२०८० चैत्र १५

चन्द्रागिरि हिल्सको दाबी– केबलकारमा प्राविधिक समस्या छैन




काठमाडौं । चन्द्रागिरि हिल्स लिमिटेडले चन्द्रागिरिमा सञ्चालित केबलकारमा कुनै  प्राविधिक समस्या नभएको जनाएको छ । लिमिटेडले आज चन्द्रागिरिमा पत्रकार सम्मेलन गर्दै चन्द्रागिरि हिल्सले कहिलेकाहीँ विधुत् आपूर्तिमा समस्या हुँदा केबलकार रोकिने गरेको भन्दै केबलकारमा कुनै पनि प्राविधिक समस्या नभएको स्पष्ट पारेको हो । 



Advertisement



पत्रकार सम्मेलनमा चन्द्रागिरि हिल्सका अध्यक्ष चन्द्र ढकालले चन्द्रागिरि टेक्नोलोजीको हिसाबले केही समय रोकिने जानकारी दिँदै केही समस्या आएमा तत्कालै समस्या समाधान गर्ने गरिएको बताए ।

उक्त समस्या केवलकारको समस्या नभएर विद्युत्का कारण समस्या भएको उनको भनाइ छ । प्राविधिक समस्यामा बारेमा बुझाई फरक पर्दा चन्द्रागिरि केवलकारका बारेमा भ्रम सिर्जना भएको उनको जिकिर छ । 

चन्द्रागिरि हिल्सले विद्युत्, जेनेटर र इमरजेन्सी ड्राइभबाट केबलकार सञ्चालन गर्ने गरेको र केही कारणले केबलकार सञ्चालनमा नै आउन नसके मन्दिरमा रहेका व्यक्तिलाई सडकमार्गबाट ल्याउने व्यवस्था पनि गरिएको जनाएको छ । 

Copy link
Powered by Social Snap