२०८३ बैशाख ३०

अर्थतन्त्र

उद्योगले भरिए भैरहवा र सिमरा सेज, के–के छन् सुविधा?

उद्योगले भरिए भैरहवा र सिमरा सेज, के–के छन् सुविधा?

अर्थतन्त्र, आर्थिक
भैरहवा र सिमरा विशेष आर्थिक क्षेत्र (सेज) पूर्ण रूपमा सञ्चालनमा आएको छ। दुवै सेजका सबै प्लट उद्योगले भरिएको विशेष आर्थिक क्षेत्र प्राधिकरणका कार्यकारी निर्देशक चण्डिका भट्टले जानकारी दिए।  'अहिले दुवै सेजको प्लट सबै अकुपाई भइसक्यो,' उनले भने, 'एक वर्ष भित्रमा उनीहरूले उत्पादन सुरू गर्छन्।' ५२ विगाह क्षेत्रफलमा फैलिएको भैरहवा सेजमा ६९ वटा प्लट छन्। जसमा १० अर्ब २१ करोड रूपैयाँ लगानीको ३२ वटा उद्योग सञ्चालन हुने भएका छन्।  यस सेजमा एउटा प्लट ६ हजारदेखि १२ हजार वर्ग मिटरका छन्।  ती उद्योगले कुल ११ अर्ब रूपैयाँ बरारबरको निर्यात गर्ने जनाएको प्राधिकरणका कार्यकारी निर्देशक भट्टले जानकारी दिए। त्यसमध्ये भाडा–वर्तनका लागि २० करोड रुपैयाँ वैदेशिक लगानी आएको छ।  सेजमा सञ्चालित उद्योगले तीन हजारभन्दा बढीलाई रोजगारी दिने बताइएको छ।  ...
काँचो जुम्ली स्याउ संकलनमा स्थानीयतहको रोक

काँचो जुम्ली स्याउ संकलनमा स्थानीयतहको रोक

अर्थतन्त्र, आर्थिक
२२ साउन, जुम्ला। जुम्लामा उत्पादन हुने जुम्ली अर्ग्यानिक स्याउ राम्रोसँग नपाक्दै बजारमा देखापरेपछि जिल्लाका स्थानीय तहले स्याउ सङ्कलनमा कडाइ गरेका छन् । यहाँको काँचो स्याउ कर्णाली प्रदेश राजधानी सुर्खेत, नेपालगञ्ज, दाङलगायतका बजारमा पुगेको व्यापक जनगुनासो आएपछि जुम्लाका स्थानीय तहले काँचो स्याउ संकलनमा रोक लगाउने निर्णय गरेका छन् । काँचो स्याउ सङ्कलन तथा बिक्री गर्दा अर्ग्यानिक जिल्लाको पहिचान सङ्कटमा पर्ने भएकाले ढिलोमा भदौ दोस्रो सातादेखि सङ्कलन गर्ने गरी तत्काल स्याउ सङ्कलनमा रोक लगाउने निर्णय गरिएको जिल्लाका स्थानीय तहका कृषि शाखाले जनाएका छन् । पातारासीले तीजलाई लक्षित गर्दै भदौ ८ गतेदेखि स्याउ टिप्ने र अनुकूलताअनुसार बिक्री गर्ने पालिकास्तरीय निर्णय गरेको गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहोराले जानकारी दिनुभयो । भदौ ८ गतेअघि जोसुकै किसानले स्याउ टिपेको भेटिए...
इन्धनको ढुवानी भाडा बढाउन निगमभित्रैबाट चलखेल !

इन्धनको ढुवानी भाडा बढाउन निगमभित्रैबाट चलखेल !

