२०८१ बैशाख ७

मतदाता परिचयपत्र हराएमा के गर्ने ? आयोगले दियो विकल्प




काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि आयोगबाट प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले मतदाता परिचयपत्र नभएमा परिचय खुल्ने आधिकारिक कागजातबाट मतदान गर्न दिने निर्णय गरेको छ । 



Advertisement



मतदाता नामावलीमा नाम भएका नागरिकले नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा राहदानी वा जग्गाधनी प्रमाणपुर्जा वा सवारीचालक अनुमतिपत्रको सक्कल प्रमाण देखाएर मतदान गर्न पाउनेछन् ।



निर्वाचनको सन्दर्भमा आयोगबाट मतदातालाई परिचयपत्र वितरण भएको भए तापनि कतिपय मतदाताको परिचयपत्र हराएको/नासिएको अवस्था भएमा उल्लेखित परिचयपत्रको आधारमा मतदान गर्न पाउने व्यवस्था मिलाइएको आयोगले जनाएको छ ।

Copy link
Powered by Social Snap