२०८३ बैशाख २२

Author: Senior Editor Nima

भन्सार बिन्दुमा भेइकल स्क्यानर जडान गर्न अर्थमन्त्रीको निर्देशन

भन्सार बिन्दुमा भेइकल स्क्यानर जडान गर्न अर्थमन्त्रीको निर्देशन

राजनीति
अर्थमन्त्री जनार्दन शर्माले प्रमुख भन्सार बिन्दुमा यथाशीघ्र सवारीसाधनको परीक्षण गर्ने ‘भेइकल स्क्यानर’ जडान गर्न निर्देशन दिएका छन्। भन्सार विभागले आयोजना गरेको दुई दिने भन्सार व्यवस्थापन गोष्ठीलाई आज सम्बोधन गर्दै उनले भेइकल स्क्यानर जडानको प्रक्रिया तत्काल अघि बढाउन निर्देशन दिएका हुन्। सो प्रणाली जडान भएपछि भन्सार बिन्दुमा आउजाउ गर्ने सवारीसाधनमा लोड भएका मालवस्तु ‘म्यानुअल्ली’ चेकजाँच गर्नुपर्दैन। उनले मालवस्तुको वर्गीकरण र मूल्याङ्कनमा इमान्दारिता कायम गरी राजस्व सङ्कलन वृद्धि गर्न कर्मचारीलाई आग्रह गरे। Advertisement कार्यक्रममा अर्थसचिव मधुकुमार मरासिनीले भन्सार प्रशासनले तीन ‘स’ को अवधारणामा काम गर्न आग्रह गरे। सुधार, सहजीकरण र सुशासनको अवधारणालाई आत्मसात गरी काम गर्नुपर्नेमा उनले जोड दिए। उनले सरूवाका लागि कुनै पनि दल, नेता वा सङ्गठनको फोन...
पोखरा महानगरमा कांग्रेसको उम्मेदवारी आवश्यकताभन्दा कम

पोखरा महानगरमा कांग्रेसको उम्मेदवारी आवश्यकताभन्दा कम

राजनीति
नेपाली कांग्रेसको पोखरा महानगर कार्यसमितिमा पदाधिकारी बन्न उम्मेदवारको लर्को देखिएको छ।  महानगर कार्यसमितिमा भने आवश्यकभन्दा कम संख्यामा मात्र उम्मेदवारी परेको छ। तर, सदस्य पदमा भने आवश्यकभन्दा न्यून संख्यामा मात्र उम्मेदवारी परेको निर्वाचन समिति कास्कीले जनाएको छ। नेपाली कांग्रेसको विधान अनुसार पोखरा महानगरमा १६५ सदस्यीय कार्यसमिति रहन्छ। अधिवेशनका लागि शुक्रबार भएको मनोनयन दर्तामा आवश्यकभन्दा ३१ जना सदस्य संख्या अपुग हुने गरी उम्मेदवारी परेको छ। जसमा महिला, दलित, जनजातिको कोटाका उम्मेदवारी सबभन्दा कम रहेको निर्वाचन समिति कास्कीले जनाएको छ।  पोखरा महानगर समितिको सभापतिका लागि सुरेन्द्रमान विजुक्छे, रामराज लामिछाने, मोहनप्रसाद बाँस्तोला, मिलनप्रसाद तिवारी, ज्योति हमाल र गंगाधर पराजुली उम्मेदवार बनेका छन्।  यस्तै, २ जना उपसभापतिका लागि कृष्णप्रसाद अधि...
पार्टी विभाजनले एमालेलाई देशव्यापी रूपमा जम्मा ९ प्रतिशतमात्र असर परेको छ: ईश्वर पोखरेल

पार्टी विभाजनले एमालेलाई देशव्यापी रूपमा जम्मा ९ प्रतिशतमात्र असर परेको छ: ईश्वर पोखरेल

