२०८२ माघ १६

Author: Senior Editor Nima

निषेधाज्ञाले ग्यारेजमा थन्कियो अटोरिक्सा, सुक्यो घरखर्च चलाउने आम्दानी

निषेधाज्ञाले ग्यारेजमा थन्कियो अटोरिक्सा, सुक्यो घरखर्च चलाउने आम्दानी

अर्थतन्त्र, देश, समाचार
जब घरधन्दा सकिन्छ, उनलाई आफ्नो अटोरिक्साको याद आउँछ। रूपन्देहीको तिलोत्तमा-३ सीमानगरकी जमुना कुमाल अटोरिक्सा ड्राइभर हुन्। दिनदिनै चलाउन पाए त अटोरिक्साको अवस्था ठिकै हुन्थ्यो। नचलाएर राखिरहँदा यसका पार्टपुर्जा बिग्रिन्छन् कि भन्ने उनलाई चिन्ता छ। त्यसैले उनी दिनदिनै घरधन्दा सकेपछि ग्यारेजमा थन्काएर राखेको आफ्‍नो अटो रिक्सा हेर्न जान्छिन्। धुलो लागेको छ कि भनेर पुछपाछ पार्छिन्। सामान्य बेला बिहानदेखि साँझसम्म यात्रुलाई बोकेर गन्तव्यमा पुर्‍याउन व्यस्त रहने जमुनाले अटोरिक्सा घरमै थन्काएको १ महिना पुगिसक्यो। गत वर्ष पनि कोरोना लकडाउनमा झन्डै चार महिना अटोलाई घरमै थन्काएकी थिइन्। Advertisement कोरोना महामारीको जोखिम अझै पनि बढिरहेकाले अटो कहिलेसम्म घरमै थन्काउनु पर्ने हो यसै भन्न सकिने अवस्था छैन। अटो चलाउन नपाए कसरी घर...
विश्वभरका नेपाली एकै साथ मःमः खाएर विश्व किर्तिमान बनाउँदै, उठेको रकम परोपकारी कार्यमा

विश्वभरका नेपाली एकै साथ मःमः खाएर विश्व किर्तिमान बनाउँदै, उठेको रकम परोपकारी कार्यमा

SYM शुद्ध सकारात्मकता, समाचार
विश्वभर छरिएका नेपालीलाई यही मे २९ तारिक नेपाली समय अनुसार दिउँसो ४ बजे एकै साथ अनलाइनमा जुममार्फत मःमः खादै विश्व कीर्तिमान कायम गर्नुका साथै परोपकारी कार्यमा जुट्न आब्हान गरिएको छ। सिड्नीबाट सञ्चालिन हुँदै आएको ‘द दिपेश शो’ कार्यक्रमका परिकल्पनाकार तथा प्रस्तोता दिपेश श्रेष्ठका अनुसार विश्वभरका नेपाली एकै साथ जुममार्फत मःमः खाँदै विश्व रेकर्ड राख्ने कार्यक्रमको मनसाय हो। यो कार्यक्रममार्फत हालसम्म नेपालका कोभिड विरामीका लागि करीब १० लाख रूपैयाभन्दा बढी रकम संकलन भइसकेको छ भने सहयोग उठ्ने क्रम जारी छ। यस वाट उठेको रकम क्याप्टेन बिजय लामाको न्यानोपन नामक परोपकारी संस्थालाई सहयोग जाने छ। Advertisement उक्त जुममार्फत अनलाइनमा मःमः खाने कार्यक्रमका लागि इच्छुक व्यक्तिले निःशुल्क रूपमा आफ्नो नाम दर्ता गर्न सक्नेछन्। एकैसाथ भर्चुअल रूपमा खाना खाने...
यस्तो छ आर्थिक वर्ष २०७८-७९ को बजेट (पूर्णपाठ)

यस्तो छ आर्थिक वर्ष २०७८-७९ को बजेट (पूर्णपाठ)

