२०८३ बैशाख १७

Author: Senior Editor Nima

एक पोको भात लिन आउनेहरू

एक पोको भात लिन आउनेहरू

देश, समाचार
कोरोना महामारी छ, घरभित्रै बस्नू- सरकारको आदेश छ। तर डल्लुमा हरेक दिन तीन-चार बजे भेला हुने भिडलाई न रोगको डर छ, न आदेशको पर्वाह। डर र आदेश पन्छाउँदै सडकमा निस्किएको भिडलाई बाटाभरि प्रहरीले केरकार गर्छन्।  उनीहरू बयान दिन्छन्- हामी भात लिन हिँडेको।  Advertisement सडकमा भेटेजति प्रहरीलाई यही भन्दै उनीहरू डल्लुको पुल पुग्छन्। त्यहाँ थाहा युथ इन्भेस्टमेन्ट नामक संस्थाले खाना बाँड्छ। त्यो क्षेत्र आसपासका भोकाहरू त्यहीँ जान्छन्, एक पोको (प्याकेट) भात लिन। भोकको मात्र नाता भएको त्यो भिडमा उनीहरू कसैलाई चिन्दैनन्। चुपचाप छाक पर्खिएर बस्छन्। एउटा गाडी आउँछ। 'ऊ.... खाना आयो,' गाडीतिर दौडिन्छन्। केही क्षण खानाको पोको लिन तँछाडमछाड चल्छ। कोरोनासँग बच्न भौतिक दुरी, मास्क, पन्जा, स्यानिटा...
ढुंगा, गिटी, बालुवा निकासी सरकारको नीतिगत भ्रष्टाचार हो, सफल हुन दिन्नौं: गगन थापा

ढुंगा, गिटी, बालुवा निकासी सरकारको नीतिगत भ्रष्टाचार हो, सफल हुन दिन्नौं: गगन थापा

देश, राजनीति
नेपाली कांग्रेसका नेता गगन थापाले सरकारले ढुंगा, गिटी र बालुवा निकासी गर्ने गरी बजेटमा व्यवस्था गर्नु नीतिगत भ्रष्टाचार भएको बताएका छन्। प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गरेका बेला अध्यादेशमार्फत् ल्याएको बजेटमा अवैधानिक तवरले यस्तो कार्यक्रम समावेश गरेको थापाको भनाइ छ। Advertisement नदीजन्य पदार्थ निकासी गरी व्यापार घाटा कम गर्ने भन्दै बजेटमा सरकारले यस्तो कार्यक्रम घुसाएको थापाको भनाइ छ। उनले बुधबार ट्वीट गर्दै सरकारले ल्याएको जनविरोधी कार्यक्रमलाई सफल हुन नदिने पनि बताएका छन्। उनले यस्ता कार्यक्रम रोकेरै छाड्ने बताएका छन्। यस्तो छ थापाको भनाइ: संसद नभएको बेला असंवैधानिक सरकारले अवैधानिक तवरले जस्केलाबाट ल्याएको बजेटमा नेपालको ढुङ्गा, गिट्टी, बालुवा निकासी गरेर व्यापार घाटा न्यूनीकरण गर्ने कार्यक्रम घुसाएर सरकारले आफ्नो असली अनुहा...
यो कुकुरले पत्ता लगाउन सक्छ कोरोना संक्रमण, अध्ययन भन्छ- पिसिआरभन्दा छिटो र प्रभावकारी

यो कुकुरले पत्ता लगाउन सक्छ कोरोना संक्रमण, अध्ययन भन्छ- पिसिआरभन्दा छिटो र प्रभावकारी

SYM शुद्ध सकारात्मकता, समाचार
थाइल्यान्डमा कोरोना परीक्षण गर्न प्रयोग गरिने कुकुरहरू। तस्बिर: न्यूयोर्क टाइम्स एक खास नश्लको कुकुरले सुँघेरै कोरोना संक्रमण भए–नभएको पत्ता लगाउन सक्ने अध्ययनले देखाएको छ। ल्याब्रडोर जातको तालिमप्राप्त कुकुरले गरेको कोरोना परीक्षण नतिजा पिसिआर वा एन्टिजेनभन्दा प्रभावकारी पाइएको छ। विभिन्न देशको प्रारम्भिक अध्ययनबाट यस्तो निष्कर्ष निस्केको अमेरिकी अखबार 'द न्यूयोर्क टाइम्स' ले जनाएको छ। अमेरिका, फ्रान्स, बेलायत, चिली, अस्ट्रेलिया, बेल्जियम, जर्मनी, थाइल्यान्ड लगायत थुप्रै देशमा कुकुरबाट कोरोना परीक्षण गराउन थालिएको छ। यसले सार्वजनिक यातायात, रंगशाला लगायत बढी भीडभाड हुने सार्वजनिक स्थलहरूमा कोरोना संक्रमित पहिचान गर्न सजिलो हुने अनुसन्धाता बताउँछन्। पछिल्लोचोटि थाइल्यान्डको बैंककस्थित छुलालोङकोर्न विश्वविद्यालयको भेटेरिनरी विभागले छवटा कुकुरबाट कोरोना परीक्षण गराएको थि...
विवेकशील साझा पार्टीका नेता उज्ज्वल थापाको निधन

विवेकशील साझा पार्टीका नेता उज्ज्वल थापाको निधन

देश, समाचार
काठमाडौँ — विवकेशील साझा पार्टीका नेता उज्ज्वल थापाको निधन भएको छ । विवेकशील अभियान तथा विवेकशील नेपाली दलका संस्थापक उनको मंगलबार अपरान्ह ४ बजेर २५ मिनेटमा उपचारको क्रममा मेडिसिटी अस्पतालमा निधन भएको विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले बताए । Advertisement केहीदिनअघि कोरोना संक्रमण भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । विवेकशील साझा पार्टीका पूर्व संयोजक रहेका ४४ वर्षीय थापा सामाजिक उत्प्रेरकका रुपमा समेत चिनिन्छन् । कोरोना संक्रमण भएपछि उपचारका लागि अस्पताल भर्ना भएपनि अन्तिम पटक गरिएको परीक्षणमा नतिजा नेगेटिभ आएको थियो । बुढानिलकण्ठ स्कुलबाट उच्च शिक्षा हासिल गरेका उनी खगोल तथा भोतिक विज्ञान अध्ययनका लागि भनेर अमेरिका गएका थिए । ...
केही खुकुलो बनाएर काठमाडौं उपत्यकामा १० दिन निषेधाज्ञा थप्ने तयारी, आदेश भोलि जारी हुने

केही खुकुलो बनाएर काठमाडौं उपत्यकामा १० दिन निषेधाज्ञा थप्ने तयारी, आदेश भोलि जारी हुने

देश, स्वास्थ्य
काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप १० दिन लम्ब्याउने तयारी भइरहेको छ। मंगलबार काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूबीच निषेधाज्ञा थप्नेबारे छलफल भएको थियो। सो छलफलले अहिलेको निषेधाज्ञालाई केही खुकुलो बनाएर १० दिन थप्ने निष्कर्ष निकालेको हो। निषेधाज्ञा थप्ने आदेश भोलिमात्रै जारी हुने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जानकारी दिए। Advertisement जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठक बसेपछि तीन जिल्लाका सिडिओबीच छलफल भएको हो। 'भोलि १० बजेतिर आदेश जारी हुन्छ। छलफल अझै जारी छ,' प्रजिअ पराजुलीले भने,'तीन वटै सिडिओबीच छलफल गरियो। अब यसलाई फाइनल रिपोर्ट बनाएर भोलि जारी गर्छौ।' प्रशासनले काठमाडौं उपत्यकामा थप जेठ मसान्तसम्म निषेधाज्ञा जारी थप्ने तयारी गरेको भक्तपुरका प्रजिअ प्रेमप्रसाद भट्टराईले जा...
‘कोरोना मलाई झम्टिन आएको थियो, जाँदा ह्वाँ…ह्वाँ… रोएर गयो’

‘कोरोना मलाई झम्टिन आएको थियो, जाँदा ह्वाँ…ह्वाँ… रोएर गयो’

