चितवनको लाइम एण्ड लेमन मा ‘अर्थर गन’, २ घण्टा प्रस्तुति दिने
७ भदौ, चितवन ।अमेरिकी गायन रियालिटी शो अमेरिकन आइडल २०२० का उपविजेता ‘अर्थर गन’ (दिवेश पोखरेल)ले नेपालका विभिन्न सहरहरूमा प्रस्तुति दिने भएका छन् ।
अर्थरलाई बियर ब्रान्ड टुबोर्गले गत साता ‘होम कमिंग अर्थर गन’ नाम दिएर सांगीतिक यात्राका लागि नेपाल भित्र्याएको हो ।
अंग्रेज़ी गायनमा संसारभर युवामाझ परिचित अर्थरलाई टुबोर्गले ब्रेन सर्भिसिङ र एमएन इभेन्ट्ससँगको सहकार्यमा नेपाल निम्त्याएको हो ।
अर्थरले काठमाडौं, पोखरा, चितवन, बुटवल, धरानलगायतका सहरहरूमा प्रत्यक्ष सांगीतिक प्रस्तुति दिनेछन् ।
यसै अन्तर्गत चितवनस्थित लाइम एण्ड लेमन लाउञ्ज क्याफे, भरतपुरमा यही भाद्र ८ गते (अगष्ट २४) का दिन बेलुकी ठीक ६ देखि ८ अर्थर गनको लाइभ प्रस्तुति हुने भएको छ ।
कार्यक्रम हुनुभन्दा २ सातादेखि नै टिकट बिक्री गरिएको यस कार्यक्रमको पहिलो चरण र विद्यार्थी सहुलियतका टिकटहरु बिक्री...









