२०८३ बैशाख २४

Author: Senior Editor Nima

समानुपातिक प्रणालीतर्फको बन्दसूचीमा संशोधन हुँदै

समानुपातिक प्रणालीतर्फको बन्दसूचीमा संशोधन हुँदै

राजनीति
काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फ आयोगमा पेस गरिएको उमेदवारको बन्दसूचीमाथि दलहरुले संशोधित सूची बुझाउन अब एक दिन बाँकी छ । आयोगले यही असोज १६ गतेभित्र संशोधित सूची बुझाउन सम्बन्धित दललाई आग्रह पनि गरिसकेको छ । आयोगले बन्दसूचीको प्रस्तावमाथि जाँचबुझ गरी संशोधनका लागि असोज ४ गतेदेखि ९ गतेसम्म सूची पेश गर्न राजनीतिक दलहरुलाई आग्रह गरेको थियो । आयोगको आग्रहमोजिम ती दलले असोज १० देखि १६ गतेसम्म परिमार्जित सूची पेस गर्नुपर्नेछ । सम्बन्धित दललाई संशोधनका लागि पत्र पठाएको मितिले सात दिनभित्र संशोधन पेस गर्नुपर्ने आयोगका सचिव एवं उक्त प्रणालीतर्फको मुख्य निर्वाचन अधिकृत गोकर्णमणि दुवाडीले बताए । उक्त प्रणालीमा ६८ दलले भाग लिएका छन् ।    संशोधित बन्दसूचीमा सूचीकृत कुनै उमेदवारले आफ्नो नाम उमेदवारको बन्दसूचीबाट फिर्त...
आशन्न निर्वाचनमा राष्ट्रबादी र आत्मसमर्पणबादीबीच प्रतिस्पर्धा : कमल थापा

आशन्न निर्वाचनमा राष्ट्रबादी र आत्मसमर्पणबादीबीच प्रतिस्पर्धा : कमल थापा

राजनीति
काठमाडौं । आशन्न निर्वाचनमा राष्ट्रबादी र आत्मसमर्पणबादीबीच प्रतिस्पर्धा हुने राप्रपा नेपालका अध्यक्ष  कमल थापाले बताएका छन् ।  हाल विकसित ध्रुविकरणलाई हेर्दा आगामी निर्वाचनमा राष्ट्रवादी र आत्मसमर्पणवादीबीच प्रतिस्पर्धा हुने देखिएको उनको भनाइ छ ।  वाग्मती गाउँ पालिकाको फापरबारीमा आयोजित सभालाई सम्बोधन गर्दै थापाले राष्ट्रलाई माया गर्ने र विदेशी चलखेलबाट देशलाई मुक्त पार्न चाहनेहरुजती आगामी चुनावमा एकजुट हुनुपर्नेमा जोड दिए ।  मुलुक कुशासनको दलदलमा भासिएको र भ्रष्टाचारको चक्रब्युहमा फसेको भन्दै थापाले राष्ट्रबादी भावना नभएकाहरुले देशको स्वाभिमान जोगाउन नसक्ने जिकिर गरे । पछिल्लो समय मुलुकलाई स्थिरता र समृद्धिको बाटोबाट लैजानेभन्दा अस्थिर बनाई विदेशी प्रभावलाई बढाउने खेल भैइरहेको भन्दै थापाले अब जनता सचेत र जागरुक हुनुपर्नेमा जोड दिएको राप्रपा नेपालले जारी...
कारागारमै पुगेर माधव नेपालले भेटे रेशम चौधरीलाई

कारागारमै पुगेर माधव नेपालले भेटे रेशम चौधरीलाई

राजनीति
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले हत्याको अभियोगमा जेलमा रहेका रेशम चौधरीसँग भेट गरेका छन् । शुक्रबार डिल्लीबजार कारागार पुगेर अध्यक्ष नेपालले नागरिक उन्मुक्ति पार्टीका नेतासमेत रहेका चौधरीलाई भेटेका हुन् । अध्यक्ष नेपालका अनुसार भेटमा चौधरीले आफूमाथि राजनीतिक व्यवहार नरिएको गुनासो गरेका थिए । सरकारले छाड्ने सहमति गरेपनि अहिलेसम्म कार्यान्वयन नगरिएको चौधरीको दुखेसो थियो ।  कैलालीको टीकापुरमा नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित आठ प्रहरी र एक नाबालकको ज्यान जाने गरी भएको घटनाका मुख्य योजनाकार मानिएका चौधरीले डिल्लीबजारस्थित कारागारमा सजाय काटिरहेका छन् ।  ...
कहीँ नभएको ‘विवाह बिदा’ गण्डकीमा !

