२०८२ माघ १५

Author: Senior Editor Nima

चीनबाट भोलि आइपुग्ने कोरोनाविरूद्धको खोप कसलाई लगाइँदैछ?

चीनबाट भोलि आइपुग्ने कोरोनाविरूद्धको खोप कसलाई लगाइँदैछ?

देश, समाचार
चीनले अनुदानमा दिने भनेको कोरोनाविरूद्धको १० लाख डोज खोपमध्ये ८ लाख डोज भोलि (मंगलबार) नेपाल आइपुग्दैछ। गत जेठ १२ गते राष्ट्रपति विद्यादेवी भण्डारीसँग टेलिफोन कुराकानी गरेलगत्तै चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाललाई थप १० लाख डोज खोप दिने घोषणा गरेका थिए। यसअघि पनि चीनले ८ लाख डोज खोप अनुदानमै दिएको थियो। योपटक चीनले दिएको १० लाख डोज खोपमध्ये ८ लाख डोज खोप लिन नेपाल एयरलाइन्सको जहाज सोमबार राति बेइजिङ जाँदैछ। उक्त खोप लिएर जहाज मंगलबार बिहान नेपाल आइपुग्ने एयरलाइन्सले जनाएको छ। बाँकी २ लाख डोज भने तिब्बत सरकारले प्रदान गर्ने र खोप स्थलमार्ग भएर आउने बताइएको छ। Advertisement यसअघि चीनबाट ल्याइएको ८ लाख डोज खोप १८ वर्ष उमेर समूहका मानिसलाई लगाइएको थियो। त्यसमा पनि बढी काठमाडौं र आसपासका ठाउँहरूमा केन्द्रित गरिएको थियो। त्यो बेला खोप थोरै रहेको र...
नेपाल एसियन कप २०२३ मा यसरी छनोट हुन सक्छ

नेपाल एसियन कप २०२३ मा यसरी छनोट हुन सक्छ

खेलकुद
फिफा विश्वकप २०२२ कतार र एएफसी एसियन कप २०२३ चीनको दोस्रो चरणको अन्तिम तीन खेल खेल्न अहिले नेपाली राष्ट्रिय फुटबल टिम कुवेतमा छ।  कोरोना भाइरसका कारण एक वर्ष प्रभावित भएको छनोट चरणका खेल अहिले सेन्ट्रल भेन्यूमा हुन लागेको हो। एसियाली फुटबल महासंघले एक समूहका खेल एक भेन्यूमा मात्र गर्ने निर्णय गरेपछि नेपाल सम्मिलित समूह 'बी' का खेल कुवेतमा हुँदैछ। समूह 'बी' मा नेपालसँगै अस्ट्रेलिया, जोर्डन, कुवेत र चाइनिज ताइपेई छन्।  कोरोनाले छनोटका खेल प्रभावित नभएको भए बाँकी तीन वटै खेल नेपालले घरेलु मैदानमा खेल्ने तय थियो। सुरुमा आफ्नै कारणले घरेलु मैदानमा खेल्न नपाएको नेपालले अब कोरोनाका कारण विदेशी भूमीमा खेल्दैछ। दशरथ रंगशालाको पुनर्निर्माण समयमै सम्पन्न नहुँदा नेपालले सुरुवातका होम म्याचलाई पछि सारेको थियो। अझ कुवेतविरुद्धको होम म्याच त नेपालले भुटानमा खेल्नु परे...
दुई न्यायाधीशले संवैधानिक इजलास छाड्न नमानेपछि सर्वोच्चमा न्यायाधीशहरूको बैठक बस्दै

दुई न्यायाधीशले संवैधानिक इजलास छाड्न नमानेपछि सर्वोच्चमा न्यायाधीशहरूको बैठक बस्दै