राजनीति
नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टी विभाजनले एमालेलाई देशव्यापी रूपमा जम्मा ९ प्रतिशतमात्र असर परेको बताएका छन्। शनिबार काठमाडौंमा नेकपा एमाले दोलखा-काठमाडौं सम्पर्क मञ्चद्वारा आयोजित बृहत् प्रशिक्षण भेला तथा शपथ ग्रहण कार्यक्रममा महासचिव पोखरेलले पार्टी विभाजनले एमालेलाई देशव्यापी रूपमा जम्मा ९ प्रतिशत मात्र असर गरेको बताएका हुन्। Advertisement उनले नेकपा एमालेले देशव्यापी रूपमा अभियान चलाउने बेलासम्म यो ९ प्रतिशत पनि खिइएर २ प्रतिशतमा झर्ने बताए। महासचिव पोखरेलले नेकपा एमाले अब हिजो भन्दा अझै सरिक भएर अगाडि बढ्ने बताए। महासचिव पोखरेलले भने, ‘केहीले कति असर पर्‍यो पार्टी विभाजन हुँदा भन्नुभएको छ, हामीले अध्ययन गर्दा यसको असर ९ र धेरैमा १० प्रतिशतमात्रै परेको देखेका छौं, तर अब नेकपा एमालेले देशव्यापी रूपमा अभियान चलाए यो २/३ प्रतिशतमा आइ...
एमालेको विधान महाधिवेशन मिति संशोधन, अब असोज १५ देखि

एमालेको विधान महाधिवेशन मिति संशोधन, अब असोज १५ देखि

राजनीति
नेकपा एमालेको विधान महाधिवेशन मिति संशोधन गरिएको छ। Advertisement यसअघि तोकिएको मिति संशोधन गर्दै शनिबार बसेको स्थायी कमिटीको दोस्रो बैठकले विधान महाधिवेशन असोज १५, १६ र १७ गते काठमाडौंमा हुने निर्णय गरेको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए। यसअघि विधान महाधिवेशन असोजको ४, ५ र ६ गते गर्ने भनिएको थियो। समय अपुगले र छलफल बाँकी नै रहेकोले मिति सार्नुपरेको उनले जानकारी दिए। यस्तै, स्थायी कमिटी बैठक असोज ३ र ४ बस्नेछ भने केन्द्रीय कमिटी बैठक ८ र ९ गते हुने उनले जानकारी दिए। यस्तै, बैठकले भोलि १२ बजे संसदीय दलको बैठक राख्ने निर्णय गरिएको उनले बताए। ...
अर्थमन्त्री जनार्दन शर्मालाई भेटिन् एमसिसी उपाध्यक्ष सुमारले

अर्थमन्त्री जनार्दन शर्मालाई भेटिन् एमसिसी उपाध्यक्ष सुमारले

राजनीति
मिलेनियम च्यालेन्ज कर्पोरेसनकी उपाध्यक्ष फतिमा सुमारले अर्थमन्त्री जनार्दन शर्मालाई भेटेकी छन्। Advertisement नेपाल भ्रमणमा रहेका मिलेनियम च्यालेन्ज कर्पोरेसन उपाध्यक्ष फतिमा सुमारको नेतृत्वको प्रतिनिधिमण्डलले अर्थमन्त्री जनार्दन शर्मासँग आज अर्थ मन्त्रालयमा भेटेको हो। भेटका क्रममा अर्थमन्त्री  शर्माले नेपाल र मिलेनियम च्यालेन्ज कर्पोरेसनबीच सन् २०१७ मा सम्पन्न मिलेनियम च्यालेन्ज कम्प्याक्टका विषयमा राजनीतिकस्तरमा छलफल भइरहेको बताए। सो अवसरमा उपाध्यक्ष सुमारले कम्प्याक्टलाई संसदबाट शीघ्र अनुमोदन गरी कार्यान्वयनमा लैजान आग्रह गरिन्। यसअघि सुमारले प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, ऊर्जा मन्त्री पम्फा भुसाललाई भेटिसकेकी छन्। ...
सन्दीपले करिअरकै उत्कृष्ट बलिङ गरेपछि पिएनजीमाथि नेपालको सानदार जित

