२०८३ बैशाख २३

Author: Senior Editor Nima

विवेकशील साझाका निवर्तमान प्रवक्ता पाठकले पनि दिए राजीनामा

विवेकशील साझाका निवर्तमान प्रवक्ता पाठकले पनि दिए राजीनामा

राजनीति
काठमाडौं । विवेकशील साझा पार्टीका निवर्तमान प्रवक्ता शरदराज पाठकले पार्टीको सदस्यसमेत नरहने गरी राजीनामा दिएका छन् ।  सोमबार पाठकले पार्टी अध्यक्ष समीक्षा बास्टकोटालाई राजीनामा पत्र बुझाएका हुन् । "०७४ सालमा विवेकशील साझा पार्टी स्थापना पश्चात् विभिन्न नेतृत्वदायी जिम्मेवारी निर्वाह गर्दै आएकोमा म शरदराज पाठक आजको मितिदेखि साधारण सदस्यसमेत नरहने गरी राजीनामा पेस गर्दछु," उनको राजीनामापत्रमा भनिएको छ । कार्यसम्पादन समिति सदस्यसमेत रहेका पाठक पूर्वअध्यक्ष रवीन्द्र मिश्र निकट मानिन्छन् । ...
केपी ओली दसैँ मनाउन झापामा, बुवाको हातबाट टीका थाप्ने

केपी ओली दसैँ मनाउन झापामा, बुवाको हातबाट टीका थाप्ने

राजनीति
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली गृहजिल्ला झापा पुगेका छन् । अध्यक्ष ओली दसैँ मनाउन पत्नी राधिका शाक्यसहित झापा पुगेका हुन् । अध्यक्ष ओलीले मंगलबार झापामा दसैँ तिहार, छठलगायतका पर्वहरूको अवसर शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेका छन् । ओलीले यसपालिको टीका झापामै ग्रहण गर्ने कार्यक्रम छ । झापाको भद्रपुर नगरपालिकास्थित पृथ्वीनगरमा टीकाको शुभसाइतमा बुवा मोहनप्रसाद ओलीको हातबाट उनले टीका ग्रहण गर्ने कार्यक्रम छ । त्यसैदिन ओली काठमाडौं फर्किने तय भएको छ । ...
कृष्णबहादुर महराको नाम समानुपातिकको सूचीबाट हटाइयो

कृष्णबहादुर महराको नाम समानुपातिकको सूचीबाट हटाइयो

राजनीति
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महराको नाम समानुपातिकको बन्द सूचीबाट हटाइएको छ । महराकै आग्रहमा समानुपातिक सूचीबाट उनको नाम हटाइएको माओवादी केन्द्रका एक नेताले जानकारी दिए । उनको नाम समानुपातिक सूचीमा समेटिएपछि आलोचना भएको थियो । महरा प्रत्यक्षबाटै चुनाव लड्ने मनिस्थितिमा रहेको ती नेताले बताए ।  महरा ०७४ सालको निर्वाचनमा दाङबाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । उनी पटकपटक मन्त्री र एकपटक सभामुख भइसकेका छन् । ...
गठबन्धनका नेतालाई प्रश्न– आज सहमति जुट्ने सम्भावना हो ?

गठबन्धनका नेतालाई प्रश्न– आज सहमति जुट्ने सम्भावना हो ?

राजनीति
काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध दलका नेताहरूबीच आज बिहानदेखि छलफल जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल भइरहेको छ । उनीहरूबीचको छलफल सिट बाँडफाँटमा केन्द्रित छ । आसन्न निर्वाचनका लागि गठबन्धनभित्र सिट बाँडफाँटको टुंगो लगाउन नेताहरू छलफलमा जुटेका हुन् । तर, सहमति भइसकेको छैन ।  गठबन्धनमा आबद्ध दल राष्ट्रिय जनमोर्चाका नेता हिमलाल पुरीले सहमति हुन बाँकी नै रहेको बताए । सिट बाँडफाँटको टुंगो लगाउन गठबन्धनभित्र कार्यदल पनि गठन गरिएको छ । कार्यदलभित्र पनि सहमति नजुटेको उनको भनाइ छ । अहिले गठबन्धनका शीर्ष नेताहरूबीच छलफल भइरहेको उनले जानकारी दिए । आज सहमति जुट्ने सम्भावना हो ? भन्ने प्रश्नमा उनले भने, “खोइ, केही भन्न सकिँदैन । कार्यदलमा पनि सहमति भएको छैन । शीर्ष तहमा अहिले छलफल भइरहेको छ ।” सिट बाँडफाँटको टुंगो लगाउन उनीहरू केही समययत...
छक्कबहादुर लामा एमाले प्रवेश

छक्कबहादुर लामा एमाले प्रवेश

राजनीति
काठमाडौं । छक्कबहादुर लामा एमाले प्रवेश गरेका छन् । ०७४ को निर्वाचनमा स्वतन्त्रबाट निर्वाचित भएका उनी नेकपा फुटेपछि माओवादीमा गएका थिए ।  उनले आफू सांसद पाउने लोभमा एमालेमा नगएको दाबी गरेका छन् । “म सांसद पाउँछु भनेर एमाले प्रवेश गरेको होइन” उनले भने ।  माओवादीमा बौद्धिकता र परिपक्वताको कदद नभएको उनले बताएका छन् । “माओवादीमा परिपक्वताको कदर भएन । काँचा मान्छेलाई माथि पुर्याउने तर योगदान गरेकालाई अवसरबाट बञ्चित गराउने काम भयो,” उनले भने, “त्यो विभेद सहेर म बच्चाहरु भन्दा तल बस्ने कुरा पनि भएन ।” निर्णय प्रक्रियामा गुटबन्दी गरेको भन्दै उनले माओवादीमा पारदर्शिता नरहेको आरोप लगाए ।  ...
डा. बाबुराम भट्टराई चुनाव नलड्ने 

डा. बाबुराम भट्टराई चुनाव नलड्ने 

राजनीति
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आशन्न निर्वाचनमा चुनाव नलड्ने भएका छन् । आफ्नो ठाउँले सक्षम र जिम्मेवार व्यक्तिको नेतृत्व पाउने पनि उनले अपेक्षा गरेका छन् । “म सबै गोरखाली दिदीबहिनी दाजुभाइहरूलाई विश्वास दिलाउन चाहन्छु मेरो ठाउॅमा तपाईंहरूले अझै सक्षम र जिम्मेवार व्यक्तिको नेतृत्व पाउनुहुनेछ र गोरखाको विकासको गतिले अझै तीब्रता पाउनेछ । म त्यहॅा साथमा हुनेछु,” डा. भट्टराईले चुनाव नलड्ने स्पष्ट पार्दै भनेका छन्, “चुनाव नलड्नु भनेको राजनीति छोड्नु हैन । कतिपय मानिसले जानेर नजानेर त्यस्तो सोच्न र भन्न सक्छन् । सत्तादेखि सत्ता र चुनावदेखि चुनावसम्मको राजनीति गर्नेहरूले त्यसो भन्नु अन्यथा हैन ।”  सही र असल राजनीति भनेको समाजको सर्वतोमुखी अग्रगामी रूपान्तरण र जनता तथा समाजको सेवा गर्ने साधन रहेको पनि उनले बताएका छन् । “म त्यसमा विश्वास गर्छु र आजीवन त्यह...
सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले प्रदेशसभामा दाबी गरेपछि डोटी माओवादीमा विवाद

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले प्रदेशसभामा दाबी गरेपछि डोटी माओवादीमा विवाद

राजनीति
काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशसभाको प्रत्यक्षमा दाबी गरेपछि माओवादी केन्द्रभित्र विवाद चुलिएको छ । मुख्यमन्त्री भट्टले पार्टी अध्यक्ष पुष्पकमल दाहालाई भेटेर प्रदेशसभामै लड्ने माग गरेपछि पार्टीभित्र विवाद चर्किएको हो । माओवादी केन्द्र डोटीले भट्टको नाम प्रतिनिधि सभाको प्रत्यक्षतर्फ र प्रतिनिधि सभाकै समानुपातिकका लागि सिफारिस गरेको थियो । तर उनले पार्टीको निर्णय विपरीत आफ्नो माग प्रत्यक्षमा प्रदेश मागेपछि डोटीका बहुमत कार्यकर्ता रुष्ट भएका छन् ।  प्रदेश कमिटीको बहुमत पनि मुख्यमन्त्रीको विरुद्धमा रहेको एक पदाधिकारीले बताए । भट्टले टिकट पाए माओवादीकै केही नेताहरुले स्वतन्त्र उमेदवारी दिने सम्भावना छ । उनले भट्टले टिकट पाए पाटीभित्र विद्रोह हुने चेतावनीसमेत दिएका छन् । भट्टले प्रदेशसभा ख मा दाबी गरेका हुन् । माओवादील...
चाडपर्व राष्ट्रिय एकताका लागि महत्वपूर्ण : सभामुख सापकोटा

चाडपर्व राष्ट्रिय एकताका लागि महत्वपूर्ण : सभामुख सापकोटा

राजनीति
काठमाडौँ — सभामुख अग्निप्रसाद सापकोटाले नेपालका चाडपर्व व्यक्ति, परिवार र समाजलाई संयोजन गर्दै राष्ट्रिय एकता, भ्रातृत्व एवं सम्बन्ध सुधारका लागि महत्वपूर्ण बन्ने बताएका छन् । दसैं, तिहार, छठलगायत राष्ट्रिय पर्व र नेपाल संवत् ११४३ का अवसरमा सबै नेपालीलाई बधाई तथा शुभकामना दिँदै उनले हाम्रा संस्कृति, परम्परा एवं मनाउँदै आएका चाडपर्वले मौलिकता र विविधताको प्रतिनिधित्व गर्ने उल्लेख गरे ।  सन्देशमा सभामुख सापकोटाले भनेका छन्, 'मौलिकता र विविधता नेपालीको मूल विशेषता रहेको छ । दसैं, तिहार, छठलगायतका चाडपर्व सामाजिक अन्तरघुलन र सद्भाव बढाउन महत्वपूर्ण सावित भएका छन् ।' उनले चाडपर्वका अवसरमा हुने पारिवारिक जमघट एवं आफन्त भेटघाटका क्रममा हुने छलफल समाज रुपान्तरणका लागि महत्वपूर्ण सावित हुने विश्वास व्यक्त गरे । डेंगी संक्रमणको जोखिमलाई ध्यान दिई सचेत भएर चाडपर्व मनाउन उनले सबै...
विवेकशील साझाका ३५ जना सदस्यले दिए सामूहिक राजीनामा

विवेकशील साझाका ३५ जना सदस्यले दिए सामूहिक राजीनामा

राजनीति
विवेकशील साझा पार्टीका ३५ जना सदस्यले सामूहिक राजीनामा दिएका छन्। शनिबार दुई वटा विज्ञप्ति जारी गर्दै ३५ जना सदस्यले सामूहिक राजीनामा दिएका हुन्। लुम्बिनी प्रदेशका प्रदेश संयोजकसहित ३१ सदस्य र गण्डकी प्रदेशका प्रदेश संयोजकसहित ४ सदस्यले राजीनामा बुझाएका हुन्। पार्टीका पूर्व अध्यक्ष समेत रहेका रवीन्द्र मिश्रले राजीनामा दिएपछि र केन्द्रीय समितिको दुई तिहाइले पारित गरेको ‘विचारभन्दा माथि देश’ दस्तावेज खारेज गरेकोमा असन्तुष्टि जनाउँदै राजीनामा दिएका हुन्। ‘पार्टीका सार्वभौम सदस्यहरूसँग सहकार्य नै नगरी काठमाडौंमा रहेका सिमित व्यक्तिहरूले एकलौटी रूपमा खारेज गरेको तथा रवीन्द्र मिश्र बिनाको वैकल्पिक राजनीति सफल नहुने यथार्थ कुरामा सिंगो लुम्बिनी प्रदेशका सम्पूर्ण सदस्यहरूको ठहर छ,’ ३१ सदस्यले बुझाएको राजीनामा पत्रमा उल्लेख छ। लुम्बिनीका प्रदेश संयोजक अनुपमान सैज...
कांग्रेसले पछिल्लो पटक केन्द्रीय सदस्यमा मनोनीत र भ्रातृ संस्थाका प्रमुखलाई समानुपातिक सूचीमा नराख्‍ने

कांग्रेसले पछिल्लो पटक केन्द्रीय सदस्यमा मनोनीत र भ्रातृ संस्थाका प्रमुखलाई समानुपातिक सूचीमा नराख्‍ने

राजनीति
नेपाली कांग्रेस केन्द्रीय समितिमा हालै मनोनित भएका र भ्रातृ संस्थाको प्रमुखको जिम्मेवारी पाएका नेताहरूलाई कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिक सूचीमा समावेश नगर्ने निर्णय गरेको छ। उनीहरू प्रत्यक्षमा निर्वाचन लड्न भने पाउँछन्। तर समानुपातिक सूचीबाट प्रतिनिधिसभा र प्रदेशसभाको सदस्य नबनाउने निर्णय पार्टीले गरेको छ। कांग्रेसमा ३१ साउनमा १० महिला केन्द्रीय सदस्यमा मनोनित भएका थिए। किरण यादव (महोत्तरी), राधा घले (काठमाडौं), धना खतिवडा (ललितपुर), उर्मिला थपलिया (धादिङ), रुक्मिणी कोइराला (मोरङ), कल्याणी रिजाल (काठमाडौं), गोमा भट्टराई (झापा), गंगा शाही (रुपन्देही), लक्ष्मी खतिवडा (सुनसरी) र सीता देवकोटा (नवलपुर)लाई केन्द्रीय सदस्य मनोनित गरिएको थियो। त्यस्तै नेपाल विद्यार्थी संघको अध्यक्षमा दुजाङ शेर्पा, नेपाल तरुण दलको अध्यक्षमा विद्वान गुरुङ, नेपा...