२०८१ बैशाख १५

कोरोनाबाट मृत्यु हुनेको संख्या ३०० पुग्यो, आज ९७९ संक्रमित थपिए

साभार: रातोपाटी

काठमाडौं । बितेको २४ घण्टामा देशभर ९७९ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयको सोमबारको नियमित प्रेस ब्रिफिङअनुसार देशभर कुल संक्रमितको संख्या ४७,२३६ पुगेको छ । 
यसैगरी देशभर सक्रिय संक्रमितको संख्या १६ हजार २५९ जना रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ९ हजार ६९ जना रहेका छन् भने होम आइसोलेशनमा ७ हजार १९० रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा डिस्चार्ज हुनेको संख्या १ हजार ७३६ रहेको छ । यस्तै निको हुनेको कुल संख्या ३० हजार ६७७ जना पुगेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । 

आज ९,२१८ जनाको पीसीआर परीक्षण भएको छ भने हालसम्म ७ लाख ७७ हजार ५६३ जनाको पीसीआर परीक्षण भएको छ । 
यसैबीच कोरोनाबाट बितेको २४ घण्टामा थप ११ जनाको मृत्यु भएको छ।  यससँगै मृतकको संख्या ३०० पुगेको छ।  


Advertisement


प्रदेशगत विवरण
 संस्थागत आइसोलेसनमा प्रदेश नम्बर १ मा ७ सय ३१, प्रदेश नम्बर २ मा ४ सय ८२, बागमती प्रदेशमा ४ हजार ८ सय ४० र गण्डकी प्रदेशमा ८ सय ३६ जना संक्रमित उपचाररत रहेका छन् । यस्तै प्रदेश ५ मा १ हजार ९७, कर्णाली प्रदेशमा ३ सय ३६ र सुदूरपश्चिम प्रदेशमा ७ सय ४७ गरी देशभरी संस्थागत आइसोलेसनमा ९ हजार ६९ जना संक्रमित उपचाररत रहेका छन् । 

यस्तै होम आइसोलेसनमा प्रदेश नम्बर १ मा ७ सय ९०, प्रदेश नम्बर २ मा ३ हजार, बागमती प्रदेशमा २ हजार ३ सय ३४ र गण्डकी प्रदेशमा १ सय जना रहेका छन् । यस्तै प्रदेश ५ मा ८ सय ७, कर्णाली प्रदेशमा ४० र सुदूरपश्चिम प्रदेशमा ज्ञसय १९ जना गरी देशभरी होम आइसालेसनमा ७ हजार १ सय ९० जना संक्रमित उपचाररत रहेका छन् । आज आइसियुमा १ सय ७१ जना संक्रमित उपचाररत रहेका छन् । यस्तै भेन्टिलेटरमा २० जना संक्रमित उपचाररत रहेका छन । 

हालसम्म प्रदेश नम्बर १ मा २ हजार ६ सय ७९, प्रदेश नम्बर २ मा ८ हजार ७ सय ९७, बागमती प्रदेशमा ४ हजार १ सय ५० र गण्डकी प्रदेशमा १ हजार ८ सय ४१ जना संक्रमित डिस्चार्ज भएका छन् । यस्तै प्रदेश ५ मा ५ हजार ४ सय ८१, कर्णाली प्रदेशमा २ हजार ३ सय ४९ र सुदूरपश्चिम प्रदेशमा ५ हजार ३ सय ८० गरी देशभरी ३० हजार ६ सय ७७ जना संक्रमित निको भएर घर फर्किएका छन् । 

आज क्वारेन्टिनमा ४ हजार ७ सय ३९ जना रहेका छन् ।

Copy link
Powered by Social Snap