देश, राजनीति
प्रतिनिधिसभा विघटनविरूद्धको मुद्दा हेर्न नमिल्ने भन्दै प्रश्न उठेका दुई न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठले आफूहरू उक्त मुद्दा हेर्ने संवैधानिक इजलासबाट नबाहिरिने निर्णय गरेका छन्। केसी र श्रेष्ठबारे इजलासमा प्रश्न उठेपछि आइतबार प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराले संवैधानिक इजलासका पाँच जना न्यायाधीशको छलफल राखेका थिए। उक्त छलफलमा न्यायाधीश दीपककुमार कार्की र आनन्दमोहन भट्टराईले प्रश्न उठेपछि दुई जना न्यायाधीश बाहिरिनु नै उपयुक्त हुने सुझाएका थिए। प्रधानन्यायाधीश राणााले भने केसी र श्रेष्ठलाई आफैं निर्णय गर्न दिनुपर्ने मत राखे। Advertisement उनले यस्तो मत राखेपछि कार्की र भट्टराईले यो विषयमा निर्णय गर्न संवैधानिक इजलासको रोस्टरमा तोकिएका सबै १३ न्यायाधीशको बैठक राखेर छलफल गर्नुपर्ने माग गरेका थिए। उक्त मागलाई राणाले इन्कार ग...
विश्वकप छनोटका लागि कुवेत पुग्यो नेपाली टिम

विश्वकप छनोटका लागि कुवेत पुग्यो नेपाली टिम

खेलकुद, देश
फिफा विश्वकप २०२२ कतार र एएफसी एसियन कप २०२३ चीनको दोस्रो चरणको प्रतिस्पर्धाका लागि नेपाली राष्ट्रिय फुटबल टिम कुवेत पुगेको छ।  समूह 'बी' का बाँकी खेल कुवेतमा हुने भएपछि नेपाली टिम त्यहाँ पुगेको हो।  Advertisement शनिबार इराकसँग मैत्रीपूर्ण खेल खेलेपछि नेपाली टिम स्थालमार्ग हुँदै आइतबार राति कुवेत पुगेको हो। शनिबार भएको मैत्रीपूर्ण खेलमा नेपाललाई इराकले ६-२ गोलले पराजित गरेको थियो। विश्वकप छनोटमा नेपालले अहिलेसम्म एक खेलमा मात्र जित हात पारेको छ। चार खेलमा नेपाली टिम पराजित भइसकेको छ। नेपाल ३ अंक जोड्दै चौथो स्थानमा छ। समूहमा नेपालभन्दा पछि अंकविहीन चाइनिज ताइपेई छ। समूहको शीर्ष स्थानमा १२ अंक जोडेको अस्ट्रेलिया छ। दोस्रो स्थानको कुवेत र तेस्रो स्थानको जोर्डनको समान १०-१० अंक छ। नेपालले अब जोर्डन, अस्ट्रेलिया र चाइनिज ताइपेईसँग खेल्न बाँकी...
पोहोरको लकडाउनले सिकायो, यसपालि घाटाबाट जोगिए

पोहोरको लकडाउनले सिकायो, यसपालि घाटाबाट जोगिए

अर्थतन्त्र, देश
गतवर्ष कोरोनाभाइरसको महामारीसँगै सुरू भएको लकडाउनले देश नै ठप्प बन्यो। त्यतिखेर किसानले लगाएका तरकारी बारीमै कुहिएर खेर गएका थिए। ठूलो खर्च गरेर लगाइएको तरकारी खेर जाँदा धेरै किसान निरास भए। त्यो लकडाउनबाट पाठ सिक्दै अघि बढेका किसान यसपाली भने निषेधाज्ञामा घाटा हुनबाट जोगिएका छन्। चितवनको शुक्रनगरमा व्यवसायिक तरकारी खेती गर्दै आएका युवाहरू लकडाउनबाटै पाठ सिकेर सामूहिक खेतीतर्फ अग्रसर भएका थिए। सामूहिक खेती गर्दा घाटा कम भएको अनुभव उनीहरूलाई भएको छ। Advertisement ‘एक्लाएक्लै खेती गर्दा ठाउँमा कुरा पुर्‍याउन नसक्ने, बिचौलियाले पेल्ने, मूल्य नपाउने समस्या थियो। त्यसमाथि लकडाउन हुँदा तरकारी बारीमै कुहिएको टुलुटुलु हेरेर बस्नुपर्ने बाध्यता थियो,’ तरकारी किसान लेखनाथ भुषालले  भने, ‘समूहमा खेती गर्न थालेपछि यी समस्याहरू हट्दै गए।’ शुक्रनगरमा गत वर्ष...
इराकसँग पराजित भएपछि नेपालका प्रशिक्षकले भने- प्रतिक्षा गर्नुहोस् सबै कुरा राम्रो हुनेछ

