२०८१ बैशाख २१

जुम्ला पुगेर प्रचण्डले भने– एकपटक मार्सी चामलको भात के खाएका थियौँ, निकै चर्चामा आयो




जुम्ला । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्णालीको विकास आफ्नो प्राथमिकतामा रहेको बताएका छन् । जुम्लाको विकासबारे सत्ता गठबन्धनका बैठकहरूमा पनि छलफल हुने गरेको भनदै उनले आगामी दिनमा आफूले यहाँको विकासका बारेमा थप जोड दिने प्रतिबद्धता व्यक्त गरे ।



Advertisement



जुम्लाको खलंगामा आज आयोजित सभालाई सम्बोधन गर्दै उनले कर्णालीको जुम्लामा उत्पादन हुने मार्सी चामलको चर्चा अहिले निकै भएको भन्दै मार्सी चामललाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउन आवश्यक सहयोग गर्ने पनि बताए ।

उनले भने, ‘‘त्यो विषय मसँग पनि जोडियो । एक पटक मार्सी चामलको भात के खाएका थियौँ, निकै चर्चामा आयो । त्यसले बजारीकरणमा टेवा पुग्यो । यहाँको स्याउ, गेडागुडी, सिमी, स्याउको पनि उत्तिकै चर्चा छ । यसको उत्पादनमा वृद्धि गर्नाका साथै प्याकेजिङ र बजारीकरणमा विशेष जोड दिइने छ ।’’ 



यस्तै जुम्लाको सिञ्जा खस सभ्यताको उद्गमस्थल हो । यसको संरक्षण प्रबर्द्धनका लागि प्रतिष्ठान स्थापना गरी जगेर्ना गरिने अध्यक्ष प्रचण्डले बताए । उनले गठबन्धनका उमेदवारहरूलाई विजयी गराउन जुम्लाका नागरिकसँग आग्रह पनि गरे । उनले आफूहरू निरङ्कुशताका विरुद्ध १२ बुँदे सम्झौताहुँदै संघीय लोकतान्त्रिक गणतन्त्रबाट प्रतिगमनविरुद्ध एकजुट भएर निर्वाचनमा होमिएको बताए  । 

अध्यक्ष प्रचण्डले संविधानको रक्षा गर्न र विकासको अर्को चरणको सुरुवात गर्न नेपालमा निर्वाचनपछि वर्तमान गठबन्धनकै बहुमतको सरकार सञ्चालन हुने जानकारी दिए । 

जुम्लामा गबन्धनबाट प्रतिनिधिसभा सदस्यमा गोमा गौतम कुँवर, प्रदेश सभा (क) मा ललितजङ्ग शाही र प्रदेश (ख) बाट नेकपा (एकीकृत समाजवादी) का पदमबहादुर रोकाया चुनावी मैदानमा छन् ।

Copy link
Powered by Social Snap