अर्थतन्त्र, देश
अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि कुल १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट सार्वजनिक गरेका छन्। जसअनुसार संघको चालुगत खर्चका लागि ६ खर्ब ७८ अर्ब ६१ करोड रुपैयाँ विनियोजन गरिएको छ। यो कुल बजेटको ४१.२ प्रतिशत हो। त्यस्तै पुँजीगततर्फ ३ खर्ब ४७ अर्ब २६ करोड रुपैयाँ विनियोजन गरिएको छ। यो कुल बजेटको २२. ७ प्रतिशत हो। Advertisement वित्तीय व्यवस्थापनतर्फ २ खर्ब ७ अर्ब ९७ करोड रुपैयाँ अर्थात १२.६ प्रतिशत विनियोजन गरिएको पौडेलले बताए।  त्यस्तै प्रदेश र स्थानीय तहमा हस्तान्तरण हुने रकम ३ खर्ब ८६ अर्ब ७१ करोड अर्थात २३. ५ प्रतिशत रहेको छ।  विनियोजन गर्ने खर्च रकममध्ये राजश्वबाट १० खर्ब २४ अर्ब ९० करोड र वैदेशिक अनुदानबाट ६३ अर्ब ३७ करोड जुटाइने पौडेलले बताए।  नपुग ५ खर्ब ५९ अर्ब रुपैयाँ ऋण लिइने...
च्याम्पियन्स लिगको उपाधिका लागि म्यानचेस्टर सिटी र चेल्सी भिड्दै

च्याम्पियन्स लिगको उपाधिका लागि म्यानचेस्टर सिटी र चेल्सी भिड्दै

खेलकुद
सिजनको युरोपियन च्याम्पियन्स लिगको विजेताको टुंगो आज मध्यरातमा लाग्दैछ। लिगको उपाधिका लागि इंग्लिस क्लबद्वय म्यानचेस्टर सिटी र चेल्सीबीच प्रतिस्पर्धा हुँदैछ।  Advertisement खेल आज राति पौने एक बजे पोर्चुगलको पोर्टोमा हुँदैछ। खेलमा दर्शकलाई पनि रंगशालामा प्रवेश दिइदैछ। यो सिजन इंग्लिस प्रिमियर लिगको उपाधि जितेको सिटी पहिलो पटक फाइनलमा पुगेको हो। चेल्सीलाई पराजित गर्न सके सिटीले पहिलो पटक च्याम्पियन्स लिगको उपाधि जितेर इतिहास बनाउनेछ।  चेल्सी सिजन २०११-१२ को च्याम्पियन लिगको विजेता हो। त्यतिबेला चेल्सीले जर्मन क्लब वायर्न म्युनिखलाई पेनाल्टी सुटआउटमा पराजित गरेर उपाधि जितेको थियो।  चेल्सीले सिटीविरुद्ध पछिल्लो पटक खेलेका दुवै खेलमा जित हात पारेको छ।  ...
आजको आवश्यकता: सकारात्मक सोच, सात्विक भोजन, योग व्यायाम र बलियो आत्मबल

आजको आवश्यकता: सकारात्मक सोच, सात्विक भोजन, योग व्यायाम र बलियो आत्मबल

SYM शुद्ध सकारात्मकता
पोखरेली कलाकार डि.बि. गुरुङले कोरानोको विषयमा बनाएको चित्र । हामी कहिल्यै नसोचेको महामारी भोगिरहेका छौं। जताजतै निराशाले छाएको छ। धेरै परिवार शोकमा डुबेका छन्। यसले दिनचर्या, सोचाइ र भोगाइमा परिवर्तन ल्याएको छ। मनबाट आशा र भरोसा टुटिसक्यो। रसाएका आँखा कहिले ओभाउलान्? पलपल मर्दै बाँचेको क्षणको अन्त्य कहिले होला? चारैतिर अन्धकार छाएको छ। मानिस कुहिराको काग झैं भौतारिरहेका छन्। न जिम्मेवार निकाय भएको अनुभूति गर्न सकिन्छ न सहानुभूतिको आभास नै। समस्या र चुनौतीको घेरा भित्र निसासिएर कति दिन श्वास लिन सकिएला? आखिर जे जस्तो भोग्नु परे पनि हामीले आफ्नो स्वास्थ्यको ख्याल आफैं गर्नुपर्छ। त्यसैले स्वयंलाई हेरौं। मनन गरौं। आफ्नो क्षमतालाई चिनौं अनि त्यहीअनुसार स्वहेरचाह गरौं। आफ्नो जिम्मेवारी बहन गरौं। अरूलाई पनि सहयोग गरौं अनि माया, सदभाव, करुणा र सहानुभूतिको भाव सबैमा बाँडौ। अहिल...
अर्को नेपालको कथाः सनैया

