२०८१ बैशाख १४

चलचित्रका सम्पादक अनिल गौतमको दुर्घटनामा मृत्यु

साभार: रातोपाटी

काठमाडौं – नेपाली चलचित्रका सम्पादक अनिल गौतमको मृत्यु भएको छ । 

गए राति १०ः ५५ बजे बानेश्वरबाट कौसलटार निवास फर्कने क्रममा तीनकुनेस्थित मुन्नी भैरव नजिक उनी चढेको बा २९ प १४७९ नम्बरको मोटरसाइकललाई प्रदेश ३–०१–००३ क ४५६३ नम्बरको टिपरले ठक्कर दिदा उनको मृत्य भएको हो ।


Advertisement


दुर्घटनापछि बानेश्वरको सिभिल अस्पताल पुर्याइएको गौतमको उपचारको क्रममा निधन भएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

टिपर चालक अहिले प्रहरीको नियन्त्रणमा रहेका छन् । 
चलचित्र बिकाश कम्पनीलगायत बिभिन्न ठाउँमा रहेर  थुप्रै नेपाली चलचित्रको सम्पादन गरेका गौतम पछिल्लो समय पाइम टेलिभिजनसँग आवद्ध रहेका थिए ।

Copy link
Powered by Social Snap