२०८२ फाल्गुन २२

अर्थतन्त्र

पेट्रोल पम्पमा लाइन, निगम भन्छ, ‘बजारमा तेलको समस्या छैन’

पेट्रोल पम्पमा लाइन, निगम भन्छ, ‘बजारमा तेलको समस्या छैन’

अर्थतन्त्र, देश, समाचार
बजारमा पेट्रोलियम पदार्थको समस्या नरहेको नेपाल आयाल निगमले जनाएको छ । गत शुक्रबार र शनिबार प्राविधिक तथा व्यवहारिक कारणले ढुवानी रोकिएकाले त्यसको प्रभाव बजारमा आंशिक परेको तर, आइतबार बिहानै समस्या हल भइसकेको निगमले जनाएको हो । सो बारे रातोपाटीलाई जानकारी गराउँदै निगमका प्रबन्ध निर्देशक सुरेन्द्र पौडेलले आइतबार बिहानै पूर्व देखि पश्चिम सबै ठाउँका पेट्रोल पम्पहरुमा तेल पठाइएको र कति पय स्थानमा ढुवानी जारी रहेको जानकारी दिए ।  Advertisement ‘बजारमा तेलको कुनै अभाव छैन । सम्बन्धित डिपो तथा पेट्रोल पम्पहरुमा तेल पुगिसकेको छ’ प्रवन्ध निर्देशक पौडेलले भने, ‘गत शुक्रबार आर्थिक वर्षको अन्तिम दिन भएकोले हिसाब मिलनको सन्दर्भमा र गत शनिबार बिदाको दिन परेकाले ढुवानीमा सामान्य समस्या आउछ बजारमा केही अभाव महशुस भएको हो । अहिले समस्या हल भइसकेको छ ।’ पौडेलक...
मौद्रिक नीतिका लागि राष्ट्र बैङ्कले बजेटको समीक्षालाई नपर्खने

मौद्रिक नीतिका लागि राष्ट्र बैङ्कले बजेटको समीक्षालाई नपर्खने

अर्थतन्त्र, देश, समाचार
चालु आर्थिक २०७८/७९ को पहिलो मौद्रिक नीतिले सरकारको बजेट समीक्षालाई नपर्खिने भएको छ । कोभिड–१९ को महामारीका बीच अध्यादेश मार्फत बजेट ल्याएको केपी ओली नेतृत्वको सरकार बहिर्गमित भएसँगै आएको शेरबहादुर देउवा सरकारले त्यसको समीक्षा गर्ने बताइरहेका बेला राष्ट्र बैङ्कले त्यसलाई नपर्खिने जनाएको हो ।  सो बारे रातोपाटीसँग कुरा गर्दै राष्ट्र बैङ्कका आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक समेत रहेका मौद्रिक नीति तयारी समूहका सदस्य प्रकाश श्रेष्ठले अबको केही दिनभित्रै राष्ट्र बैङ्कले मौद्रिक नीति सार्वजनिक गर्ने जानकारी दिए ।  Advertisement ‘मौद्रिक नीति भनेको तीन–तीन महिनामा राष्ट्र बैङ्कले ल्याउने मुलुकको अर्थ व्यवस्थाको नीति हो । यो स्वाभाविक र निरन्तर प्रक्रिया हो । त्यसैले यसले बजेटलाई कुरिराख्नुपर्छ जस्तो मलाई लाग्दै । नियमित कार्यतालिका अनुसार नै चा...
कोरोनाले अर्थतन्त्रमा पारेको असरबारे प्रधानमन्त्री र अर्थमन्त्रीसँग उद्योगी व्यवसायीको छलफल

कोरोनाले अर्थतन्त्रमा पारेको असरबारे प्रधानमन्त्री र अर्थमन्त्रीसँग उद्योगी व्यवसायीको छलफल

