२०८३ बैशाख २३

Author: Senior Editor Nima

लुम्बिनीमाथि कर्णालीको सानदार जित

लुम्बिनीमाथि कर्णालीको सानदार जित

खेलकुद
वाई-वाई यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णालीले सानदार जित हात पारेको छ। बुधबार कीर्तिपुरस्थित त्रिवि मैदानमा कर्णालीले लुम्बिनीलाई १४० रनको फराकिलो अन्तरले पराजित गरेको हो। कर्णालीले दिएको २३३ रनको लक्ष्य पछ्याएको लुम्बिनी २३.५ ओभरमा ९२ रनमा अलआटउ भयो। Advertisement लुम्बिनीका लागि ओपनर आकाश त्रिपाठीले १५ रन जोडे। प्रज्वल थापाले २८ रन र दुर्गेश गुप्ताले २० रन जोडे। अन्य ब्याट्सम्यान दोहोरो अंकमा रन जोड्न नपाइ आउट भए।  बलिङमा कर्णालीका प्रकाश जैसीले ५ विकेट लिए। युनिस सिंहले ३ विकेट र अनुज चुनाराले २ विकेट हात पारे। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरको कर्णालीले ८ विकेट क्षतिमा २३२ रन जोड्यो। कर्णालीका लागि सुवास ऐरले ७६ रनको योगदान दिए। उनले ९० बलमा ९ चौका र ३ छक्का हिर्काए।  कप्तान निश्चल रावलले ४४ रन जोडे। उनले ९९...
नेपाल-युरोपेली संघ संयुक्त आयोगको तेह्रौं बैठक सुरू

नेपाल-युरोपेली संघ संयुक्त आयोगको तेह्रौं बैठक सुरू

राजनीति
आगामी ६ वर्षमा नेपाललाई बहुवर्षीय वित्तीय ढाँचामा युरोपेली संघले प्रदान गर्ने विकास सहायतामा केन्द्रित रहेर नेपाल-युरोपेली संघ संयुक्त आयोगको १३ औं बैठक काठमाडौंमा सुरू भएको छ। बैठकमा नेपाल-युरोपेली संघबीचको सहकार्य, व्यापार, नागरिक उड्डयन सुरक्षा, अघिल्लो बैठकका प्रगतिको समीक्षा, समसामयिक राजनीतिक परिस्थिति, सामाजिक-आर्थिक विकासमा साझेदारी जलवायु परिवर्तनलगायत आपसी हितका क्षेत्रीय र बहुपक्षीय मामिलाका विविध विषयमा विचारविमर्श हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। Advertisement बैठकको सहअध्यक्षता नेपाली प्रतिनिधिमण्डलका नेता परराष्ट्र सचिव भरतराज पौड्यालले गरेका छन् भने संघको नेतृत्व एसिया तथा प्रशान्त क्षेत्रका लागि युरोपेली बाह्य मामिला सेवाका नायब प्रबन्ध निर्देशक पाओला पम्पालोनीले गरेकी छन्।  नेपाली प्र...
बाइडेनको ‘डेमोक्रेसी समिट’मा नेपालसहित ११० मुलुकलाई निम्तो

बाइडेनको ‘डेमोक्रेसी समिट’मा नेपालसहित ११० मुलुकलाई निम्तो

राजनीति
अमेरिकी राष्ट्रपति जो बाइडेनले अर्को महिना संसारभरिका प्रजातान्त्रिक मुलुकहरूसँग डेमोक्रेसी समिट गर्दैछन्। अमेरिकी विदेश मन्त्रालय ह्वाइटहाउसले दिएको जानकारीअनुसार डिसेम्बर ९-१० मा हुने भर्चुअल समिटमा ११० देशलाई निम्तो दिइएको छ। निम्तो पाउने मुलुकहरूमा नेपाल पनि पर्छ। Advertisement मंसिर पहिलो साता काठमाडौं आएका दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी उपविदेश मन्त्री डोनाल्ड लुले प्रधानमन्त्री शेरबहादुर देउवासँग बालुवाटारमा भएको भेटका क्रममा उक्त समिटका लागि निम्तो दिएका थिए। प्रधानमन्त्री देउवाले अमेरिकाको निम्तो स्वीकार्दै आफू समिटमा सहभागी हुने जानकारी दिइसकेका छन्। दक्षिण एसियाली क्षेत्रबाट उक्त समिटका लागि नेपाल, भारत, पाकिस्तान र माल्दिभ्सलाई मात्र निम्तो दिइएको छ। बंगलादेश, भुटान, श्रीलंका र अफगानिस्तानलाई अमेरिकाले निम्तो पठाएन...
मजाले प्रधानमन्त्री, मन्त्री बनेर सरकार चलाउन पाइया छ अनि गठबन्धन टिक्दैन भन्ने हुन्छ: प्रचण्ड

मजाले प्रधानमन्त्री, मन्त्री बनेर सरकार चलाउन पाइया छ अनि गठबन्धन टिक्दैन भन्ने हुन्छ: प्रचण्ड