अर्थतन्त्र, आर्थिक
१९ साउन, काठमाडौं । पेट्रोलियम पदार्थको ढुवानी गर्ने व्यवसायीहरुको संस्था नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले शुक्रबार साँझ ढुवानी रोक्नेसहितको आन्दोलनका कार्यक्रम घोषणा गर्‍यो । बढेको पेट्रोलियम पदार्थको मूल्यवृद्धि अनुसार भाडा वृद्धिका लागि गरेको आग्रह निगमले अस्वीकार गरेपछि आन्दोलन घोषणा गरेको महासंघका अध्यक्ष खगेश्वर बोहराले बताए । आन्दोलनका कार्यक्रम अनुसार व्यवसायीले १६ साउनदेखि हवाई इन्धनको अग्रिम ढुवानी पीडीओ (अग्रिम खरिद अनुमति) नलिने, २० गतेदेखि सबै खाले इन्धनको पीडीओ (अग्रिम खरिद अनुमति) नलिने र २१ गतेदेखि देशैभरको पेट्रोलियम ढुवानी रोक्ने उल्लेख थियो । माग सम्बोधनका लागि दुई दिनको मात्रै सीमा दिएर घोषणा भएको आन्दोलन दोस्रो दिनमै व्यवसायीले फिर्ता लिए । निगम सञ्चालक समितिका एक सदस्य व्यवसायीले उक्साहटमा आन्दोलन घोषणा गरेको बताए । ‘बढेको मूल्यका कारण आर्थिक रुपल...
आयात कस्दा भन्सार महसुलमा धक्का, आन्तरिक आय पनि कमजोर

आयात कस्दा भन्सार महसुलमा धक्का, आन्तरिक आय पनि कमजोर

अर्थतन्त्र, आर्थिक
१६ साउन, काठमाडौं । सरकारले गत आर्थिक वर्ष २०७८/७९ मा राजस्व र अन्य प्राप्तिबाट ११ खर्ब ८० अर्ब ६ करोड रुपैयाँ संकलनको लक्ष्य राखेको थियो । तर, आर्थिक वर्षको अन्त्य (असार मसान्त) सम्म संकलन भने ११ खर्ब १६ अर्ब ४१ करोड ७६ लाख रुपैयाँ बराबरको भएको छ । सो वर्ष सरकारले प्राप्त हुने भनि अनुमान गरेको आयको मात्र ९४.५६ प्रतिशत उपलब्धि हो । लक्ष्य अनुसार सरकारले आय गर्न नसक्नुमा आर्थिक वर्षको अन्तिम चौमासमा विलासिताका वस्तुको आयातमा गरिएको कडिकडाउको प्रभाव हो । त्यसो त आन्तरिक राजस्व समेत लक्ष्य अनुसार उठ्न सकेन । आयकर समेत कमजोर हुँदा समग्रमा सरकारको आय प्रभावित बनेको अर्थ मन्त्रालयको तथ्यांकले देखाएको छ । सरकारले गत आवमा २ खर्ब ७८ अर्ब ९२ करोड रुपैयाँ बराबर भन्सार महसुल संकलन हुने अनुमान गरेको थियो । आर्थिक वर्षको अन्त्यमा २ खर्ब ४१ अर्ब ७८ करोड रुपैयाँ मात्र संकलन भएको छ...
फेसबुकको विज्ञापन बिक्रीमा पहिलोपटक गिरावट

फेसबुकको विज्ञापन बिक्रीमा पहिलोपटक गिरावट

अर्थतन्त्र, आर्थिक
१२ साउन, काठमाडौं । फेसबुक, इन्स्टाग्राम तथा ह्वाट्सएप लगायतका सोसल मिडिया प्लाटफर्मको स्वामित्ववाला मातृ कम्पनी मेटाले इतिहासमै पहिलोपटक विज्ञापनबाट हुने आम्दानीमा गिरावट बेहोरेको छ । सन् २०२२ को मे देखि जुलाई सम्मको त्रैमासिक अवधिमा मेटाको विज्ञापन बिक्रिबाट हुने आम्दानीमा गतवर्षको सोही अवधिको तुलनामा गिरावट आएको हो । मेटाको विज्ञापन बिक्रिमा भएको गिरावट इतिहासमै पहिलोपटक भएको बताइएको छ । यो त्रैमासिक अवधिमा मेटाको कूल आम्दानीमा १ प्रतिशत गिरावट आएर २८ अर्ब ८० करोड डलर कायम भएको छ । जुन महिनामा औषतमा हरेक दिन १ अर्ब ९७ करोड मानिसले फेसबुक लगइन गरेका छन् । मार्च महिनामा यो संख्या १ अर्ब ९६ करोड थियो । त्यस्तै मेटा कम्पनीका कुनै एउटा एप प्रयोग गर्ने दैनिक प्रयोगकर्ताको संख्या जुन महिनामा २ अर्ब ८८ करोड पुगेको रिपोर्टमा उल्लेख छ । मार्च महिनामा यो संख्या २ अर्...
गौतमश्री सहकारीको ठगी : २५ हजार बचतकर्ताको ७ अर्ब जोखिममा

