नेपाली महिला क्रिकेट टिमलाई इतिहास रच्ने अवसर
मलेसियाविरुद्ध जित हात पारेपछि सेल्फी खिँच्दै नेपाली महिला टिम।
नेपाली राष्ट्रिय महिला टिमले आइतबार महत्वपूर्ण खेलमा प्रतिस्पर्धा गर्दैछ। आइसिसी महिला टी-२० विश्वकपअन्तर्गत दुबईमा भइरहेको एसिया छनोटमा नेपालले घरेलु टिम युएईसँग खेल्दैछ।
Advertisement
दुबईमा सवा ११ बजे सुरु हुने खेलमा जित हात पार्न सके नेपालले पहिलो पटक विश्व छनोट खेल्ने अवसर पाउनेछ।
जारी प्रतियोगितामा आइतबार अन्तिम खेलहरू हुँदैछन्। अन्तिम दिन नेपाल र युएई, भुटान र मलेसिया तथा कुवेत र हङकङबीच खेल हुनेछ। खेलपछि विश्व छनोटमा पुग्ने एक टिमको टुंगो लाग्नेछ।
अंक तालिकाको शीर्ष स्थानमा रहेको युएई र नेपालको विश्व छनोटमा पुग्ने सम्भावना छ। युएई यसअघि खेलेका चारै खेलमा जित हात पार्दै ८ अंक जोडेर अंक तालिकाको शीर्ष स्थानमा छ। दोस्रो स्थानको नेपालको ६ अंक छ।
नेपालले पहिलो खेलमा हङकङसँ...









