२०८३ कार्तिक १२

लुम्बिनीका हुसेनले लिए एकै खेलमा ७ विकेट

आजदेखि सुरू वाई-वाई यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले सानदार जित निकालेको छ। मंगलबार मुलपानीमा भएको आफ्नो पहिलो खेलमा लुम्बिनीले गण्डकी प्रदेशलाई ९ विकेटले पराजित गरेको हो।


Advertisement


टस जितेर पहिले ब्याटिङ गरेको गण्डकी १४.२ ओभरमा २३ रनमै अलआउट भएको थियो।

गण्डकीका लागि कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्। जसमा सात ब्याटसम्यान शून्यमै पेभिलियन फर्के। उसका लागि अर्जुन कुमालले ६ रन र विष्णु पाण्डेले ५ रन जोडे।

गण्डकीलाई सस्तैमा अलआउट गर्ने क्रममा लुम्बिनीका मोहमद हुसेनले ७ विकेट लिए। उनले ७ ओभरमा १ मेडन राख्दा १४ रन खर्चिए। हुसेनले चार ब्याट्सम्यानलाई बोल्ड गर्दा तीन जनालाई क्याच गराएका थिए।

तीव्र गतिका बलर हुसेनले पाँच ब्याट्सम्यानलाई शून्यमै सिकार बनाएका थिए। 

दुर्गेश गुप्ता र वासिर अहमेदले १-१ विकेट लिए। 

२४ रनको लक्ष्य लुम्बिनीले ५.५ ओभरमा १ विकेट गुमाएर पार गर्‍यो।

लुम्बिनीका लागि देव खानलले नटआउट १८ रन र विराट भण्डारीले नटआउट ८ रन जोडे। ‌ओपनर आकाश त्रिपाठी भने शून्यमै आउट भएका थिए।


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap