काठमाडौंका प्रमुख जिल्ला अधिकारीलाई प्रश्न- शुक्रबारबाट खोप कार्ड किन बोक्नुपर्ने?
कोभिड–१९ विरुद्धको खोप लगाउन बाँकी रहेका व्यक्तिलाई खोप लगाउन उत्प्रेरित गर्न माघ ७ गतेदेखि सार्वजनिक सेवा प्रवाहमा खोप कार्ड अनिवार्य गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले बताएको छ।
बुधबार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै काठमाडौं जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले खोप प्राप्त गरिसकेका व्यक्तिको अभिलेख राख्न र खोप लगाउन बाँकी रहेकालाई खोपका लागि अभिप्रेरित गर्न माघ ७ गतेदेखि सार्वजनिक सेवामा खोप कार्ड अनिवार्य गरिएको बताए।
Advertisement
खोप लगाएका व्यक्ति कम जोखिमपूर्ण हुने मान्यता अनुसार खोप कार्डलाई आधारको रूपमा लिइएको उनले बताए। कोभिड – १९ विरूद्धको खोप कार्डलाई अनिवार्य गरिने उनले उल्लेख गरे।
‘जहाँसम्म खोप कार्डको विषय छ यो खोप कार्डलाई खोप प्राप्त गरिसकेका व्यक्ति पनि अभिलेखिकृत हुने र खोप प्राप्त गर्न बाँक...