कहीँ नभएको ‘विवाह बिदा’ गण्डकीमा !

राजनीति
पोखरा । गण्डकी सरकारले स्वीकृत गरेको ‘गण्डकी प्रदेशको निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश’ संघीय निजामती ऐन विपरीत रहेको खुलेको छ । गत शुक्रबारको प्रदेश मन्त्रिपरिषद् बैठकले सो अध्यादेश स्वीकृत गरेको थियो ।  संघीय ऐनसँग बाझिएको खण्डमा प्रदेशका ऐन तथा अध्यादेश स्वतः खारेज हुने व्यवस्था छ । प्रस्तावित निजामती ऐनदेखि चल्तीमा रहेको निजामती कर्मचारी सेवा ऐन २०४९ (संशोधनसहित)मा पनि नभएको व्यवस्था अध्यादेशमा राखिएको छ । निजामती कर्मचारीहरूले संघीय ऐनअनुसार भैपरी आउने र पर्व बिदा, घर बिदा, बिरामी बिदा, प्रसूति बिदा, प्रसूति स्याहार बिदा, किरिया बिदा, अध्ययन बिदा र असाधारण बिदा पाउने व्यवस्था छ । सोही ऐनलाई टेकेर जारी गरिएको अध्यादेशमा चाहिँ विवाह बिदा पनि थपिएको छ । यो बिदा संघीय निजामती ऐनको खिलाफमा छ । असोज ७ गते...
कर्णाली प्रदेश प्रमुखको कार्यभार लुम्बिनी प्रदेश प्रमुखलाई

कर्णाली प्रदेश प्रमुखको कार्यभार लुम्बिनी प्रदेश प्रमुखलाई

राजनीति
काठमाडौं । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले कर्णाली प्रदेश प्रमुखको कार्यभार पनि सम्हाल्ने भएका छन् ।  कर्णाली प्रदेशका प्रमुख तिलक परियार क्यानडाको ओटावामा हुने कार्यक्रममा भाग लिन जान लागेकाले शेरचनले उनको अनुपस्थितिमा कर्णाली प्रदेश प्रमुखको कार्यभार सम्हाल्ने जिम्मेवारी पाएका हुन् । परियार असोज १९ र २० गते आयोजना हुने कार्यक्रममा सहभागी हुन जापान जान लागेका छन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले जिम्मेवारी तोकेकी हुन् ।  c ...
प्रश्नैप्रश्न उठाउँदै पूर्वराजाले भने– अब कोर्स करेक्सन गरौँ 

प्रश्नैप्रश्न उठाउँदै पूर्वराजाले भने– अब कोर्स करेक्सन गरौँ 

राजनीति
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले विद्यमान राजनीतिक व्यवस्थाप्रति प्रश्नैप्रश्न उठाउँदै अब कोर्स करेक्सनको अपरिहार्यता रहेको बताएका छन् । उनले बडादसैंको अवसरमा दिएको एक भिडियो सन्देशमा राज्यका सबै निकाय पथभ्रष्ट भएको, विदेशीको क्रिडास्थल बनेको र सर्वसाधारणले अहिले अभिभावकीय भूमिका खोजेको बताएका छन् । “कुनै पनि देशभक्त नेपालीलाई यो समय सजिलोसँग बितिरहेको छैन । बहुदलीय संसदीय प्रणालीमा जनताको आशा आकांक्षाअनुरुप संगठित राजनीतिक दल हुन्छन् । विभिन्न तहका प्रतिनिधिमा स्वस्थ प्रतिष्पर्धाबाट प्रतिनिधित्व हुन्छ । उनीहरुबाट जनमनोभावनाको कदर भएको छैन,” उनले भनेका छन्, “तर आस्था सिद्धान्त र जनविश्वासका दृष्टिले कति ती कति उत्तरदायी रहे भन्ने प्रश्न जल्दोबल्दो बनेको छ । पदलोभ, भागबण्डा गरेर आफ्नै सुविधा भोगेकालाई राजनीति केन्द्रित हुँदै गएपछि देशको स्थिति र जनताको हालत के...
सत्ता गठबन्धनको बैठक बस्दै

सत्ता गठबन्धनको बैठक बस्दै

राजनीति
काठमाडौं । सत्ता गठबन्धनको बैठक आज पनि बस्दै छ । सिट बाँडफाँटको अन्तिम टुंगो लगाउने गरी बैठक बस्न लागेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको हो ।  बैठकले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको लागि उमेदवारहरुको तय गर्ने बताइएको छ ।  सत्ता गठबन्धन भित्र दलहरुले आफ्नो आफ्नो दाबी गरेपछि सिट बाँडफाँटको टुंगो लामो समयदेखि लाग्न सकेको छैन । आजको बैठकले त्यसलाई टुंग्याउने बताइएको छ । ...
समानुपातिक सूचीमा शेखर पक्षलाई ४० प्रतिशत सिट दिन संस्थापन तयार होला ?

