने अन्य पालिकाले सहयोग गरेका थिए ।


Advertisement


आइसोलेसन सेन्टर बनेपछि संक्रमितहरुलाई ल्याउन भने कसैले पनि चासो दिएका छैनन् ।

आइसोलसनमा शनिबार १२ जना संक्रमित छन् । रौतहटमा दुई दिन पहिले बिहिबार मात्रै ३५ जना र शुक्रवार २३ संक्रमित थपिएका छन । थपिएका संक्रमितहरुलाई स्थानीय पालिकाले आइसोलेसनमा पठाउन पहल गरेका छैनन् । संक्रमितलाई आइसोलेसनमा पठाउन भने पनि पालिका प्रमुखहरु नमानेको जिल्ला अस्पताल गौरका मेडिकल सुपरिडेन्टेन डा. कृष्ण साह बताउँछन् ।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले भने ७० वर्ष माथिका र शारीरिक रुपमा अशक्त भएका बाहेक सबैलाई आइसोलेसन सेन्टरमा ल्याउनुपर्ने बताउँछन् । ‘संक्रमितहरु संस्थागत आइसोलेनमा नआई कुन आधारमा घरमा नै बसेका हुन् भन्नेबारे सम्वन्धित निकायलाई सोधपुछ गर्छु’ उनले भनेका छन् ।

रौतहटमा अहिलेसम्म १ हजार ६ सय ६० जनामा संक्रमण पुष्टि भएको छ ।

Copy link
Powered by Social Snap