२०८१ बैशाख १४

राज्यमन्त्री मानन्धरको विश्व रेकर्ड

काठमाडौं । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले एकल गायनमा विश्व रेकर्ड कायम गरेका छन् । शुक्रबार दिउँसो सवा एक बजेदेखि गाउन शुरु गरेका मन्त्री मानन्धरले लगातार ४ घन्टा ५  मिनेट २० सेकेन्ड  सयम गीत गाएर विश्व रेकर्ड कायम गरेका हुन् । गायनका क्रममा उनले ५९ वोटा गित गाएका थिए । बालाजुस्थित अष्टनारायण चलचित्रहलमा विशेष कार्यक्रमबीच मन्त्री मानन्धरले विश्व रेकर्ड कायम गरेका हुन् ।


Advertisement


राज्यमन्त्री मानन्धरले वर्ल्ड बुक अफ रेकर्ड युकेको बहालवाला मन्त्रीको एकल कन्सर्ट विधामा विश्व रेकर्ड कायम गरेका छन् ।  मन्त्री मानन्धरले सबै गीतहरुको रोयल्टीसमेत तिरेर गाएका हुन् । कार्यक्रममा मन्त्री मानन्धरले केही राष्ट्रिय गीत, आधुनिक गीत र नेवारी गीतहरु गाएका थिए ।  नारायणगोपाल, भक्तराज आचार्य, प्रेमध्वज प्रधान, प्रकाश श्रेष्ठ, दीप श्रेष्ठ, तारादेवी, अरुणा लामालगायतले गाएका गीतको ट्रयाकमा मन्त्री मानन्धरले गाएका थिए। मानन्धरले  ‘देशले रगत मागे मलाई बली चढाऊ’, ‘जहाँ छन् बुद्धका आँखा’, ‘ठूला-ठूला महल होइन’ लगायतका गीत गाएका थिए ।

यो विधामा आयोजना गरिएको कार्यक्रम विश्वको पहलो भएकोले वर्ल्ड बुक अफ रेकर्डमा पहिलोपटक राज्यमन्त्री मानन्धरको नाम लेखिएको छ ।  बेलायतमा मुख्यालय रहेको वर्ल्ड बुक अफ रेकर्डले मन्त्री मानन्धरको प्रयास विश्वकै पहिलो भएको जानकारी दिएको छ । कार्यक्रममा मन्त्री मानन्धरले नेपालको कला र संगीत विश्वलाई चिनाउने प्रयास गरिएको बताए।  कार्यक्रममा प्रधानमन्त्रीकि पत्नी एवं प्रथम महिला राधीका शाक्यले राजनीति र गायन सँगै अघि बढाउन सफल भएकोमा मन्त्री मानन्धरलाई बधाई दिएकी थिइन् ।

साभार: रातोपाटी

Copy link
Powered by Social Snap