अर्थतन्त्र, देश, समाचार
उद्योग वाणिज्य महासंघका पदाधिकारीहरुले विहीबार प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्मासँग बेग्लाबेग्लै भेटघाट गरेका छन् । भेटका अवसरमा कोरोनाले अर्थतन्त्रमा पारेको प्रभाव र सुधारका प्रयासहरूबारे छलफल भएको बताइएको छ । Advertisement भेटपछि प्रधानमन्त्री शेरबहादुर देउवाले भने, ‘एफएनसीसीआईसँग साथीहरुसँग कोरोनाले अर्थतन्त्रमा पारेको असर र सुधारका विषयमा छलफल भयो । म कोरोनाले अर्थतन्त्रमा पारेको असरलाई लयमा फर्काउन प्रयासरत छु ।’ उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा उद्योगीहरुको टोलीले सिंहदरबारका प्रधानमन्त्री देउवासँग छलफल गरेका थिए । त्यसपछि उनीहरुले अर्थ मन्त्रालय पुगेर अर्थमन्त्री शर्मा सँग छलफल गरेका थिए ।    Credit: OnlineKhabar ...
जेठसम्म एक खर्ब ४८ अर्ब पुनर्कर्जा स्वीकृत

जेठसम्म एक खर्ब ४८ अर्ब पुनर्कर्जा स्वीकृत

अर्थतन्त्र, कर्पोरेट, देश, समाचार
३१ असार, काठमाडौं । जेठ मसान्तसम्म  कोभिड प्रभावित व्यवसाय पुनरुत्थानका लागि राष्ट्र बैंकले प्रदान गर्दै आएको पुर्नकर्जा एक खर्ब ४८ अर्ब रुपैयाँ स्वीकृत भएको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको ११ महिनाको वित्तीय विवरणअनुसार स्वीकृतमध्ये एक खर्ब २७ अर्ब ९ करोड रुपैयाँ भने लगानी भइसकेको छ । यस्तै व्यवसाय पुर्नउत्थानका लागि सरकारले प्रदान गरेको सहुलियतपूर्ण ऋण लगानी कृषि तथा पशुपन्छी क्षेत्रमा अत्यधिक रहेको पाइएको छ । Advertisement जेठ मसान्तसम्म एक खर्ब ५० अर्ब ९६ करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण कर्जा प्रवाह भएकोमा एक खर्ब दुई अर्ब ८३ करोड रुपैयाँ कृषि र पशुपन्छी क्षेत्रमा लगानी भएको राष्ट्र बैंकले जनाएको छ । कृषि तथा पशुपन्छी क्षेत्रमा यस्तो कर्जा लिनेको ऋणी ४४ हजार ७ जना छन् । यस्तै महिला उद्यमशील कर्जा शीर्षकमा ५० हजार ५१३ उद्यमीले ४४ ...
नेप्सेमा थप ५.२४ अंकको गिरावट

नेप्सेमा थप ५.२४ अंकको गिरावट

अर्थतन्त्र, देश, बैँक/ बीमा, समाचार
लगातार ओरालो यात्रामा रहेको सेयर बजार परिसूचक नेप्से मंगलबार थप ५.२४ अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार नेप्से परिसूचक ५.२४ अंकले घटेर २ हजार ८१८.१० विन्दुमा झरेको हो ।  गत सोमबार यस्तो गिरावट ११.७८ अंकले घटेर नेप्से २ हजार ८२२.७३ विन्दुमा अड्किएको थियो ।  Advertisement नेप्सेका अनुसार यस दिन कुल २२० कम्पनीका एक करोड एक लाख ३५ हजार २०९ कित्ता सेयर ४६ हजार ३१० पटक किनबेच हुँदा ४ अर्ब २२ करोड ४० लाख १८ हजार २५५ रुपैयाँको मात्र कारोबार भएको छ । यो गत सोमबारको तुलनामा करिब ३० करोडले कमी हो ।  यस दिन बैंकिङ्ग, जीवन बीमा, निर्जीवन बीमा, माइक्रोफाइनान्स तथा म्यानु एण्ड प्रो समूह चम्किदा अन्य सबै समूह ऋणात्मक (नेगेटिभ) हुन पुगेका छन् ।  साभार: रातोपाटी ...
बन्द हुँदै सिनेमा हलहरू, पहिलो लकडाउनयता अर्ब डेढ अर्ब लगानी फ्रिज

