नेकपा एकीकृत समाजवादीमा ५ सदस्यीय स्थायी कमिटी, दैनिक कार्य सम्पादनको जिम्मा वेदुराम भुसाललाई
नेकपा एकीकृत समाजवादीमा ५ सदस्यीय स्थायी कमिटी गठन भएको छ। एकीकृत समाजवादीले एमालेमा रहँदा स्थायी कमिटी सदस्य रहेका नेताहरू सम्मिलित स्थायी कमिटी बनाएको हो।
Advertisement
स्थायी कमिटीमा पार्टी अध्यक्ष माधव नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, मुकुन्द न्यौपाने, वेदुराम भुसाल र प्रमेश हमाल छन्।
एकीकृत समाजवादीले जारी गरेको अन्तर पार्टी निर्देशन (अपानी) अनुसार पार्टीको दैनिक कामको संयोजन गर्ने जिम्मेवारी वेदुराम भुसाललाई दिइएको छ।
भुसालको संयोजकत्वमा गठित सचिवालयमा प्रमेश हमाल, राजेन्द्र पाण्डे, गंगालाल तुलाधर, विजय पौडेल, जयन्ती राई र जीवनराम श्रेष्ठ छन्।
पद नखुलाइएको भए पनि भुसाल महासचिवको भूमिकामा रहने देखिएको छ।
त्यस्तै एकीकृत समाजवादीले सातै प्रदेशका इन्चार्ज समेत तोकेको छ।
प्रदेश १ को इन्चार्ज घनेन्द्र बस्नेत, प्रदेश २ को इन्चार्ज धर्म...









