२०८३ बैशाख २१

Author: Senior Editor Nima

तालिबानी त्रासबीच अफगानी महिला सडकमा उत्रिए, राष्ट्रपति भवन अगाडि प्रदर्शन

तालिबानी त्रासबीच अफगानी महिला सडकमा उत्रिए, राष्ट्रपति भवन अगाडि प्रदर्शन

राजनीति
तालिबानी शासनको त्रासबीच अफगानिस्तानमा  महिलाहरू सडकमा उत्रिएका छन्। उनीहरूले शुक्रबार राष्ट्रपति भवन अगाडि सरकारमा महिलालाई पनि सहभागी गराउन माग गर्दै उनीहरूले प्रदर्शन गरेका हुन् । अब बन्ने मन्त्रिपरिषदमा महिलालाई पनि सामेल गराउन आग्रह गरेको पर्चा बोकेर उनीहरू प्रदर्शनमा उत्रिएका हुन्। Advertisement अफगानिस्तानमा तालिबानले कब्जा गरेसँगै संसारभरबाट त्यहाँका महिला र बालबालिकाको अवस्थाबारे चिन्ता व्यक्त गरिरहेकै समयमा त्यहाँका केही महिलाले प्रदर्शन गर्ने आँट गरेका हुन् । उनीहरुले पुरुषसरह महिलालाई पनि अधिकार हुनुपर्ने माग पनि गरेका छन्। उनीहरूले शक्तिशाली मन्त्रिपरिषदमा महिलालाई पनि स्थान दिनुपर्ने, महिला पुरूष बराबरी लगायत नारा लेखिएका प्ले कार्डसहित प्रदर्शन गरेका थिए। बीस वर्ष अगाडिको तालिबानी शासनमा महिलामाथि गरिएको बर्बर अत्याचारक...
गृहमन्त्री र नेकपाका प्रवक्ता विश्वकर्माबीच भेटवार्ता

गृहमन्त्री र नेकपाका प्रवक्ता विश्वकर्माबीच भेटवार्ता

राजनीति
गृहमन्त्री बालकृष्ण खाण र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता खड्गबहादुर विश्वकर्माबीच शुक्रबार भेटवार्ता भएको छ।  Advertisement गृहमन्त्रीको सरकारी निवास पुल्चोकमा भएको भेटवार्तामा शान्ति प्रक्रियालाई टुंग्याउने विषयमा छलफल भएको हो। छलफल सकारात्मक भएको छ।  ...
इटालीले बराबरी गर्‍यो ब्राजिल र स्पेनको कीर्तिमान

इटालीले बराबरी गर्‍यो ब्राजिल र स्पेनको कीर्तिमान

खेलकुद
इटालीयन राष्ट्रिय फुटबल टिमले अपराजित खेल संख्या ३५ खेलसम्म लम्बाएको छ। विश्वकप छनोटअन्तर्गत बिहीबार राति बुल्गेरियासँग १-१ गोलको बराबरीमा रोकिएको इटालीले अपराजित खेल संख्या ३५ पुर्‍याउंँदै नयाँ कीर्तिमान पनि बनाएको छ। Advertisement इटालीले स्पेन र ब्राजिलको कीर्तिमानसँग बराबरी गरेको हो। यसअघि ब्राजिल सन् १९९३ देखि १९९६ को बीचमा ३५ खेलसम्म अपराजित भएको थियो।  पछि स्पेनले ब्राजिलको कीर्तिमान बराबरी गरेको थियो। ब्राजिलको कीर्तिमान बराबरी गर्ने क्रममा स्पेन २००७ देखि २००९ को बीचमा खेलेका ३५ खेलमा पराजित भएन।  यसअघि इटालीले युरो कपको फाइनलमा इंग्ल्यान्डलाई हराउँदै उपाधि जित्ने क्रममा अपराजित खेल संख्या ३४ मा पुर्‍याएको थियो।  इटालीले सेप्टेम्बर २०१८ मा पोर्चुगलसँग पराजय भोगेपछि खेलेका ३५ अन्तर्राष्ट्रिय खेलमा हारेको छैन...
एमाले उपाध्यक्ष वामदेव गौतमले छाडे पार्टी

एमाले उपाध्यक्ष वामदेव गौतमले छाडे पार्टी

राजनीति
एमाले उपाध्यक्ष वामदेव गौतमले पार्टी परित्याग गरेका छन्। पार्टी मुख्यालय थापाथलीमा गएर गौतमले पार्टी परित्याग गरेको जानकारी गराएका हुन्। पार्टी परित्यागको पत्र पार्टी अध्यक्ष केपी ओलीलाई गौतमले पठाएको एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले बताए। Advertisement गौतमका स्वकीय सचिव दीपक टमाटाले पार्टीको सबै जिम्मेवारी र पार्टीबाट राजीनामा दिएको बताए। 'उहाँले पार्टीबाट राजीनामा दिनुभयो। अबको योजना के हो भन्नेबारे मलाई केही थाहा छैन,' टमाटाले भने। २०७७ पुस ५ गतेदेखि नै गौतमा पार्टीमा निष्क्रिय बन्दै आएका थिए। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधीसभा विघटन गरेपछि नेकपा विभाजन भएको थियो। कानुनी रूपमा विभाजन नभए पनि तत्कालीन प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष ओली एकातिर थिए भने अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र व...
रोनाल्डोले म्यानचेस्टरमा ७ नम्बरको जर्सी लगाउने