राजनीति
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबैलाई गठबन्धन चाहिने बताएका छन्। Advertisement बुधबार बिहान धनगढी विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले महाधिवेशनमा धेरै भोट पाउन कसैले गठबन्धन बलियो बनाएर जाने भनेका छन् भने कसैले बिरोध गरेको बताए। ‘यो गठबन्धनले मजाले प्रधानमन्त्री, मन्त्री बन्न पाइया छ, सरकार चलाउन पाइया छ, अनि गठबन्धन टिक्दैन भन्ने  हुन्छ र! यो त मिल्ने कुरै होइन नि,’ उनले भने। मानिसहरूले गठबन्ध चल्दैन, टिक्दैन कि भनेर आशंका गर्ने या भ्रम फैलाउने स्थितिको अन्त्य भइसकेको प्रचण्डको भनाइ छ। पाँच दलीय समन्यव समिति भनेर उच्चस्तरको संयन्त्र बनाएपछि र चुनाव मिलेर लड्छौं भन्ने निर्णय भएपछि तत्काल देशमा अस्थिरता नआउने उनले बताए। सरकार स्थिर रहनु सबैका लागि खुसीको कुरा भएको उनले बताए। ‘पाँच दलीय समन्वय समिति भने...
शिक्षकलाई राजनीति गर्न नदिए पार्टी प्रणाली नै कमजोर हुन्छ : दाहाल

शिक्षकलाई राजनीति गर्न नदिए पार्टी प्रणाली नै कमजोर हुन्छ : दाहाल

राजनीति
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले शिक्षकलाई राजनीति गर्न नदिए नेपालको पार्टी प्रणाली नै कमजोर हुने दाबी गरेका छन्। मंगलबार पार्टी निकट एकीकृत अखिल नेपाल शिक्षक संगठन केन्द्रीय समितिको एकताको दोस्रो राष्ट्रिय परिषद्लाई सम्बोधन गर्दै अध्यक्ष दाहालले शिक्षकहरू सक्रियतापूर्वक राजनीतिक रुपान्तरणको काममा लाग्नुपर्ने बताएका हुन्। नेपालका सबै पार्टीलाई जनतामा स्थापित गराउने काम शिक्षकले नै गरेको भन्दै उनले शिक्षकहरुले राजनीति गर्नु हुँदैन भन्नु पार्टी प्रणालीलाई नै कमजोर पार्ने नीति भएको जिकिर गरे। Advertisement ‘नेपालमा जति पनि पार्टी छन्। सबै शिक्षककै योगदानका कारण ती पार्टीहरु छन्। सबभन्दा बढी गाउँघरमा मजदुर, किसानसँग एकाकार भएर राजनीतिक दलहरुलाई स्थापित गराउने र राजनीतिक विचारहरुलाई, राजनीतिक कार्यदिशा, नीति, योजन...
चिनियाँ टेनिस स्टार पेङको किन भइरहेको छ विश्वभर चर्चा?

चिनियाँ टेनिस स्टार पेङको किन भइरहेको छ विश्वभर चर्चा?

खेलकुद
चिनियाँ टेनिस स्टार पेङ सुआई पछिल्लो समय अन्तर्राष्ट्रिय मिडिया तथा खेलकुदबृत्तमा चर्चामा छिन्। उनले लगाएको आरोपले खेल जगतमा हलचल ल्याइदिएको छ भने चीनको राजनीतिको विषयमा पनि प्रश्न उठाइएका छन्।  सुआई चीनकी महिला टेनिस खेलाडी हुन् जो महिला डबल्सको वरीयतामा शीर्ष स्थानमा पुग्न सफल भएकी थिइन्। महिला टेनिस संघ (डब्लूटिए) को फेब्रुअरी २०१४ को डबल्स वरीयतामा उनी नम्बर एकमा थिइन्। त्यसअघि उनले विम्बल्डन टेनिसमा महिला डबल्स स्पर्धामा ताइवानी पार्टनर से सू-वेसँग मिलेर स्वर्ण जितेकी थिइन्।  Advertisement ३५ वर्षीय सुआईले डबल्समा स्पर्धामा २३ भन्दा बढी उपाधि जितेकी थिइन्। उनी सन् २०११ मा सिंग्लसतर्फ १४औं वरीयतासम्म पुगेकी थिइन्। यो चिनियाँ टेनिस खेलाडीको उच्च वरीयता हो।  उनले पछिल्लो पटक २०२० मा कतारमा डब्लूटिएको प्रतियोगिता खेलेकी थिइन्।&nbs...
नेपाल बार र बृहत नागरिक आन्दोलनले सर्वोच्चदेखि बालुवाटारसम्म र्‍याली गर्ने

