२०८३ बैशाख २३

Author: Senior Editor Nima

निर्वाचन क्षेत्र बाँडफाँटमा पुनर्विचार नगरे गठबन्धनबाट बाहिरिने जसपाको चेतावनी

निर्वाचन क्षेत्र बाँडफाँटमा पुनर्विचार नगरे गठबन्धनबाट बाहिरिने जसपाको चेतावनी

राजनीति
निर्वाचन क्षेत्र बाँडफाँटबारे सत्ता गठबन्धनका नेताहरूको बैठकमा जनता समाजवादी पार्टी (जसपा)ले गठबन्धनबाट बाहिरिने चेतावनी दिएको छ। शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा जसपा अध्यक्ष उपेन्द्र यादवले आफूहरूलाई थोरै सिट दिन खोजिएको बताए। यादवले त्यस्तो अवस्थामा आफुहरू गठबन्धनबाट बाहिरिन बाध्य हुने बताएका थिए। 'उहाँको संकेत हेर्दा गठबन्धनमा बस्न कठिन हुने देखिन्छ। हामी फेरि भोली बस्छौं,' बैठकमा सहभागी एक नेताले भने, 'उहाँहरूले कम्तिमा २२ सिट चाहियो भन्नुभएको छ।' गठबन्धनको तर्फबाट जसपालाई १६ क्षेत्र दिने सहमति भएको बताइएको छ। जसपाको शनिबार बसेको कार्यकारिणी समितिको बैठकले निर्वाचनमा तालमेलका लागि खुला रहेको निर्णय गरेको थियो। गठबन्धनको बैठकमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले समेत आफूहरूलाई थोरै निर्वाचन क्षेत्र मा...
देउवाले कार्यकर्तालाई थर्काउँदै भने– मैले प्रचण्डको टाउकोको मूल्य तोक्या होइन ?

देउवाले कार्यकर्तालाई थर्काउँदै भने– मैले प्रचण्डको टाउकोको मूल्य तोक्या होइन ?

राजनीति
काठमाडौं । शनिबार नेपाली कांग्रेस डडेलधुराका दुई दर्जन नेता कार्यकर्ता पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगे । निर्धारित समयभन्दा तीन घण्टा ढिला गरी उनीहरुले देउवालाई भेट्ने समय पाए । निकै तनावमा देखिएका देउवाले उनीहरुलाई छिटो आफ्नो कुरा राख्न निर्देशन दिए । प्रतिनिधिसभा १ र प्रदेशसभाका २ सिट रहेको डडेल्धुरामा संघमा देउवा उमेदवार बन्ने निश्चित छ । सत्ता गठबन्धनको भागवण्डामा प्रदेशसभा ‘क’ माओवादीको भागमा परेको छ भने ‘ख’ कांग्रेसको भागमा परेको छ । माओवादीले तीनपटक देउवासँगै हारेका खगराज भट्टलाई प्रदेशसभा ‘क’ को उमेदवार बनाउने टुङ्गो लगाइसकेको छ । त्यही प्रसंग कोट्याउँदै कार्यकर्ताले माओवादीलाई प्रदेशसभा ‘क’ दिन नहुने माग गरे । कार्यकर्ताहरुले कांग्रेस जिल्ला सभापति भीमबहादुर साउँदको व्यवस्थापन गर्न माग गरे । उनी परशुराम न...
ज्ञानेन्द्र शाहले यसपल्ट सार्वजनिक टीका कार्यक्रम राखेनन् 

ज्ञानेन्द्र शाहले यसपल्ट सार्वजनिक टीका कार्यक्रम राखेनन् 

राजनीति
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले यसवर्षको दसैंमा सार्वजनिक टीका कार्यक्रम नराखेको उनको सचिवालयले जनाएको छ । उनका सचिव फणिराज पाठकले एक विज्ञप्ति जारी गर्दै यस्तो जानकारी गराएका हुन् । विषम् परिस्थितिलाई ध्यानमा राखेर यसपल्ट शक्तिपिठको पनि दर्शन नगर्ने तर निवासबाट भक्तिभाव राख्ने उनले जनाएका छन् । यसअघिका वर्षमा शाहले सार्वजनिक टीका कार्यक्रम पनि राख्दै आएका थिए । ...
शेखर समूहको दाबी– ३५ प्रतिशत नाम समानुपातिकमा राखियो 