समानुपातिक सूचीमा शेखर पक्षलाई ४० प्रतिशत सिट दिन संस्थापन तयार होला ?

राजनीति
काठमाडौं । नेपाली कांग्रेसको समानुपातिकतर्फको बन्दसूचीमा सहमति खोज्ने प्रयास जारी छ । बिहीबारको बैठकमा समानुपातिकतर्फको बन्दसूची परिवर्तन गर्न संस्थापन पक्ष सहमत भएको थियो । पार्टी पदाधिकारीको बैठकमा समानुपातिक सूचीमा शेखर कोइराला पक्षका केही नेतालाई राख्ने सहमति भएको हो । प्रदेशको भने अझै टुंगो लागेको छैन । कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार आजसम्म प्रदेशतर्फको बन्दसूचीमा पनि सहमति जुट्नेछ ।  कोइराला समूहबाट कतिजना थप्ने भन्नेबारे संस्थापन पक्षले स्पष्ट पारेको छैन । तर, शेखर पक्षकले ४० प्रतिशत सिट पाउनुपर्ने बताउँदै आएको छ । निर्वाचन आयोगमा बुझाइएको समानुपातिक बन्दसूचीमा संस्थापन पक्षले एक्लौटी गरेको आरोप लगाउँदै शेखर पक्षले विद्रोहको चेतावनी दिएपछि संस्थापन पक्ष छलफलमा जुटेको हो ।   ...
एमाले सचिवालय बैठक एक घण्टा पछि सर्‍यो 

एमाले सचिवालय बैठक एक घण्टा पछि सर्‍यो 

राजनीति
काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक एक घण्टा पछि सरेको छ । दिउँसो ३ बजेका लागि बोलाइएको बैठक एक घण्टा पछि सरेको हो । अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बैठक बस्नेछ ।  बैठकमा असोज २३ गते प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्षतर्फको उमेदवारी दर्ता गर्नुपर्ने भएकाले सोही विषयमा छलफल हुने नेताहरूले बताएका छन् ।  उमेदवार छान्नका लागि यसअघि बसेको केन्द्रीय कमिटी बैठकले सचिवालयलाई जिम्मा दिइसकेको छ । एमालेमा प्रत्यक्षतर्फका उमेदवारका लागि तल्ला कमिटीले सिफारिस गरिसकेका छन् । ...
शुभकामना बहाना, टिकट आकांक्षीको घुइँचो

शुभकामना बहाना, टिकट आकांक्षीको घुइँचो

राजनीति
काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसको शेखर कोइराला समूहले बिहीबार चियापान कार्यक्रम आयोजना गर्‍यो । दसैँ, तिहार, नेपाल सम्वत् र छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान गर्न कार्यक्रम आयोजना गरेको समूहको भनाइ छ ।  अनुपम फुडल्याण्ड वत्तिसपुतलिमा भएको कार्यक्रममा कार्यकर्ता कम टिकट आकांक्षीको संख्या उल्लेखनीय थियो । सबैलाई चिन्ता चुनाव लड्न नपाइने हो कि अथवा समानुपातिकमा नपरिने हो कि भन्ने थियो । समानुपातिकमा परेकाहरूमा पनि नाम पछाडि भएको तथा विद्रोही भएका कारणले संस्थापन समूहले नाम पछाडि पारिदिने भय थियो ।  कार्यक्रममा एकैछिन बसेर नेताहरू शेखर कोइराला, धनराज गुरुङ र गगन थापा समूहको रणनीतिक बैठकतर्फ लागेका थिए । चियापानमा समूहका नेता शेखर कोइराला, महामन्त्री गगन थापा, नेता डा. मिनेन्द्र रिजाल, तथा केन्द्रीय सदस्यहरु अर्जुननरसिंह केसी, अजयबाबु शिवाकोटी, प्रतिमा गौ...