‘अब अक्सिजनको समस्या छैन, अस्पतालले खाली सिलिण्डर ल्याए दुई घण्टामा भरेर दिन्छौं’
दुई साताअघि अक्सिजनको हाहाकार भएका बेला काठमाडौंको बालाजुस्थित शंकर ग्यास उद्योगका सञ्चालक शंकर अग्रवालले आफूलाई सरकारले पाँच वटा लिक्विड अक्सिजन बोक्ने ट्यांकर जुटाइदिए देशभर अक्सिजन अभाव हुन नदिने दाबी गरेका थिए। त्यो बेला शंकरसँग जम्मा तीनटा ट्यांकर थियो। त्यसमा पनि दुई वटा मात्र १५ हजार टन क्षमताको ट्यांकर थियो। तर ती दुईटा ट्यांकरले ल्याएको लिक्विड अक्सिजनले अस्पतालको माग धान्न सकेन। जसले गर्दा अस्पतालहरूमा अक्सिजनको अभाव हुने क्रम चलिरह्यो।
अग्रवालका अनुसार ट्यांकर भारतबाट ल्याउनुपर्ने तर भारत नै त्यो बेला अक्सिजनको हाहाकारसँग जुधिरहेका कारण भारतमै पनि ट्यांकरको अभाव थियो। त्यस्तो अवस्थामा ट्यांकर जुटाउन सरकार तहबाटै पहल हुनुपर्ने उनको भनाइ थियो। नभन्दै सरकारले पहलकदमी गरेका कारण दुईटा ट्यांकर जुट्न सकेको अग्रवाल बताउँछन्।
‘ट्यांकर रहेको कम्पनीलाई ...









