२०८१ बैशाख १४

पूर्वपदाधिकारी र प्रदेश सभापतिसहित कांग्रेस पदाधिकारीकाे बैठक बालुवाटारमा जारी




काठमाडाैं । नेपाली कांग्रेसका पदाधिकारी, पूर्वपदाधिकारी र प्रदेश सभापतिकाे बैठक बालुवाटारमा जारी छ । 



Advertisement



नेपाली कांग्रेसमा संस्थापन र इतरपक्षबीच उमेदवारीकाे विषयमा कुरा मिल्न सकेकाे छैन । 

संस्थापन इतर शेखर समूहले समानुपातिकतर्फ ११० काे ४० प्रतिशत अर्थात् ४४ जनाकाे सूची दिएकाे छ । त्यसमध्ये ३५ जना समावेश गराउनै पर्ने अडान राखेकाे छ । 



यसैबीच, नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले समानुपातिक सूचीका केही नाम हेरफेर हुने बताएका छन् । तर, कतिजनाकाे नाम हेरफेर गरिन्छ भन्ने खुलाइएकाे छैन । 

सम्मानजनक सूची नदिए विद्राेह गर्ने शेखर समूहकाे चेतावनी छ । 

आज निर्वाचन आयोगमा समानुपातिक सूची सच्याउने अन्तिम दिन हाे । 

Copy link
Powered by Social Snap