सन्दीपले करिअरकै उत्कृष्ट बलिङ गरेपछि पिएनजीमाथि नेपालको सानदार जित

खेलकुद
पपुवा न्युगिनी (पिएनजी) विरुद्धको दोस्रो एकदिवसीय खेलमा नेपाल १५१ रनको फराकिलो अन्तरले विजयी भएको छ। यसअघि पहिलो खेल २ विकेटले जितेको नेपालले सिरिज २-० ले आफ्नो पक्षमा परेको छ।  ओमानमा भएको खेलमा नेपालले दिएको २३४ रनको लक्ष्य पछ्याएको पिएनजी १९.१ ओभरमा ८२ रनमै अलआउट भयो। पिएनजीको इनिङ्ग्स ध्वस्त पार्न क्रममा नेपालका स्टार लेगस्पिनर सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गरे। उनले एकदिवसीय खेलमा करिअरकै उत्कृष्ट बलिङ गर्ने क्रममा ६ विकेट लिन सफल भए। उनले ५.१ ओभरमा केवल ११ रन मात्र खर्चिए।  Advertisement यसअघि सन्दीपको एकदिवसीय खेलमा उत्कृष्ट बलिङ ६ विकेट लिएर १६ रन खर्चिनु थियो। पिएनजीविरुद्ध नेपालका सन्दीपबाहेक सोमपाल कामी, विक्रम शोव र सुसन भारीले एक एक विकेट लिएन सफल भए। पिएनजीका लागि ओपनर टोनी उराले सबैभन्दा बढी १...
जापानका प्रधानमन्त्री पार्टीको निर्वाचनमा मौन रहने

जापानका प्रधानमन्त्री पार्टीको निर्वाचनमा मौन रहने

राजनीति
जापानका प्रधानमन्त्री योशिहिडे सुगा आफ्नो पार्टीको आन्तरिक निर्वाचनमा मौन रहने भएका छन्। नेतृत्वका लागि आफूले फेरि उम्मेदवारी नदिने बताइसकेका सुगाले उत्तराधिकारी बन्न आकांक्षीमध्ये कसैको पक्षमा नखुल्ने भएका हुन्। सत्तारुढ दल लिवरल डेमोक्र्याटिक पार्टी (एलडिपी) को नेतृत्वका लागि यही सेप्टेम्बर १७ मा उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुने भएको छ। उम्मेदवारको अन्तिम सूची प्रकाशित भएपछि निर्वाचनको दौड सुरु हुने र यही सेप्टेम्बरको २९ तारिखका दिन मतदान हुने निर्वाचन तालिका रहेको छ। Advertisement जापानको राज्यद्धारा सञ्चालित टेलिभिजनबाट प्रसारण भएको पत्रकार सम्मेलनमा प्रधानमन्त्री सुगाले आफू कुनै पनि उम्मेदवारको पक्षमा खुलेर नलाग्ने स्पष्ट पारे। प्रधानमन्त्री सुगाले भने,'निर्वाचनमा अहिलेसम्म १७ उम्मेदवार देखिनुभएको छ, उनीहरूमध्ये मैले कुनै उम्मेदवारको प...
भारतसँग नेपाल २-१ले पराजित

