२०८३ कार्तिक १२

म्यानमारसँग चीनले घोषणा गर्‍यो नयाँ व्यापारिक मार्ग

चीनले म्यानमार हुँदै हिन्द महासागरसम्म पुग्ने जमिनको बाटोबाट नयाँ व्यापारिक मार्गको घोषणा गरेको छ।

साउथ चाइना मर्निङ पोष्ट समाचार पत्रका अनुसार दक्षिण पश्चिमी चिनियाँ प्रान्त सिचुवानको राजधानी छेन्दुसँग रेल र सडकमार्फत् हिन्द महासागरसम्मको व्यापारिक मार्गमा केही समयअघि परीक्षणका रूपमा सामानहरू पठाइएको छ।


Advertisement


सिंगापुरबाट समुद्री मार्ग हुँदै ६० कन्टेनर सामान म्यानमारको यंगुन बन्दरगाहमा आइपुगेका थिए। त्यहाँबाट गाडीमा राखेर सामानलाई चीन-म्यानमार सीमाको  लिन्साङसम्म पुर्‍याइएको थियो। लिन्साङदेखि छेन्दुसम्म सामानको ढुवानी रेलबाट गरिएको थियो।

‘यो मार्गले सिंगापुर, म्यानमार र चीनलाई जोड्दछ। जमिन र समुद्रले दक्षिण पश्चिम चीनलाई हिन्द महासागरसँग जोड्ने यो सबैभन्दा सजिलो मार्ग हो,’ चाइना न्युज सर्भिसले भनेको छ,‘समुद्रको रूटभन्दा एकतर्फी यात्रामा यो २०-२२ दिन छोटो पर्छ।’

अधिकारीहरूले यही मार्गबाट चीनले भविष्यमा दक्षिणपूर्वी एसिया, युरोप, अफ्रिका, दक्षिण एसिया र मध्यपूर्वसँग व्यापार गर्न सक्ने बताएका छन्।

यो व्यापारिक मार्गको औपचारिक शुभारम्भ हुन भने केही समय लाग्ने देखिएको छ। अझै एक-दुई पटक परीक्षण ढुवानी गरेपछिमात्रै नयाँ व्यापारिक मार्गको औपचारिक सुरूवात हुनेछ।

चिनियाँ राष्ट्रपति सी चिनफिङले अघि सारेको बेल्ट एन्ड रोड इनिसिएटिभ्सअन्तर्गत चीनले  दक्षिणपूर्वी एसियाली मुलुकहरूका पूर्वाधारमा अर्बौं डलर लगानी गरेको छ।

थाइल्यान्ड र लाओस जोड्ने रेलमार्ग चीनले बनाइरहेको छ भने भियतनामसँग पनि आर्थिक करिडोर बनाउने योजना अघि सारेको छ।

This image has an empty alt attribute; its file name is 20210524_140214.gif

म्यानमारमा पनि राखिन प्रान्तको क्याउकफ्यूमा चीनले नयाँ बन्दरगाह बनाइदिन लागेको छ। उक्त बन्दरगाहबाट युनान प्रान्तसम्म रेल चलाउने चिनियाँ योजना छ।

सात महिनाअघि म्यानमारमा कूमार्फत् सेनाले सत्ता कब्जा गरेपछि चिनियाँ लगानीका परियोजनामा खासै प्रगति हुन सकेको छैन। सैनिक  कूमा चिनियाँ समर्थन रहेको भन्दै आन्दोलनकारीहरूले चिनियाँ लगानीका केही उद्योगमा आगजनीसमेत गरेका थिए।

जननिर्वाचित सरकारलाई अपदस्त गरेको म्यानमारको जुन्ता सरकारलाई अमेरिकालगायत विभिन्न मुलुकले प्रतिबन्ध लगाएका बेला चीनले रणनीतिक महत्वको व्यापारिक मार्गको घोषणा गरेको हो।

चीनले आन्तरिक राजनीति जेसुकै भए पनि म्यानमारमा आफ्नो सहयोग जारी रहने बताएको छ।  

केही समयअघि मात्रै एक जना चिनियाँ उच्च अधिकारीले म्यानमारको साताव्यापी भ्रमण गरेका छन्।

एसिया मामिलाका लागि विशेष प्रतिनिधि सुन गुवासियाङले म्यानमार भ्रमण गरेको र  सैनिक जनरलहरूलाई भेटेको चिनियाँ विदेश मन्त्रालयले बताएको छ।


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap