दुई राम्रा मलयालम फिल्म, अंग्रेजी सब-टाइटलसहित युट्युबमा
गुड फ्राइडे सिनेमा
नयाँ शताब्दी सुरू भएसँगै भारतको मलयालम सिनेमामा बिस्तारै नयाँ पुस्ता हाबी हुन थाले। २१ औं शताब्दीको दोस्रो दशकदेखि मलयालम सिनेमाले पुरानो धार छाेड्यो।
कथा चयन र प्रस्तुतिमा नयाँ पुस्ताका निर्देशकहरूले नयाँपन भित्र्याए। यसको असर दर्शकमा पनि राम्रो पर्न थाल्यो। उनीहरूले नयाँ मलयालम सिनेमालाई विशेष माया दिएर सकारे। पछिल्ला एक दशकमा मलयालम सिनेमाले क्षेत्रीयबाट अन्तर्राष्ट्रिय दर्शकसमेतको ध्यान खिच्ने एउटा मुख्य कारण यही हो।
पर्दामा 'हिरो' नभएर आममानिसका कथा भन्ने अभ्यासलाई यो समयका केही मलयालम निर्देशकले अभियानका रुपमा अघि बढाइरहेका छन्। प्राविधिक हिसाबले विश्व सिनेमाका शिल्प र प्रयोग आत्मसात गरी यी सिनेमामा स्थानीय कथा भनिएको पाइन्छ।
मलयालम सिनेमामा नयाँ शैलीको प्रयोग भित्र्याउनेमध्ये निर्देशक लिजो जोस पेलिसरी एक...