गौतमश्री सहकारीको ठगी : २५ हजार बचतकर्ताको ७ अर्ब जोखिममा

अर्थतन्त्र, बैँक/ बीमा
१५ साउन, काठमाडौं । ललितपुरकी उर्मिला महर्जनले दैनिक मजदुरीमा जुठा भाँडा माझ्ने र सरसफाइको काम गर्न थालेको वर्षौं भयो । यसरी आएको रकमबाट घर खर्च चलाएर काठमाडौं महानगरपालिका–१४ कुलेश्वरमा रहेको गौतमश्री बहुउद्देश्यीय सहकारीमा बचत गर्न थालिन् । कहिलेबाट रकम राख्न थालिन् ? कति रकम भयो उनीसँग राम्रो हिसाब पनि छैन । आमाले पनि नियमित कारोबार गर्दै आएको सहकारीप्रति उनले कहिल्यै शंका गरिनन् । तर शुक्रबार एकाएक आफूले दिनरात नभनी मिहिनेत गरेर कमाएको पैसा वर्षौंदेखि जम्मा गरेको सहकारी संस्थामा ताला लगाएर सञ्चालक फरार भएको सुनेपछि उनी छाँगाबाट खसेजस्तै भइन् । ‘पहिले आमाले कारोबार गर्नुहुन्थ्यो, मलाई पनि विश्वास लागेर कारोबार गरेँ । पहिले सानो भवनमा थियो, अहिले सहकारी ठूलो भएपछि भवन पनि ठूलो बनेको छ,’ आइतबार सहकारी विभागमा भेटिएकी महजर्नले गहभरी आँसु पार्दै भनिन्, ‘‘राति १२ बजे...
चन्द्रागिरि हिल्सको दाबी– केबलकारमा प्राविधिक समस्या छैन

चन्द्रागिरि हिल्सको दाबी– केबलकारमा प्राविधिक समस्या छैन

अर्थतन्त्र, आर्थिक
काठमाडौं । चन्द्रागिरि हिल्स लिमिटेडले चन्द्रागिरिमा सञ्चालित केबलकारमा कुनै  प्राविधिक समस्या नभएको जनाएको छ । लिमिटेडले आज चन्द्रागिरिमा पत्रकार सम्मेलन गर्दै चन्द्रागिरि हिल्सले कहिलेकाहीँ विधुत् आपूर्तिमा समस्या हुँदा केबलकार रोकिने गरेको भन्दै केबलकारमा कुनै पनि प्राविधिक समस्या नभएको स्पष्ट पारेको हो ।  पत्रकार सम्मेलनमा चन्द्रागिरि हिल्सका अध्यक्ष चन्द्र ढकालले चन्द्रागिरि टेक्नोलोजीको हिसाबले केही समय रोकिने जानकारी दिँदै केही समस्या आएमा तत्कालै समस्या समाधान गर्ने गरिएको बताए । उक्त समस्या केवलकारको समस्या नभएर विद्युत्का कारण समस्या भएको उनको भनाइ छ । प्राविधिक समस्यामा बारेमा बुझाई फरक पर्दा चन्द्रागिरि केवलकारका बारेमा भ्रम सिर्जना भएको उनको जिकिर छ ।  चन्द्रागिरि हिल्सले विद्युत्, जेनेटर र इमरजेन्सी ड्राइभबाट केबलकार सञ्चालन गर्ने गरेको...
डलर बलियो हुँदा विश्व अर्थतन्त्रलाई नोक्सान पुर्‍याउन सक्ने पाँच कारण

