२०८१ बैशाख ४

धरानमा थप एक कोरोना संक्रमितको मृत्यु

साभार: सेतोपाटी

धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान उपचारको क्रममा विराटनगरका एक जना ४३ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।

मृतक महिला विराटनगर ११ निवासी हुन्। शुक्रबार  साँझ साढे ६ बजे उनको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ। 

उनलाई बिहीबार कोभिड-१९ पुष्टि भएपछि न्युरो अस्पताल विराटनगरले त्यहाँका लागि रिफर गरेको थियो।


Advertisement


विपीमा शुक्रबार उनी भर्ना भएकी थिइन्।

मृतकलाई श्वासप्रश्वासमा कठिनाइ हुनुकासाथै ३ दिनदेखि पेट र छाती दुख्ने समस्या थियो।

उनी विगत ४ वर्षदेखि उच्च रक्तचापबाटसमेत पीडित रहेको प्रतिष्ठानका प्रवक्ता निदेश सापकोटाले जानकारी दिए।

मृतकको शव नियमानुसार व्यवस्थापनको तयारी भइरहेको छ।

योसँगै प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु हुने संक्रमितको संख्या २२ पुगेको छ।

Copy link
Powered by Social Snap