SYM शुद्ध सकारात्मकता, स्वास्थ्य
कलाकार मदनकृष्ण श्रेष्ठले कोरोनाभाइरस निकै बलियो रहेको बताएका छन्। उनले आफू संक्रमित भएपछि भोग्नु परेको कठिनाइ र कोरोनामुक्त भएकोबारे मंगलबार फेसबुकमार्फत् जानकारी गराएका हुन्। उनले आफ्नो अनुभव रोचक शैलीमा लेखेका छन्। वैशाख ६ गते मदनकृष्णसहित उनको परिवार सबै जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो। कोरोना संक्रमण भएको केहीदिनमै स्वास्थ्यमा समस्या आएपछि उनलाई मेडिसिटी अस्पताल भर्ना गरिएको थियो। 'म पहिलो पटक ८ दिन, फेरि दोस्रोपल्ट १४ दिन मेडिसिटी हस्पिटलमा बसेर घर आएको पनि अब त एक हप्ता कटिसक्यो,' उनले आफ्नो फेसबुकमा लेखेका छन्। उनले आफूलाई माया, शुभेक्षा र आशिर्वाद दिने तथा स्वास्थ्यप्रति चिन्ता व्यक्त गर्ने सबैमा कृतज्ञता व्यक्त गरेका छन्। सोही आशिर्वाद आफूलाई लागेको श्रेष्ठले बताए। उनले अमृतमय मायाको बलले कोरोनारूपी विषलाई मज्जाले पचाएको बताएका छन्। ...
कोपा अमेरिका ब्राजिलमा हुने

कोपा अमेरिका ब्राजिलमा हुने

खेलकुद
यो वर्ष हुने तय ४७औं संस्करणको कोपा अमेरिका फुटबल प्रतियोगिता ब्राजिलमा हुने भएको छ।  दक्षिण अमेरिकी फुटबल महासंघले सोमबार ब्राजिलमा कोपा अमेरिका आयोजना गर्ने निर्णय गरेको हो। यस वर्षको कोपा अमेरिका आगामी १३ जुन देखि १० जुलाईसम्म हुने तय छ।  Advertisement यसअघि सन् २०१९ मा भएको  कोपा अमेरिका पनि ब्राजिलमै भएको थियो। त्यतिबेला ब्राजिलले फाइनलमा पेरूलाई पराजित गर्दै उपाधि जितेको थियो। अर्जेन्टिना तेस्रो र चिली चौथो बनेका थिए। यसअघि महासंघले अर्जेन्टिनामा हुने कोपा त्यहाँ नगर्ने निर्णय गरेको थियो। अर्जेन्टिनामा कोरोना भाइरसको संक्रमण बढिरहेकाले त्यहाँ कोपा अमेरिका नगर्ने महासंघको भनाइ थियो।  अर्जेन्टिनामा अहिले दैनीक ३४ हजार भन्दा बढीलाई कोरोना संक्रमण हुने गरेको छ। पछिल्लो १४ दिनमा कोरोना संक्रमण दर बढिरहेकाले कोपा अर्जेन्टिनाबाट स...
उपत्यकामा निषेधाज्ञा खुकुलो पार्नेबारे छलफल हुँदै