भारतसँग नेपाल २-१ले पराजित

खेलकुद
भारतविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल पराजित भएको छ। आइतबार साँझ दशरथ रंगशालामा भएको खेलमा भारतले नेपालमाथि २–१ गोलको जित निकालेको हो।  भारतको जितमा फारूख चौरधी र कप्तानी सुनिल क्षेत्रीले एक एक गोल गरे। नेपालका लागि तेज तामाङले गोल फर्काए। दोस्रो हाफमा मैदान छिरेका चौधरीले खेलको ६२ मिनेटमा गोल गरेका थिए। डिबक्सभित्र अनमार्क रहेका उनले सटिक फिनिसिङ गरेका थिए। Advertisement ८० मिनेटमा भारतीय कप्तान सुनिल क्षेत्रीले अग्रता दोब्बर पारे। काउन्टर आक्रमणमा उनले सहज रूपमा गोल गरेका थिए।  नेपालका लागि तेजले  खेल सकिन तीन मिनेट बाँकी छँदा गोल  फर्काए। उनले ८७ मिनेटमा डिबक्स बाहिरबाट सुन्दर गोल गरेका हुन्। खेलमा नेपालले पटक पटक गोल गर्ने अवसर खेर फालेको थियो। दुवै हाफमा मनिष डाँगीले गोल गर्न सकेनन्। पहिलो हाफमा डाँगीले ड...
कांग्रेसका तीन तन्नेरी महिला सभापति भन्छन्- राजनीति छोड्ने हैन, केही गरेर देखाउने हो

कांग्रेसका तीन तन्नेरी महिला सभापति भन्छन्- राजनीति छोड्ने हैन, केही गरेर देखाउने हो

राजनीति
कर्णाली प्रदेश र सुदूरपश्चिमको अछाम जिल्लामा गरी तीन महिला नेपाली कांग्रेको वडा सभापतिमा निर्वाचित भएका छन्।  भदौ १८ गते भएको वडाको महाधिवेशनमा यी तीन महिला सभापति चुनिएका हुन्। तीनै महिला सभापति २६ वर्ष मुनिका तन्नेरी छन्।  यी तीनमध्ये सबैभन्दा कान्छी छिन् १९ वर्षीय स्वस्तिका महत। उनी भदौ १८ गते भएको वडा अधिवेशनमा दुल्लु नगरपालिका–३ को वडा सभापतिमा चयन भएकी हुन्। राजनीति पृष्ठभूमिकै परिवारमा हुर्किएकी स्वस्तिकाले राजनीतिमै केही गर्ने सपना पालेको बताउँछिन्।  Advertisement घरकै वातावरणका कारण राजनीतिमा लाग्ने इच्छा उनलाई जागेको थियो। उनका बुवा नेपाली काँग्रेसको सक्रिय राजनीतिमा थिए। अघिल्लो अधिवेशनबाट कांग्रेसको जिल्ला कार्यसमितिको उपसभापति बनेका स्वस्तिकाका बुवा भुपेन्द्रजंग महतको दुई वर्षअघि मृत्यु भएको थियो। ‘मेरो बुवा ल...
नेपाली महिला टिमले यो साता दशरथ रंगशालामा दुई वटा मैत्रीपूर्ण खेल खेल्ने

नेपाली महिला टिमले यो साता दशरथ रंगशालामा दुई वटा मैत्रीपूर्ण खेल खेल्ने

खेलकुद
नेपाली महिला फुटबल टिमले बंगलादेशसँग दुई वटा मैत्रीपूर्ण खेल खेल्ने भएको छ।  खेल आगामी भदौ २४ र २७ गते दशरथ रंगशालामा हुने अखिल  नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ।  Advertisement दशरथ रंगशालामा खेल हेर्न चाहने दर्शकलाई प्रवेश दिइनेछ। जसमा साधारण प्याराफिटको टिकट मूल्य २ सय र भिआइपीतर्फको ५ सय रुपैयाँ मूल्य तोकिएको छ। टिकट प्रभु पेबाट काट्न सकिनेछ।  खेलका लागि बंगलादेशको टिम भोलि बिहान काठमाडौं आइपुग्नेछ।  नेपाली टिम अहिले २०२२ एएफसी वुमेन्स एसियन कपको छनोटको तयारी गरिरहेको छ।  छनोट प्रतियोगिता आगामी महिना उज्वेकिस्तानमा हुँदैछ। छनोटमा नेपालले फिलिपिन्स र हङकङसँग खेल्नेछ।  नेपालले पहिलो खेल फिलिपिन्ससँग असोज २ र हङकङसँग असोज ५ गते खेल्नेछ। तीन टिममध्ये शीर्ष टिम भारतमा हुने एसियन कपमा छनोट हुनेछ।  ‍नेपाल...