अर्को नेपालको कथाः सनैया

साहित्य
गत चैत महिनामा 'सनैया' को विमोचन कार्यक्रममा सहभागी भइरहँदा वैदेशिक रोजगारमा गएका नेपालीहरूबारे मेरो दिमागमा अत्यन्त सकारात्मक तस्बिर बसेको थियो। तिनीहरूले पठाउने रेमिट्यान्सका कारण नेपालको अर्थतन्त्रमा परेको प्रभाव, समाजमा फेरिन थालेका सम्बन्धहरूको अनेकौं उदाहरण मेरो मानसपटलमा सजिव थियो।  मूलतः दुई कारणले म त्यस्तो सोचिरहेको थिएँ। पहिलो, दशकयता रेमिट्यान्सको कारण मैले आफ्नो गाउँ गोइठी (सप्तरी) मा देखेको जातीय, लैंगिक एवं आर्थिक सम्बन्धमा परिवर्तनका उदाहरणहरू। दोस्रो, त्यससँग सम्बन्धित केही साहित्यको अध्ययन। सन् २००० यताका वर्षहरूमा डेभिड सेडन, जगन्नाथ अधिकारी, गणेश गुरुङ र रमेश सुनार, बन्दिता सिजापति जस्ता विद्वानहरूले वैदेशिक रोजगारको प्रभावबारे समाजशास्त्रीय, मानवशास्त्रीय र अर्थशास्त्रीय कोणबाट लेखेका अनेकौं अनुसन्धान प्रतिवेदनहरू मैले हालसालै अध्यय...
निर्धारित समयमा निर्वाचन हुन्छ, चुनाव हुँदैन भ्रममा नपर्नू : प्रधानमन्त्री

निर्धारित समयमा निर्वाचन हुन्छ, चुनाव हुँदैन भ्रममा नपर्नू : प्रधानमन्त्री

देश, राजनीति
प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन तोकिएकै समयमा हुने जिकिर गरेका छन्। गणतन्त्र दिवस-२०७८ का अवसरमा शनिबार नेपाली सेनाको मुख्यालय भद्रकालीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले चुनाव हुँदैन र भएमा पनि स्वतन्त्र र निष्पक्ष हुँदैन भन्ने कुरा कुप्रचार र निराधार भएको बताएका हुन् । सरकारले हरेक पाइलामा घेराबन्दी र विरोध मात्रै सामना गरिरनुपरेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले त्यसले अमूल्य समयलाई अकमर्णयताबाट रोक्न ताजा जनादेश माग्नु एक मात्रै विकल्प भएको दाबी गरे। उनले निर्वाचन समयमा नै नहुने भन्ने भ्रममा नपर्न पनि आग्रह गरे। ‘सरकार निर्धारित समयमा नै स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्न प्रतिवद्ध छ,’ उनले दोहोर्‍याए।  'मुलुकको अमूल्य समयलाई यस्तो अकर्मण्यता र अनुशासनहीनतामा खेर जानबाट रोक्न जनतासँग ताजाजनादेश माग्नु ए...
‘पहुँचवाला’लाई मात्र कोरोना खोप दिएको भन्दै विराटनगरमा स्थानीयले गरे विरोध

