२०८१ बैशाख १३

आइपिएलको नयाँ टिम लखनउले भित्र्यायो राहुल, स्टोनिस र विश्वनोई

दक्षिण अफ्रिका भ्रमणमा भारतीय टोलीको नेतृत्व गरेका केएल राहुल आगामी संस्करणको इन्डियन प्रिमियर लिग (आईपिएल) मा लखनउ टिममा आवद्ध भएका छन्।


Advertisement


राहुलसँगै लखनउले अष्ट्रेलियाका अलराउण्डर मार्कस स्टोनिस र युवा लेग स्पिनर रवि विश्वनोईलाई आफ्नो टिममा राखेको छ।

राहुल भित्र्याउन लखनउलले १५ करोड भारतीय रूपैयाँ खर्चिएको छ। यस्तै स्टोनिसलाई ११ करोड भारू र विश्नोईलाई चार करोड भारू खर्च गरेर टिमले भित्र्याएको हो।

यो सँगै लखनउले आगामी फेब्रुअरीमा हुने मेघा अक्सनमा ६० करोड खर्च गर्न बाँकी हुनेछ। राहुललेनै लखनउको कप्तानी गर्ने सम्भावना छ।

२९ वर्षिय राहुलले पछिल्लो २ सिजन पञ्जाव किङ्सको नेतृत्व गरेका थिए।

सन् २०१३ मा रोयल च्यालेन्जर्स बैंलोरबाट आइपिएल करियर सुरू गरेका राहुललाई सनराइज हैदारावादले १ करोड रूपैयाँमा खरिद गरेको थियो। 

त्यसपछि उनी सन् २०१६ मा पुनः बैंलोर फर्किए। दुई सिजन बैंलोरमा बिताएका उनी सन् २०१८ मा ११ करोड भारूमा पञ्जाव गएका थिए।

चार सिजन पञ्जाव किङ्सबाट खेल्दै राहुलले ५६.६२ को औसतमा २५४८ रन बनाए। यस बिचमा उनले २ सतक र २५ अर्धसतक प्रहार गरेका थिए।

यस्तै स्टोनिसका लागि लखनउ चौथो आईपिएल फ्रेन्चाइजी हुनेछ। उनले सन् २०१५ मा दिल्ली डेयरडेविल्स (दिल्ली क्यापिटल्स) बाट खेल्दै आईपिएलमा डेब्यू गरेका थिए। सन् २०२० मा उनी पुनः४ करोड ८० लाख भारूमा दिल्ली आए। ३२ वर्षे स्टोनिसले दिल्लीका लागि २७ खेल खेलेका थिए। यसअघि उनले पञ्जाव र बैंलोरबाटसमेत आइपिएल खेलिसकेका थिए।

यस्तै सन् २०२० मा दक्षिण अफ्रिकामा सम्पन्न यु १९ विश्वकपमा गरेको प्रदर्शनका आधारमा विश्नोईले आइपिएलमा स्थान बनाएका थिए। 

पञ्जावले उनलाई सोही वर्षको आइपिएलमा २ करोड भारूमा आफ्नो टिममा राखेको थियो। सन् २०२० मा विश्नोईले १४ खेलबाट १२ विकेट लिएका थिए। यस्तै सन् २०२१ को आइपिलमा उनले १२ विकेट लिए।

आगामी फेब्रुअरी १२ र १३ मा बैंलुरूमा आइपिएल २०२२ को मेगा अक्सन हुँदैछ।

दुई नयाँ टोलीमध्ये अहमदावादले यसअघि नै ३ खेलाडीलाई भित्र्याएको थियो।

यस पटक आइपिएलमा १० फ्रेन्चाइज टिमले भाग लिनेछन्। यसअघि सबै पुराना ८ टोलीले खेलाडी रिटेन गरिसकेका छन्।

Copy link
Powered by Social Snap