नेपाल बार र बृहत नागरिक आन्दोलनले सर्वोच्चदेखि बालुवाटारसम्म र्‍याली गर्ने

राजनीति
बृहत नागरिक आन्दोलन र नेपाल बारसहित ६ वटा पेशागत संगठनले प्रधानन्यायाधीशलाई महाअभियोग लगाउन र उनको सम्पत्ति छानविन गर्न माग गर्दै संयुक्त र्‍याली गर्ने भएको छ।  Advertisement बिहीबार दिउँसो २ बजे उनीहरूको र्‍याली सर्वोच्च अदालतदेखि बालुवाटारसम्म जानेछ।  बृहत  नागरिक आन्दोलन, नेपाल बार एसोसिएसन, नेपाल पत्रकार महासंघ, नेपाल शिक्षक संघ, नेपाल इन्जिनियर्स एसोसिएसन, नेपाल आदिवासी जनजाति महासंघले प्रधानन्यायाधीश राणाको महाअभियोग र सम्पत्ति छानविनको माग गर्दे र्‍याली गर्ने भएका हुन्।  ‘तत्काल संसद बोलाई प्रधानन्यायाधीश जबरामाथि महाभियोग लगाउन र सम्बद्ध निकायमार्फत सम्पत्ति छानबिन गराउन हामी पेसागत तथा नागरिक शक्तिहरू एकसाथ माग गर्दछौँ,’ उनीहरूले निकालेको विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो संघर्ष व्यक्ति जबरासहित प्रवृत्तिविरूद्ध हो। यस्ता व्य...
नेविसंघ महामन्त्री कुँवर कांग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित

नेविसंघ महामन्त्री कुँवर कांग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित

राजनीति
नेपाल विद्यार्थी संघ (नेविसंघ) को महामन्त्री महेश्वरी कुँवर नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिमा पराजित भएकी छन्। Advertisement उनी पाल्पा क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधि उठेकी थिइन्। कुँवरले जम्मा ३१४ मत ल्याएकी थिइन्। उनी प्रत्यक्ष खुला महिलातर्फ महाधिवेशन प्रतिनिधि उठेकी थिइन्। उनी सभापति शेरबहादुर देउवानिकट मानिन्छिन्। प्रत्यक्ष महिलातर्फ ८ जना प्रतिस्पर्धामा थिए। जसमध्ये धनकला गाहा, लालकुमारी राना, शान्ता बोहरा र सुनिता अधिकारीले चुनाव जितेका थिए। कुँवर नेविसंघ तदर्थ समिति महामन्त्री हुन्। सभापति देउवाले २०७६ माघमा उनलाई महामन्त्री नियुक्त गरेका थिए। त्यसअघि उनी नैनसिंह महर नेविसंघ सभापति हुँदा सहमहामन्त्री थिइन्। उनी पद्मकन्या क्याम्पसकी स्ववियुमा उपसभापति भएर पनि काम गरेकी थिइन्। ...
लुम्बिनीका हुसेनले लिए एकै खेलमा ७ विकेट

लुम्बिनीका हुसेनले लिए एकै खेलमा ७ विकेट

खेलकुद
आजदेखि सुरू वाई-वाई यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले सानदार जित निकालेको छ। मंगलबार मुलपानीमा भएको आफ्नो पहिलो खेलमा लुम्बिनीले गण्डकी प्रदेशलाई ९ विकेटले पराजित गरेको हो। Advertisement टस जितेर पहिले ब्याटिङ गरेको गण्डकी १४.२ ओभरमा २३ रनमै अलआउट भएको थियो। गण्डकीका लागि कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्। जसमा सात ब्याटसम्यान शून्यमै पेभिलियन फर्के। उसका लागि अर्जुन कुमालले ६ रन र विष्णु पाण्डेले ५ रन जोडे। गण्डकीलाई सस्तैमा अलआउट गर्ने क्रममा लुम्बिनीका मोहमद हुसेनले ७ विकेट लिए। उनले ७ ओभरमा १ मेडन राख्दा १४ रन खर्चिए। हुसेनले चार ब्याट्सम्यानलाई बोल्ड गर्दा तीन जनालाई क्याच गराएका थिए। तीव्र गतिका बलर हुसेनले पाँच ब्याट्सम्यानलाई शून्यमै सिकार बनाएका थिए।  दुर्गेश गुप्ता र वासिर अहमेदले...
तरूण दलका अध्यक्ष जितजंग बस्नेतले जिते महाधिवेशन प्रतिनिधि, केन्द्रीय सदस्य उठ्ने

तरूण दलका अध्यक्ष जितजंग बस्नेतले जिते महाधिवेशन प्रतिनिधि, केन्द्रीय सदस्य उठ्ने

राजनीति
नेपाल तरूण दलका अध्यक्ष जितजंग बस्नेत नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन्। Advertisement उनी सोमबार ललितपुर क्षेत्र नम्बर ३ बाट महाधिवेशन प्रतिनिधि भएका हुन्। उनले उक्त क्षेत्रमा सबैभन्दा बढी मत ल्याएका छन्।  बस्नेत अब कांग्रेस राजनीतिमा सक्रिय हुने भएका छन्। उनी सभापति शेरबहादुर देउवानिकट हुन्। उनले १४ औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने तयारी गरेका छन्। केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने बस्नेतले बताए। कांग्रेसले यही मंसिर २४ देखि २६ गतेसम्म काठमाडौंमा १४ औं महाधिवेशन गर्दैछ। ...