उपत्यकामा निषेधाज्ञा खुकुलो पार्नेबारे छलफल हुँदै

देश, समाचार
काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा खुकुलो पार्नेबारे छलफल हुने भएको छ। यसका लागि उपत्यकाका तीन वटै जिल्लाका सिडिओहरूबीच मंगलबार दिउँसो ४ बजे छलफल हुने तय भएको छ।  पछिल्लो समय संक्रमण दर घटिरहेकाले जारी निषेधाज्ञालाई खुकुलो पार्न सकिनेबारे छलफल हुने ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डी प्रसाद निरौलाले जानकारी दिए। Advertisement ‘पछिल्लो समयको अवस्था हेर्दा निषेधाज्ञा केही खुकुलो पार्ने हो कि भन्ने लागेको छ। त्यसका लागि आज छलफल हुँदैछ। स्वास्थ्य मन्त्रालयका अधिकारीसँग पनि आवश्यक परामर्श लिएर निर्णय गर्छौं,’ उनले भने।  कतिपय विज्ञले समेत संक्रमण दर घटेकाले असारबाट निषेधाज्ञा खुकुलो पार्न सकिने सुझाएका छन्। निषेधाज्ञालाई लम्बाइराख्दा सर्वसाधारणको दैनिक जीवनयापन कठिन हुने भन्दै संक्रमणलाई नियन्त्रण गर्दै निषेधाज्ञालाई समेत खुकुलो पार्दै लानुपर्ने ...
पिसिआर रिपोर्टमा पोजेटिभ आएको आयै भएपछि ३४ दिनदेखि आइसोलनमा

पिसिआर रिपोर्टमा पोजेटिभ आएको आयै भएपछि ३४ दिनदेखि आइसोलनमा

स्वास्थ्य
पटक-पटक पिसिआर परीक्षण अनि हरेक पटक पोजिटिभ रिपोर्ट। शरीरमा कुनै समस्या नभए पनि कोरोनाको ‘नेगेटिभ’ स्वरूप कुर्ने क्रममा धेरै संक्रमित लामो समय तनाव झेल्न बाध्य भएका छन्। भाइरसको प्रकृति, पिसिआर परीक्षणको विशेषताबारे चिकित्सकले सम्झाउँदा पनि नेगेटिभ रिपोर्ट पर्खिरहेका बिरामी र तिनका परिवार कोरोना पोजिटिभ रिपोर्टका कारण लामो तनाव झेल्न विवश छन्। विज्ञहरूका अनुसार यो अनावश्यक तनावमात्रै हो। लक्षण नभए पोजिटिभ रिपोर्टबाट आत्तिन पर्दैन। किनभने त्यसले संक्रमितलाई र अरूलाई पनि कुनै असर गर्दैन। विज्ञहरूले यसो भनिरहे पनि व्यवहार भने ठीक उल्टो छ। प्रदेश १ मा त प्रदेश सरकारले हरेक सरकारी अस्पतालाई ‘नेगेटिभ’ रिपोर्ट नआएसम्म बिरामीलाई नछाड्नु भन्ने प्रोटोकल नै बनाएको छ। विज्ञका अनुसार यो पूर्णतः अनावश्यक छ। विराटनगर-२ का ४५ वर्षीय सुवास कार्की ३४ दिनयता ‘होम आइसोलेशन’ मा छन्। ...
विश्वकप छनोट : समूह ‘ए’का खेल चीनमा नहुने

विश्वकप छनोट : समूह ‘ए’का खेल चीनमा नहुने

खेलकुद
एसियाली फुटबल महासंघ (एएफसी) ले विश्वकप तथा एसियन कप छनोटको समूह ‘ए’ का बाँकी खेल चीनमा नगर्ने निर्णय गरेको छ। यसअघि एएफसीले सेन्ट्रेल भेन्यूको रूपमा समूह ‘ए’ का खेल चीनमा गर्ने निर्णय  गरेको थियो। Advertisement तर कोरोना भाइरसका कारण लगाइएको भ्रमण प्रतिबन्धका लागि चीन पुग्नका समूहका टिमलाई कठिनाइ उत्पन्न भएको छ। जसका कारण एएफसीले छनोटका खेल चीनबाट अन्तै सार्ने सोमबार निर्णय गरेको हो।  बाँकी खेल हुने स्थानको टुंगो छिट्टै लगाउने एएफसीको भनाइ छ। एएफसीले चाइनिज फुटबल एसोसिएसनसँग सम्पर्कमा रहेको बताउँदै नयाँ भेन्यूको निर्णय गर्ने जनाउको छ।  समूहका खेल आगामी जुन १५ मा सक्ने उदेश्य रहेको एएफसीको भनाइ छ।  समूह 'ए' को खेलमा चीनले आइतबार घरेलु मैदानमा भएको खेलेको थियो। उसले खेलमा गुआमलाई ७-० गोलले पराजित गरेको थियो। समूहमा चीनसँगै...