इराकसँग पराजित भएपछि नेपालका प्रशिक्षकले भने- प्रतिक्षा गर्नुहोस् सबै कुरा राम्रो हुनेछ

खेलकुद
अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाली फुटबल टिम इराकसँग फराकिलो अन्तरले पराजित भयो। इराकको बसरास्थित अल्फायहा खेल मैदानमा शनिबार राति सम्पन्न खेलमा नेपाल पूर्व एसियन च्याम्पियन इराकसँग ६–२ गोलअन्तरले पराजित भएपछि नेपालका प्रशिक्षकले राम्रो नतिजाका लागि प्रतीक्षा गर्न आग्रह गरेका छन्। Advertisement प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले हारे पनि नेपाली टिमका लागि सकारात्मक पक्ष रहेको बताए।  'म हारको लागि जिम्मेवारी लिन्छु। मलाई लाग्छ यो टिमलाई अब समय र धैर्यता चाहिन्छ,' उनले भने, 'हामीले दुई गोल गर्‍यौं। खेलमा ३-१ को अग्रता लिने अवसरको नजिक थियौं। तर यो फुटबल हो र कहिलेकाँही तपाईँले बल गुमाउनुहुन्छ भने सबै कुरा परिवर्तन हुन्छ।' नेपाली टिमको खेल सुधार गर्न खेलाडीहरूलाई थप समय र विश्वास चाहिने उनको भनाइ छ।  'बस् अब प्रतिक्षा गर्नुहोस्। उनीह...
मतदान हुनु १६ घन्टाअघि आयोगले दियो लुम्बिनीका चार सांसदलाई मत हाल्ने अधिकार

मतदान हुनु १६ घन्टाअघि आयोगले दियो लुम्बिनीका चार सांसदलाई मत हाल्ने अधिकार

देश, राजनीति
लुम्बिनी प्रदेशमा एक जना राष्ट्रिय सभा सदस्यका लागि सोमबार हुन लागेको मतदानमा ४ जना मतदाता थपिएका छन्। पार्टीले प्रदेश सांसदबाट हटाएका ४ जनालाई मतदान सुरू हुनु १६ घन्टाअघि निर्वाचन आयोगले मतदानको अधिकार दिएको हो। निर्वाचन आयोगले आइतबार जनता समाजवादी पार्टीबाट मन्त्री बनेका ४ जना सांसदलाई पनि पूरक मतदाताको अधिकार दिएको जिल्ला निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले सेतोपाटीलाई जानकारी दिए। योसँगै लुम्बिनी प्रदेशमा ८३ जना प्रदेश सभा सदस्यले मताधिकार पाएका छन्। Advertisement 'पाँच बजेपछि मात्रै निर्वाचन आयोगले थप ४ जना सांसदलाई पूरक मतदाताको रूपमा अधिकार दिएको हुँदा प्रदेश सभामा कूल मतदाता संख्या ८३ पुगेको हो,’ कुँवरले भने। यसअघि जसपाको एक समूहले सांसदहरू कल्पना पाण्डेय, सन्तोषकुमार पाण्डेय, सुमन शर्मा रायमाझी र विजयवहादुर यादवलाई क...
क्लब व्यवसायी भन्छन्- दैनिक १५ लाखसम्म घाटा भइरहेको छ