शेखर समूहको दाबी– ३५ प्रतिशत नाम समानुपातिकमा राखियो 

राजनीति
काठमाडौं । कांग्रेसमा शेखर कोइराला समूहले समानुपातिक सूचीमा ३५ प्रतिशत आफूहरु पक्षका नेताहरु समावेश गरेको दाबी गरेका छन् । ११० जनाको नाम बुझाउँदा यसअघि ४४ जना आफूहरुका हुनुपर्ने अडान राखेका थिए । तर अहिले बुझाउँदा अन्तिम नामावलीमा कम्तिमा पनि ३५ प्रतिशत रहेको दाबी उनीहरुको छ । एक नेताका अनुसार त्यसमा पनि १२–१३ जनाको नाम अघि नै राखिएको छ । तर उनले नामावली भने खुलाउन चाहेनन् । ...
व्यापक हेरफेरसहित कांग्रेसले बुझायो समानुपातिकको अन्तिम सूची

व्यापक हेरफेरसहित कांग्रेसले बुझायो समानुपातिकको अन्तिम सूची

राजनीति
काठमाडौं । कांग्रेसले व्यापक हेरफेरपछि समानुपातिक सूचीको अन्तिम नामावली बुझाएको छ । शनिबारदेखि रातभर बैठक बसेर बिहानपख टुंगो लगाएको थियो । कांग्रेसका मुख्यसचिव कृष्ण पौडेलले दिएको जानकारीअनुसार कांग्रेसले अन्तिम सूची बुझाएको छ । निर्वाचन आयोगले यसअघि बुझाएको सूचीमा त्रुटि संशोधनका लागि आजसम्मको समय दिएको थियो । बन्दसूचीमा भएका नाम फिर्ता लिन चाहनेले भोलिसम्म फिर्ता लिन सक्नेछन् । ...
पूर्वपदाधिकारी र प्रदेश सभापतिसहित कांग्रेस पदाधिकारीकाे बैठक बालुवाटारमा जारी

पूर्वपदाधिकारी र प्रदेश सभापतिसहित कांग्रेस पदाधिकारीकाे बैठक बालुवाटारमा जारी

राजनीति
काठमाडाैं । नेपाली कांग्रेसका पदाधिकारी, पूर्वपदाधिकारी र प्रदेश सभापतिकाे बैठक बालुवाटारमा जारी छ ।  नेपाली कांग्रेसमा संस्थापन र इतरपक्षबीच उमेदवारीकाे विषयमा कुरा मिल्न सकेकाे छैन ।  संस्थापन इतर शेखर समूहले समानुपातिकतर्फ ११० काे ४० प्रतिशत अर्थात् ४४ जनाकाे सूची दिएकाे छ । त्यसमध्ये ३५ जना समावेश गराउनै पर्ने अडान राखेकाे छ ।  यसैबीच, नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले समानुपातिक सूचीका केही नाम हेरफेर हुने बताएका छन् । तर, कतिजनाकाे नाम हेरफेर गरिन्छ भन्ने खुलाइएकाे छैन ।  सम्मानजनक सूची नदिए विद्राेह गर्ने शेखर समूहकाे चेतावनी छ ।  आज निर्वाचन आयोगमा समानुपातिक सूची सच्याउने अन्तिम दिन हाे ।  ...
प्रतिनिधिसभाको समानुपातिक सूची : शेखर समूह ४४ बाट घट्न मानेन, देउवाले दिन मानेनन्

प्रतिनिधिसभाको समानुपातिक सूची : शेखर समूह ४४ बाट घट्न मानेन, देउवाले दिन मानेनन्

राजनीति
काठमाडौं । सत्ताको नेतृत्वकर्ता दल नेपाली कांग्रेसभित्र समानुपातिकतर्फको बन्दसूचीका कारण उत्पन्न विवाद साम्य भएको छैन । आसन्न निर्वाचनका लागि निर्वाचन आयोगमा बन्दसूची बुझाइएसँगै विवाद बल्झिएको हो । उक्त सूचीपछि संस्थापनइतर समूह चिढिएको छ । नेता डा. शेखर कोइराला समूहले बन्दसूची सच्याउन निरन्तर दबाब दिँदै आएको छ । बन्दसूची नसच्याइए ‘विद्रोह’ गर्नेसम्मको चेतावनी शेखर समूहले दिइसकेको छ । शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा पनि शेखर समूहका नेताले बन्दसूचीमा आफूहरूले सम्मानजनक ‘हिस्सा’ पाउनुपर्नेमा जोड दिए । पदाधिकारी, पूर्वपदाधिकारी र प्रदेश सभापतिसहितको बैठक बसेको थियो । बैठकमा शेखरनिकट नेताहरूले यसअघि आफूहरूले बुझाएको ४४ जनाको नाम समानुपातिक सूचीमा समावेश हुनुपर्ने अडान कायमै राखे । बन्दसूची सच्याउन भन्दै सो समूहले ४४ जनाको नाम प्रधानमन्त्र...
जसपाले एक्लै निर्वाचन लड्ने !