‘पहुँचवाला’लाई मात्र कोरोना खोप दिएको भन्दै विराटनगरमा स्थानीयले गरे विरोध

देश, समाचार
प्रदेशका मन्त्रीका निकट, उद्योगपतिहरू तथा एमाले कार्यकर्ताहरूलाई मात्रै खोप दिएको पाइएपछि सर्वसाधारणले विराटनगरमा प्रतिरोध गरेका छन्।  सार्वजनिक सूचनाबिना विराटनगरमा पहुँचवाला उद्योगपतिहरूलाई 'गोप्य' रूपमा कोरोनाविरूद्धको खोप दिएको पाइएपछि स्थानीय आक्रोशित बनेका हुन्। शुक्रबार विराटनगर–२ तीनपैनीस्थित सिटी सिनेमा हल परिसरमा कोरोनाविरूद्धको दोस्रो डोज दिइएको पाइएपछि स्थानीय आक्रोशित बनेका हुन्।  शुक्रबार दिउँसो सिनेमा हल परिसरमा वडाक्षेत्र बाहिरका व्यक्तिहरूको चहलपहल बढ्न थालेपछि स्थानीयले सो विषयको सुइँको पाएका थिए।  बिनाकुनै जानकारी अग्रपंक्तिमा नखटिएकाहरूले पनि खोप लगाएको पाइएपछि स्थानीयले विरोध गरेका हुन्।  Advertisement ‘प्रदेश सरकारले गोप्य रूपमा पहुँच भएकालाई मात्र खोप दिएपछि हामी आक्रोशित भएका हौं’, स्थानीय पंकज वर्माले भने...
दुई राम्रा मलयालम फिल्म, अंग्रेजी सब-टाइटलसहित युट्युबमा

दुई राम्रा मलयालम फिल्म, अंग्रेजी सब-टाइटलसहित युट्युबमा

मनोरञ्जन / कला, हलिउड/बलिउड
गुड फ्राइडे सिनेमा नयाँ शताब्दी सुरू भएसँगै भारतको मलयालम सिनेमामा बिस्तारै नयाँ पुस्ता हाबी हुन थाले। २१ औं शताब्दीको दोस्रो दशकदेखि मलयालम सिनेमाले पुरानो धार छाेड्यो। कथा चयन र प्रस्तुतिमा नयाँ पुस्ताका निर्देशकहरूले नयाँपन भित्र्याए। यसको असर दर्शकमा पनि राम्रो पर्न थाल्यो। उनीहरूले नयाँ मलयालम सिनेमालाई विशेष माया दिएर सकारे। पछिल्ला एक दशकमा मलयालम सिनेमाले क्षेत्रीयबाट अन्तर्राष्ट्रिय दर्शकसमेतको ध्यान खिच्ने एउटा मुख्य कारण यही हो। पर्दामा 'हिरो' नभएर आममानिसका कथा भन्ने अभ्यासलाई यो समयका केही मलयालम निर्देशकले अभियानका रुपमा अघि बढाइरहेका छन्। प्राविधिक हिसाबले विश्व सिनेमाका शिल्प र प्रयोग आत्मसात गरी यी सिनेमामा स्थानीय कथा भनिएको पाइन्छ।  मलयालम सिनेमामा नयाँ शैलीको प्रयोग भित्र्याउनेमध्ये निर्देशक लिजो जोस पेलिसरी एक...
नेपालका कप्तान किरण भन्छन्- इराकविरुद्धको खेल हाम्रो लागि ठूलो अवसर हो

नेपालका कप्तान किरण भन्छन्- इराकविरुद्धको खेल हाम्रो लागि ठूलो अवसर हो

खेलकुद, देश
नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरणकुमार लिम्बुले एसियाको पूर्व च्याम्पियन इराकविरुद्ध खेल्न पाउनु नेपालका लागि ठूलो अवसर भएको बताएका छन्।  सन् २००७ को एएफसी एसिया कप च्याम्पियन इराकसँग आगामी शनिबार मैत्रीपूर्ण खेल खेल्नुअघि कप्तान किरणले यस्तो बताएका हुन्।  नेपाल र इराकबीच आगामी शनिबार नेपाली समयअनुसार राति सवा १० बजे इराकको बस्रामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल हुँदैछ। 'इराकविरुद्धको मैत्रीपूर्ण खेल हाम्रो लागि ठूलो अवसर हो। त्यसका लागि हामीले राम्रो अभ्यास गरेका छौं,' कप्तान किरणले भने,'हामी इराकविरुद्धको खेलका लागि तयार छौं। यो खेलले आगामी विश्वकप छनोटका लागि हामीलाई फाइदा पुग्छ।' इराक एसियाको फुटबलको पावर हाउस मध्येको एक हो। हाल फिफा वरीयतामा इराक नेपालभन्दा १०३ स्थान माथि छ। Advertisement इराक फिफा विश्व वरीयताम...