क्लब व्यवसायी भन्छन्- दैनिक १५ लाखसम्म घाटा भइरहेको छ

अर्थतन्त्र, देश
कारोना महामारीको दोस्रो लहरसँगै जारी निषेधाज्ञाको सबभन्दा बढी प्रभाव उद्योग-व्यवसायमा परेको छ। एकातिर व्यवसायीको लगानी जोखिममा छ, अर्कातिर त्यसमा आश्रित कमर्चारी बिचल्ली परेका छन्। विगत एक वर्षभन्दा बढीदेखि दैनिक नोक्सान बेहोर्ने व्यवसायीमध्ये एक हुन् ठमेलस्थित फरेनहाइट क्लबका सञ्चालक टंकप्रसाद पुरी। क्लब बढी चल्ने मौसममै बन्द हुँदा दैनिक दसदेखि पन्ध्र लाख रूपैयाँ घाटा भइरहेको उनी बताउँछन्। 'अंग्रेजी र नेपाली नयाँ वर्ष, प्रेम दिवस भनेको रात्रि व्यवसायीका लागि दसैं जस्तै हो। डिसेम्बरदेखि नै बन्द हुँदा हामीलाई धेरै नोक्सान भयो,' उनले भने, 'लगानी नै जोखिममा पर्ने भइसक्यो।' Advertisement पुरीका अनुसार सामान्य अवस्थामा पुसदेखि वैशाखसम्म दैनिक पच्चीसदेखि तीस लाखको कारोबार हुन्थ्यो। 'अफ डे' मा पनि दिनमै तीन-चार लाख र शुक्रबार वा बिद...
घट्दै कोरोना संक्रमण दर, विज्ञ भन्छन्-असारदेखि निषेधाज्ञा खुकुलो पार्न सकिन्छ

घट्दै कोरोना संक्रमण दर, विज्ञ भन्छन्-असारदेखि निषेधाज्ञा खुकुलो पार्न सकिन्छ

SYM शुद्ध सकारात्मकता, देश, समाचार
नेपालमा पछिल्ला केही दिनमा कोरोनाभाइरसको संक्रमण घट्दै गएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो साताको तथ्यांक हेर्दा नयाँ संक्रमित थपिने क्रम निरन्तर घटेको देखिन्छ। हिजो (शनिबार) १४ हजार ७ सय ५२ जनाको परीक्षण गर्दा ४ हजार ४८७ जनामा संक्रमण पुष्टि भयो। अर्थात ३०.४१ प्रतिशतमा संक्रमण देखियो। अघिल्लो सातासम्म  परीक्षण गरिएकामध्ये ५० प्रतिशतभन्दा बढीलाई संक्रमण देखिने गरेको थियो। गत वैशाख २७ गते १८ हजार ४११ जनाको परीक्षण गर्दा ९ हजार २७१ जनामा संक्रमण पुष्टि भयो। अर्थात ५०.३५ प्रतिशत मानिसमा संक्रमण देखियो। जुन हालसम्मकै सर्वाधिक संक्रमण दर हो। वैशाख दोस्रो सातादेखि बढ्न थालेको संक्रमण दर महिनाको अन्तिमसम्म आइपुग्दा संक्रमणको स्थिति निकै नै भयावह भयो। उक्त अवधिभर अस्पताल संक्रमितले खचाखच भरिए। अक्सिजनको चरम अभावका कारण कतिले भर्ना पाएनन् र केहीले बाटोमै ज्यान...
भेरी अस्पतालका डाक्टर र नर्समाथि भएको आक्रमणबारे छानविन समितिले तयार पार्‍यो प्रतिवेदन

भेरी अस्पतालका डाक्टर र नर्समाथि भएको आक्रमणबारे छानविन समितिले तयार पार्‍यो प्रतिवेदन

देश, समाचार, स्वास्थ्य
भेरी अस्पतालका डाक्टर र नर्समाथि भएको आक्रमणबारे छानविन गर्न गठित समितिले आइतबार आफ्नो प्रतिवेदन पेश गर्ने भएको छ। बिहीबार राति दाङ तुलसीपुरका कोरोना संक्रमित डिल्लीबहादुर रावतको उपचारका क्रममा भेरी अस्पताल नेपालगञ्जमा मृत्यु भएपछि आफन्तले त्यहाँ कार्यरत् डाक्टर र नर्सहरूमाथि कुटपिट गरेका थिए। घटना छानविन गर्न भन्दै सहायक प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टको नेतृत्वमा सात सदस्यीय छानविन समिति गठन भएको थियो। उक्त समितिलाई तीन दिनभित्र प्रतिवेदन बुझाउन भनिएको थियो। यो अवधिमा आफूहरूले सबै सरोकारवालाहरूसँग छलफल गरिसकेको र प्रतिवेदन तयारी पारिसकेको हुँदा आइतबार नै प्रतिवेदन बुझाउने तयारी रहेको समितिका एक सदस्य तथा भेरी अस्पताल विकास समितिका सदस्य कृष्णप्रशाद श्रेष्ठले बताए। Advertisement ‘हामीले अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट, घटनाका प्रत्यक्...