जसपाले एक्लै निर्वाचन लड्ने !

राजनीति
काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध दल जनता समाजवादी पार्टी (जसपा)ले आसन्न निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्न सक्ने निर्णय गरिएको छ । पार्टीको शनिबार बसेको कार्यकारिणी समितिको बैठकबाट यस्तो निर्णय गरिएको प्रवक्ता मनिषकुमार सुमनले जानकारी दिए । गठबन्धनभित्र सिट बाँडफाँटसम्बन्धी छलफलमा जसपाका लागि सन्तोषजनक अवस्था नदेखिएको ‘प्रेस नोट’मा उल्लेख छ । सम्भव भएसम्म विकल्पका रूपमा अरू दलहरूसित पनि तालमेल गर्न सकिने बैठकबाट निष्कर्ष निकालिएको छ । सो पनि हुन नसकेको अवस्थामा जसपाले आसन्न निर्वाचनमा एक्लै भाग लिने निर्णय गरिएको जनाइएको छ । “हाम्रो पार्टीको समेत सहभागितामा रहेको पाँचदलीय गठबन्धनमा आगामी हुने संघीय संसद् र प्रदेशसभा सदस्यको निर्वाचनमा सिटको तालमेलको सम्बन्धमा भइरहेको सिट बाँडफाँटसम्बन्घी छलफलमा हाम्रो पार्टीको लागि सन्तोषजनक अवस्था नदेखिएको हुँदा यसका अतिरि...
एमाले म्याराथन दौडिने पार्टी हो : ओली

एमाले म्याराथन दौडिने पार्टी हो : ओली

राजनीति
मोरङ । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा राष्ट्रिय पार्टी भनेको एमाले मात्र भएको बताएका छन् । विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले राष्ट्रिय पार्टी भएकाले सबैको आकर्षणको केन्द्र र विभिन्न पार्टी परित्याग गरेर एमाले प्रवेश गर्ने लहर चलेको प्रस्ट पारे । अध्यक्ष ओलीले भने, “निर्वाचन लड्ने आँट एमाले मात्र गर्छ, यो रिले रेस होइन, म्याराथन दौडिने पार्टी हो ।” उनले ‘यो ढोडको लौरो टेक्ने पार्टी होइन, आफ्नै खुट्टामा भर परेर हिँड्ने पार्टी’ भएकाले आसन्न निर्वाचनमा बहुमत ल्याउने जिकिर गरे । अध्यक्ष ओलीले एमालेको एजेन्डाले देश, जनता, शान्ति, सुव्यवस्था, भ्रष्टाचार नियन्त्रण, विकास र जनताको सेवा एवं हितलाई सम्बोधन गर्ने भएकाले निर्वाचनमा जनताले यसैको पक्षमा मतदान गर्ने विश्वास व्यक्त गरे । ...
विवेकशील साझाले गर्‍यो ‘विचारभन्दा माथि देश’ दस्तावेज खारेज

विवेकशील साझाले गर्‍यो ‘विचारभन्दा माथि देश’ दस्तावेज खारेज

राजनीति
काठमाडौं । विवेकशील साझा पार्टीले ‘विचारभन्दा माथि देश’ दस्तावेज खारेज गरेको छ । शुक्रबार बसेको पार्टी केन्द्रीय समितिको बैठकबाट उक्त दस्तावेज खारेज गर्ने निर्णय गरिएको हो । उक्त विचारसँग असहमत पार्टीका नेताहरूसँग तत्काल संवाद गरी समस्याको समाधान गर्न अग्रसर हुने निर्णय समेत गरिएको प्रवक्ता प्रकाशचन्द्र परियारले जानकारी दिए । “शुक्रबार बसेको पार्टी केन्द्रीय समिति बैठकले उक्त दस्तावेजकै कारण पार्टीभित्र तीव्र राजनीतिक असहमति सुरु भएको र त्यसले पार्टी निर्माण र पब्लिक सर्भिस डेलिभरीको आशावादी राजनीतिक मिसन प्रत्युत्पादक भएको निष्कर्ष निकाल्दै दस्तावेज खारेज गर्ने निर्णय गरिएको हो,” प्रवक्ता परियारले शनिबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यस्तै, विवेकशील साझाको वर्तमान केन्द्रीय समितिमा रहेका केही नेताहरू पार्टी हितविपरीतको गतिविधिमा प्रत्यक्ष संलग्न रहेको पाइ...