बन्द हुँदै सिनेमा हलहरू, पहिलो लकडाउनयता अर्ब डेढ अर्ब लगानी फ्रिज

अर्थतन्त्र, नेपाली चलचित्र, मनोरञ्जन / कला
झन्डै दुई महिना लामो लकडाउन अब खुकुलो बन्दैछ। तर अघिल्लो लकडाउनमाजस्तै, यसपालि पनि सिनेमा हल खुल्न कति समय लाग्छ, निश्चित छैन। यो अनिश्चितताले हलव्यवसायी, निर्माता, निर्देशक, कलाकार तथा प्राविधिकलाई अत्याएको छ। सिनेमा उद्योग पुरानो अवस्थामा कहिले फर्किने हो भन्ने चिन्ताले गाँजेको छ।  चलचित्र संघका अध्यक्ष मधुसुदन प्रधानका अनुसार अहिले देशभरबाट सिनेमा हल बन्द भएको खबर आइरहेको छ। कोरोना लकडाउनकै कारण पूर्वी नेपालको बिर्तामोड, गाईघाटदेखि पश्चिमको दाङसम्म सिनेमा हलहरू बन्द भएका छन्। यसमा काठमाडौं, बनेपा र भक्तपुरका सिनेमा हल पनि पर्छन्।   'लकडाउनका कारण यस अवधिमा ठ्याक्कै कति वटा सिनेमा हल बन्द भए यकिन तथ्य संकलन गर्दैछौं,' प्रधानले भने, 'कम्तीमा पन्ध्रदेखि बीस वटा हल बन्द भएको हुनुपर्छ।' महामारीबाट बच्न राज्यबाट नीतिगत सुधार, सहुलियत र साथ नपाए आगा...
सञ्चय कोषको बचत सामाजिक सुरक्षामा सारिने डरले जागिर छाड्दै बैंकका पुराना कर्मचारी

सञ्चय कोषको बचत सामाजिक सुरक्षामा सारिने डरले जागिर छाड्दै बैंकका पुराना कर्मचारी

अर्थतन्त्र, बैँक/ बीमा
सामाजिक सुरक्षा कोषको त्रासले बैंकका पुराना कर्मचारीहरू जागिर छाड्न थालेका छन्। केहीले जागिर छाडिसकेका छन् भने केही छाड्ने तरखरमा छन्। नबिल बैंक मानव संशाधन व्यवस्थापन प्रमुख रोशन कोइरालाका अनुसार बैंकमा आवद्ध करिब आधा दर्जन पुराना कर्मचारीले राजीनामा दिइसकेका छन्।  'सञ्चय कोषमा भएको आफ्नो रकम सामाजिक सुरक्षा कोषमा सार्नुपर्ने डरले उहाँहरूले राजीनामा दिनुभएको हुन सक्छ,' कोइरालाले भने। एभरेष्ट बैंकबाट पनि केही कर्मचारीले राजीनामा दिएको निकट स्रोतले जनाएको छ। Advertisement 'पुराना केही कर्मचारीले राजीनामा दिनुभएको छ। अरू खास कारण होइन, सञ्चय कोषमा भएको रकम झिकेर आफैंले सुरक्षित राख्न खोज्नुभएको हो। सामाजिक सुरक्षा कोषमा त्यो रकम सारिने हो कि भन्ने डर उहाँहरूमा देखियो,' स्रोतले भन्यो। अरू केही बैंकमा पनि यस्तै अवस्था छ। लामो अवधिसम्म काम गरेको क...
सकिएकै हो त सेयर बजारको ‘बुल’, के छ प्राविधिक विश्लेषण?

सकिएकै हो त सेयर बजारको ‘बुल’, के छ प्राविधिक विश्लेषण?

अर्थतन्त्र, शेयर बजार
जेठ ३१ गते सेयर बजारको परिसूचक नेप्से ३०२६ अंकमा पुगेर अहिलेसम्मलाई सर्वाधिक अंकको कीर्तिमानी कायम गर्यो। त्यसयता परिसूचक निरन्तर ओरालो लागेर सोमबार २८३४ अंकमा झरेको छ। बजार अझै घट्ने त्रास लगानीकर्तामा छ। यो बुलको चरण ३०२६ अंकबाटै अन्त्य हुने हो कि भन्ने आशंका समेत बढेको छ।  सामान्यतः बजार उच्चतम विन्दुबाट २० प्रतिशत वा सोभन्दा बढी तल झरेमा बुलको चरण सकिएको मानिन्छ। तर त्यति धेरै अंकले बजार नघट्ने विश्लेषकको भनाइ छ।  सेयर बजारबारे प्राविधिक विश्लेषण गर्दै आएका राजु मुनिकार अहिलेको गिरावटलाई एउटा सुधारका रुपमा लिन्छन्। Advertisement ‘अहिले बजार केही डिप करेक्सनमा देखिएको छ, यसको अर्थ बुल सकिएको होइन’ कुराकानीमा उनले भने ‘विगतमा बुलको अवधि १५–१६ सय दिनसम्म रहने गरेकोमा यो पटक ९ सय दिन मात्रै बितेको छ, अवधिको हिसावले अझै ४० प्रतिशतक...
एकै दिन १९ अर्बको सेयर कारोबारले बढाएको जोखिम

एकै दिन १९ अर्बको सेयर कारोबारले बढाएको जोखिम

अर्थतन्त्र, शेयर बजार
गत साता एकै दिन नेपाल स्टक एक्स्चेन्जमा करिब १९ अर्ब रुपैयाँ बराबरको सेयर किनबेच भयो । नेपालको अर्थतन्त्रमा एकै दिन १९ अर्ब रुपैयाँको सेयर कारोबार हुनु सानो होइन ।  हालै सार्वजनिक तथ्यांकअनुसार वाणिज्य बैंकले ९० अर्ब रुपैयाँभन्दा बढी रकम सेयर बजारमा ऋणका रुपमा लगानी गरेका छन् । अन्य वित्तीय संस्था र सहकारीबाट पनि ठूलो रकम सेयर बजारमा आएको छ । स्रोत नखुलेको सम्पत्ति पनि सेयर बजारमार्फत भित्रिएको अनुमान छ । जुनरुपमा  सेयर किनबेच भइरहेको छ त्यसले यो देखाउँछ पनि । यस आधारमा तुलनात्मकरुपमा सानो अर्थतन्त्र भए पनि सेयर बजारमा कारोबार ठूलो हुँदै गएको छ ।  यस बजारमा कुनै संकट आयो भने यसले समग्र वित्तीय क्षेत्र नै डाँबाडोल बनाउनेछ । त्यसैले अब सेयर बजारलाई वेवास्ता गरेर जाने अवस्था छैन । सरकार र केन्द्रीय बैंकले सेयर बजारलाई अब हल्कारुपमा लिन हुँदैन । यसलाई केन्द्रम...
सिईओ श्रदेश आचार्यको व्यापारिक कुशलता : रु.२०० बाट ९ वटा कम्पनी सम्मको यात्रा (भिडियो भित्र)

सिईओ श्रदेश आचार्यको व्यापारिक कुशलता : रु.२०० बाट ९ वटा कम्पनी सम्मको यात्रा (भिडियो भित्र)

SYM शुद्ध सकारात्मकता, अर्थतन्त्र, कभर स्टोरी
Apex कलेजका BBA विद्यार्थीसँगको अन्तरक्रियामा युवा उद्द्यमी श्रद्धेश आचार्यले आफ्नो ब्यापारीक जिबनको उतार चडापको बारेमा केही कुरा समाबेश गरेका छन्। ब्यापारिक जिबनका बारेमा बोलिरहदा त्यसको साथसाथै उनले आफ्नु कम्पनीमा कसरी आफ्नु कर्मचारीहरु लाई म्यानेज गर्छन् र कसरी उनीहरुलाई हौसला प्रदान गर्दै कम्पनीलाई आज यो स्थानमा पुर्‍याएका छन् भन्ने कुरा को पनि चर्चा गरिएको छ। AFTI Corporation (P) Ltd. को मातहत, लगानी र साझेदारीमा हाल सम्म नौ (९) वटा कम्पनी रहेको श्रद्धेश आचार्यले बताए। सो आकडा नौ बाट सोह्र (१६) सम्म छिटोनै पुग्ने उनले बताएका छन। Advertisement यस अन्तरक्रियामा उनले आफ्नो काम प्रतिको लगाब र ब्यापारीक दक्षता देखाउदै हर कोहि मा लगनशीलता भयो भने नेपालमा पनि केहि गर्न सकिन्छ है भनेर युवाहरुलाई प्रोत्साहन गरेका छन्। अन्तिममा उनले यो पनि थपेका छ...