२०८३ कार्तिक १२

नेकपा एकीकृत समाजवादीमा ५ सदस्यीय स्थायी कमिटी, दैनिक कार्य सम्पादनको जिम्मा वेदुराम भुसाललाई

नेकपा एकीकृत समाजवादीमा ५ सदस्यीय स्थायी कमिटी गठन भएको छ। एकीकृत समाजवादीले एमालेमा रहँदा स्थायी कमिटी सदस्य रहेका नेताहरू सम्मिलित स्थायी कमिटी बनाएको हो।


Advertisement


स्थायी कमिटीमा पार्टी अध्यक्ष माधव नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, मुकुन्द न्यौपाने, वेदुराम भुसाल र प्रमेश हमाल छन्।

एकीकृत समाजवादीले जारी गरेको अन्तर पार्टी निर्देशन (अपानी) अनुसार पार्टीको दैनिक कामको संयोजन गर्ने जिम्मेवारी वेदुराम भुसाललाई दिइएको छ।

भुसालको संयोजकत्वमा गठित सचिवालयमा प्रमेश हमाल, राजेन्द्र पाण्डे, गंगालाल तुलाधर, विजय पौडेल, जयन्ती राई र जीवनराम श्रेष्ठ छन्।

पद नखुलाइएको भए पनि भुसाल महासचिवको भूमिकामा रहने देखिएको छ।

त्यस्तै एकीकृत समाजवादीले सातै प्रदेशका इन्चार्ज समेत तोकेको छ।

प्रदेश १ को इन्चार्ज घनेन्द्र बस्नेत, प्रदेश २ को इन्चार्ज धर्मनाथ शाह, वागमती प्रदेशको इन्चार्ज केदार न्यौपाने र गण्डकी प्रदेशको इन्चार्ज केशवलाल श्रेष्ट तोकिएका छन्।

लुम्बिनी प्रदेशको इन्चार्ज भागवत विश्वासी, कर्णालीमा प्रकाश ज्वाला, उपत्यकामा विश्वनाथ प्याकुरेल, सम्पर्क विशेष प्रदेशको इन्चार्जमा विजय गुरुङ, मोर्चा इन्चार्ज विजय पौडेल, प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडा तोकिएका छन्। त्यस्तै प्रवास क्षेत्रको इन्चार्जको जिम्मेवारी श्रीप्रसाद शाहले पाएका छन्।

यस्तै खनाल संयोजक रहेको दस्तावेज मस्यौदा कमिटीमा अन्य १२ जना सदस्य छन्। कमिटीमा वेदुराम भुसाल, प्रमेश हमाल, राजेन्द्र पाण्डे, गंगालाल तुलाधर, विजय पौडेल, जगन्नाथ खतिवडा, केशवलाल श्रेष्ठ, सावित्रा भुसाल, रामकुमारी झाक्री, राजेन्द्र राई र गणेश विक छन्।


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap