


नेपाल तरूण दलका अध्यक्ष जितजंग बस्नेत नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन्।
Advertisement



उनी सोमबार ललितपुर क्षेत्र नम्बर ३ बाट महाधिवेशन प्रतिनिधि भएका हुन्।
उनले उक्त क्षेत्रमा सबैभन्दा बढी मत ल्याएका छन्।
बस्नेत अब कांग्रेस राजनीतिमा सक्रिय हुने भएका छन्। उनी सभापति शेरबहादुर देउवानिकट हुन्।

उनले १४ औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने तयारी गरेका छन्।
केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने बस्नेतले बताए।
कांग्रेसले यही मंसिर २४ देखि २६ गतेसम्म काठमाडौंमा १४ औं महाधिवेशन गर्दैछ।