रोनाल्डोले म्यानचेस्टरमा ७ नम्बरको जर्सी लगाउने

खेलकुद
क्रिस्टियानो रोनाल्डोले इंग्लिस प्रिमियर लिग सिजन २०२१-२२ मा ७ नम्बरको जर्सी लगाउने म्यानचेस्टर युनाइटेडले पुष्टि गरेको छ।  युनाइटेडमा यसअघि ७ नम्बरको जर्सी इडिन्सन काभानीले लगाउने गर्थे। काभानीले अब २१ नम्बरको जर्सी लगाउनेछन्।  काभानीले राष्ट्रिय टिममा पनि २१ नम्बरकै जर्सी लगाउने गर्छन्।  Advertisement यसअघि रोनाल्डो इटालियन क्लब युभेन्ट्सबाट म्यानचेस्टर युनाइटेमा २ वर्षका लागि आबद्ध भएका थिए। पाँच पटकका बालन डि’ओर विजेता रोनाल्डो १२ वर्षपछि युनाइटेड फर्किएका हुन्। उनी सन् २००९ मा युनाइटेडबाट स्पेनिस क्लब रियल म्याड्रिडमा आबद्ध भएका थिए।  उनले युनाइटेडका लागि २९२ खेल खेल्दै ११८ गोल गरेका थिए। उनी तीन वर्षअघि युभेन्ट्समा आबद्ध भएका थिए। रियलबाट उनी ९९.२ मिलियन पाउन्डमा युभेन्ट्समा आबद्ध भएका थिए।  त्यतिबेला उ...
दस बुँदे सहमति कार्यान्वयनका लागि एमालेमा जटिलता, माधव नेपाल छोडेकालाई थाहा नदिई पिपिएलएको भेला

दस बुँदे सहमति कार्यान्वयनका लागि एमालेमा जटिलता, माधव नेपाल छोडेकालाई थाहा नदिई पिपिएलएको भेला

राजनीति
दस बुँदे सहमतिअनुसार २०७५ जेठ २ को संरचनामा पार्टीलाई फर्काउने निर्णय भए पनि नेकपा एमालेको भातृ संस्थामा त्यसको प्रभाव देखिएको छैन। Advertisement एमाले निकटको पेशागत तथा प्रगतिशील कानुन व्यवसायी संगठन नेपाल (पिपिएलए) ले माधव नेपाल समूह छोडेकाको सहमतिबिनै आफ्नो भेला राखेका छन्। शुक्रबार २ बजे हुने पिपिएलएको भेलालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्दैछन्।  पिपिएलएको अध्यक्ष माधव नेपाल समूह छोडेका रूद्र नेपाल हुन्। आफूहरूलाई थाहा नदिइकन भेला गरिएको भन्दै नेपालले भेला नरोकिए यसले संगठनमा विभाजन ल्याउने चेतावनी दिए। 'संगठनका इन्चार्ज रघुजी पन्त र मलाई थाहा नदिइकन भेलाको आयोजना गरिएको छ। पार्टीलाई विधि र पद्धतिअनुसार अघि बढाउन खोजिएको हो भने अध्यक्ष आउनुहुन्न,’ उनले भने, ‘अध्यक्ष आउनुभयो भने यसले संगठनमा फेरि विवाद आउँछ। आजको भेला...
विश्वकप छनोट : स्पेनको २८ वर्षपछि हार, इंग्ल्यान्ड र बेल्जियमको सानदार जित

विश्वकप छनोट : स्पेनको २८ वर्षपछि हार, इंग्ल्यान्ड र बेल्जियमको सानदार जित

खेलकुद
फिफा विश्वकप २०२२ अन्तर्गत युरोपियन छनोटमा स्पेन पराजित भएको छ। स्पेनलाई बिहीबार राति भएको खेलमा स्विडेनले २-१ गोलले पराजित गर्‍यो। स्पेन विश्वकप छनोटमा सन् १९९३ पछि पहिलो पटक पराजित भयो। Advertisement मार्च १९९३ मा डेनमार्कसँग पराजित भए यता स्पेनले विश्वकप छनोटमा ५२ खेल जित्दा १४ बराबरी खेलेको थियो। बिहीबार भएको समूह 'बी' को खेलमा स्पेनका लागि सोलेरले चौथो मिनेटमा पहिलो गोल गरे। स्विडेनका लागि इसाकले पाँचौ मिनेटमै नै बराबरी गोल फर्काए। ५७ मिनेटमा क्लासनले गोल गरेसँगै स्विडेन विजयी भयो। समूहमा स्विडेन लगातार तीन जितसँगै शीर्ष स्थानमा छ। यता इंग्ल्यान्डले हंगेरीलाई ४-० गोलले पराजित गर्‍यो। समूह 'आई' को खेलमा इंग्ल्यान्डका लागि स्टर्लिङले ५५, केनले ६३, माग्युरले ६९ र राइसले ८७ मिनेटमा गोल गरे।  बेल्जियमले समूह 'ई' को खेलमा ...
वडा अधिवेशन शुभारम्भ गर्न भक्तपुर पुगे देउवा

वडा अधिवेशन शुभारम्भ गर्न भक्तपुर पुगे देउवा

राजनीति
वडा अधिवेशन शुभारम्भ गर्न प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवा भक्तपुर पुगेका छन्। Advertisement आजदेखि कांग्रेसले वडा अधिवेशन गर्दैछ। भक्तपुरमा वडा अधिवेशन आजदेखि सुरू हुने र निर्वाचन भने भदौ २१ गतेका लागि तय गरिएको छ। प्रधानमन्त्री देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले वडा अधिवेशन शुभारम्भका लागि देउवा भक्तपुर पुगिसकेको बताए। देउवा सूर्यविनायक नगरपालिका क्षेत्रका वडामा हुने वडा अधिवेशन शुभारम्भ गर्न पुगेका हुन्। वडा सभापति, कार्यसमिति र क्षेत्रीय प्रतिनिधि वडा अधिवेशनबाट चयन हुनेछन्। कांग्रेसले आज देशभरका छ हजार सात सय ४३ वडामै अधिवेशन गर्ने भने पनि ५६ जिल्लाका विभिन्न वडामा मात्रै अधिवेशन हुने भएको छ। भदौ २७ मा गाउँ/नगर अधिवेशन रहेकोले त्यसअगाडि नै वडा अधिवेशन सक्नुपर्ने बाध्यता कांग्रेसलाई छ।  ...
तालिबानले आज नयाँ सरकार घोषणा गर्न सक्ने, राष्ट्रपति कार्यालयमा थालियो तयारी

तालिबानले आज नयाँ सरकार घोषणा गर्न सक्ने, राष्ट्रपति कार्यालयमा थालियो तयारी

राजनीति
अफगानिस्तानमा तालिबानले नयाँ सरकार घोषणा गर्ने अन्तिम तयारी थालेको छ। द गार्डियनका अनुसार शुक्रबारको प्रार्थनापछि तालिबानले आजै नयाँ सरकारको घोषणा गर्न सक्छ। त्यसका लागि काबुलस्थित राष्ट्रपति कार्यालयमा एक समारोहको तयारी भइरहेको छ। Advertisement अहिलेसम्म प्राप्त विवरणहरूका अनुसार  तालिबानका सर्वोच्च नेता हैबातुल्लाह अखुन्दजादा नै अफगानिस्तानको सर्वोच्च नेता घोषणा हुन सक्ने देखिएको छ। उनको मुनि राष्ट्रपति राखिने छ। एक जना सर्वोच्च नेता हुने र अर्को राष्ट्रपति हुने व्यवस्था अफगानिस्तानको छिमेकी इरानमा लागु भइरहेको छ। तालिबानहरूले यसअघि सन् १९९६ देखि २००१ सम्म चुनावबिना नै अफगानिस्तानमा इस्लामिक सरिया कानुनअनुसार कट्टर शासन चलाएका थिए। अगस्ट १५ मा तालिबानहरूले सत्ता कब्जा गरेका थिए। २० वर्षे युद्ध सकेर अमेरिकी सेना अगस्ट ३१ मा अफ...
अब कस्तो अवस्थामा खोल्न पाइन्छ काठमाडौंका स्कुल?

अब कस्तो अवस्थामा खोल्न पाइन्छ काठमाडौंका स्कुल?

शिक्षा, समाचार
काठमाडौं जिल्ला प्रशासन कार्यालयले बिहीबारदेखि भदौ मसान्तसम्म लागु हुनेगरी आदेश जारी गरेको छ। उपत्यकाका तीन वटै प्रमुख जिल्ला अधिकारीहरूले निषेधाज्ञालाई हटाएर आदेश जारी गरेको हो। सो आदेशको पहिलो बुँदा विद्यालयसम्बन्धी छ। जसमा दोहोरो कुरा गरिएको छ। Advertisement 'शैक्षिक संस्थाहरू (विद्यालय) ले भौतिक उपस्थितिमा पठनपाठन गर्न गराउन नपाउने। गर्नैपर्ने भएमा नेपाल सरकारले जारी गरेको स्मार्ट लकडाउनको प्रावधानभित्र रही स्थानीय तहहरूले जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रसँग समन्वय गरी विद्यालयहरू सञ्चालनको निर्णय गर्न सक्ने,' उक्त बुँदामा भनिएको छ। उक्त बुँदाअनुसार विद्यालय बन्द गर्न भने पनि भौतिक उपस्थितिमा गर्नै पर्ने अवस्था भएकाहरूले भने सञ्चालन गर्न सक्ने छन्। काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले अनलाइन पढाइको पहुँच ...