२०८१ बैशाख १४

पर्यटन क्षेत्रको उत्थान पहिलो प्राथमिकता : पर्यटनमन्त्री 




२१ असार, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्डयन मन्त्री जीवनराम श्रेष्ठले पर्यटन क्षेत्रको उत्थान पहिलो प्राथमिकता भएको बताएका छन् । नेपाल पर्यटन बोर्डले नवनियुक्त पर्यटन मन्त्री श्रेष्ठको स्वागतमा मंगलबार बोर्डमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले कोभिड-१९ का कारण पर्यटन क्षेत्र मारमा परेकोले यसको उत्थानलाई पहिलो प्रथमिकतामा राख्नु पर्ने बताए ।



Advertisement



पर्यटन नेपालको आर्थिक विकासको महत्वपूर्ण क्षेत्र रहेको उल्लेख गर्दै मन्त्री श्रेष्ठले बोर्डलाई नयाँ बजेट निर्माण गर्दा रोजगारी सिर्जना हुने गरी बजेट निर्माण गर्न समेत आग्रह गरे ।

मन्त्रालयका सचिव तथा बोर्डका अध्यक्ष महेश्वर न्यौपानेले कोभिडले थलिएको पर्यटनलाई प्रर्वद्धन गर्ने हिसावले बोर्ड नयाँ बजेट तर्जुमामा लागेको बताए ।

बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले कोभिडको समयदेखि नै बोर्डले आन्तरिक तथा बाह्य पर्यटन प्रर्वद्धन गर्ने तथा रोजगारी सिर्जना गर्ने गरी विभिन्न कामहरु गरिरहेको जानकारी दिए ।

नेपाल पर्यटन बोर्ड एकल कर्मचारी युनियनका अध्यक्ष गोपाल भण्डारीले पर्यटन प्रर्वद्धन तथा नयाँ कार्यक्रम कार्यान्वयनका लागि बोर्डका कर्मचारी सधैं तत्पर रहको बताए । सो अवसरमा फोटो पत्रकार भरतबन्धु थापाले लेखन तथा संकलन गरेको वेस्टर्न नेपाल नामक पुस्तकको विमोचन समेत गरिएको थियो ।

Copy link
Powered by Social Snap