डलर बलियो हुँदा विश्व अर्थतन्त्रलाई नोक्सान पुर्‍याउन सक्ने पाँच कारण

अर्थतन्त्र, आर्थिक
पछिल्लो एक वर्ष प्रमुख वैश्विक मुद्राहरूको तुलनामा अमेरिकी डलरमा अत्यधिक वृद्धि भएको छ, यो पछिल्लो २० वर्षमा कहिल्यै देखिएको थिएन । यो ब्रिटिश पाउण्डको तुलनामा १५ प्रतिशत, युरोको तुलनामा १६ प्रतिशत र जापानी येनको तुलनामा २३ प्रतिशत वृद्धि भएको छ ।  डलर विश्वको सञ्चित मुद्रा हो, यसको अर्थ यो धेरै अन्तर्राष्ट्रिय लेनदेनहरूमा प्रयोग गरिन्छ। फलस्वरूप, यसको मूल्यमा परिवर्तनले सम्पूर्ण विश्व अर्थतन्त्रमा प्रभाव पार्छ, जसमध्ये प्रमुख ५ प्रभावलाई यहाँ प्रस्तुत गरिएको छ-  अमेरिकी डलरको शक्ति १९७७-२०२२ १. थप उच्च मुद्रास्फीति  पेट्रोल र अधिकांश वस्तुहरू जस्तै धातु वा काठ सामान्यतया अमेरिकी डलरमा व्यापार गरिन्छ (यद्यपि यसका केही अपवादहरू छन् ।)। त्यसैले जब डलर बलियो हुन्छ, यी वस्तुहरूको मूल्य स्थानीय मुद्रामा बढी हुन्छन् । उदाहरणका लागि बेलायती पाउण्ड...
पर्यटन क्षेत्रको उत्थान पहिलो प्राथमिकता : पर्यटनमन्त्री 

पर्यटन क्षेत्रको उत्थान पहिलो प्राथमिकता : पर्यटनमन्त्री 

अर्थतन्त्र
२१ असार, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्डयन मन्त्री जीवनराम श्रेष्ठले पर्यटन क्षेत्रको उत्थान पहिलो प्राथमिकता भएको बताएका छन् । नेपाल पर्यटन बोर्डले नवनियुक्त पर्यटन मन्त्री श्रेष्ठको स्वागतमा मंगलबार बोर्डमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले कोभिड-१९ का कारण पर्यटन क्षेत्र मारमा परेकोले यसको उत्थानलाई पहिलो प्रथमिकतामा राख्नु पर्ने बताए । पर्यटन नेपालको आर्थिक विकासको महत्वपूर्ण क्षेत्र रहेको उल्लेख गर्दै मन्त्री श्रेष्ठले बोर्डलाई नयाँ बजेट निर्माण गर्दा रोजगारी सिर्जना हुने गरी बजेट निर्माण गर्न समेत आग्रह गरे । मन्त्रालयका सचिव तथा बोर्डका अध्यक्ष महेश्वर न्यौपानेले कोभिडले थलिएको पर्यटनलाई प्रर्वद्धन गर्ने हिसावले बोर्ड नयाँ बजेट तर्जुमामा लागेको बताए । बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले कोभिडको समयदेखि नै बोर्डले आन्तरिक तथा बाह...
असंगठित/स्वरोजगार मजदुरलाई तत्काल योगदानमा आधारित सामाजिक सुरक्षा दायरामा ल्याउन चेतावनी

असंगठित/स्वरोजगार मजदुरलाई तत्काल योगदानमा आधारित सामाजिक सुरक्षा दायरामा ल्याउन चेतावनी

अर्थतन्त्र, देश
काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसनिकट मजदुर संगठन नेपाल ट्रेड युनियन कांग्रेस (एनटीयूसी)ले असंगठित र स्वरोजगारको क्षेत्रमा रहेका मजदुरलाई पनि तत्काल योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको दायरामा ल्याउन सरकारलाई दबाब दिएको छ । एनटीयूसीको भोलिदेखि काठमाडौंमा सुरु हुने छैटौँ राष्ट्रिय सम्मेलनको जानकारी दिन शनिबार आयोजित पत्रकार सम्मेलनमा योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको दायरामा असंगठित र स्वरोजगार क्षेत्रमा रहेका मजदुरलाई तत्काल ल्याउन सरकारसँग पुनः माग गरेको हो । पत्रकार सम्मेलनमा बोल्दै एनटीयूसीका अध्यक्ष पुस्कर आचार्यले सरकारले तत्काल सो माग सम्बोधन नगरे आन्दोलनमा जान बाध्य हुने चेतावनी दिए । उनले योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयनमा ढिलाई भइरहेको भन्दै आपत्ति समेत जनाए । “सामाजिक सुरक्षा योजना कार्यान्वयनमा सरकारले निष्क्रियता देखिएक...