२०८१ बैशाख १४

ज्ञानेन्द्र शाहले यसपल्ट सार्वजनिक टीका कार्यक्रम राखेनन् 




काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले यसवर्षको दसैंमा सार्वजनिक टीका कार्यक्रम नराखेको उनको सचिवालयले जनाएको छ ।



Advertisement



उनका सचिव फणिराज पाठकले एक विज्ञप्ति जारी गर्दै यस्तो जानकारी गराएका हुन् ।



विषम् परिस्थितिलाई ध्यानमा राखेर यसपल्ट शक्तिपिठको पनि दर्शन नगर्ने तर निवासबाट भक्तिभाव राख्ने उनले जनाएका छन् ।

यसअघिका वर्षमा शाहले सार्वजनिक टीका कार्यक्रम पनि राख्दै आएका थिए ।

Copy link
Powered by Social Snap