२०८३ बैशाख २६

Author: Senior Editor Nima

चुनावबारे छलफल गर्न सत्तारूढ राजनीतिक समन्वय समितिको बैठक बस्दै

चुनावबारे छलफल गर्न सत्तारूढ राजनीतिक समन्वय समितिको बैठक बस्दै

राजनीति
सत्तारूढ पाँच राजनीतिक दलको बैठक आज पनि बस्ने भएको छ। Advertisement नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल संयोजक रहेको सत्तारूढ राजनीतिक समन्वय समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा आज अपरान्ह ४ बजे बस्ने गरी बोलाइएको हो। यसअघि बिहीबार अपरान्ह प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको थियो। वैशाखमा स्थानीय तहको चुनाव गर्ने कि तीनै तहको चुनाव एकैपटक वैशाखमा गर्ने कि वैशाखमा संघीय चुनाव गर्ने भन्ने जस्ता विभिन्न प्रस्ताव आइरहेका बेला राजनीतिक समन्वय समितिको बैठक बस्न लागेको हो। यो समितिमा सरकारका एक मन्त्रीसहित गठबन्धनका ५ दलबाट २/२ जना सदस्य छन्।  प्रमुख प्रतिपक्षी नेकपा एमालेले स्थान...
पहिलो पटक राष्ट्रिय क्रिकेट टिममा परेका लोकेश र विवेक को हुन्?

पहिलो पटक राष्ट्रिय क्रिकेट टिममा परेका लोकेश र विवेक को हुन्?

खेलकुद
नेपालले आगामी महिना आइसिसी टी-२० विश्वकपका लागि छनोट प्रतियोगिता खेल्दैछ। प्रतियोगिताका लागि नेपालले बिहीबार १६ सदस्यीय टिम घोषणा गरेको छ। छनोटको समूह विभाजनमा नेपाल समूह 'ए' मा छ। समूहमा नेपालसहित आयरल्यान्ड, ओमान, बहराइन, क्यानडा, जर्मनी, फिलिपिन्स र युएई परेका छन्। विश्व छनोट आगामी १५ देखि २५ फेब्रुअरीमा ओमानमा हुनेछ। मस्कटको ओमान क्रिकेट एकेडेमी मैदानमा हुने छनोटबाट शीर्ष दुई टिम विश्वकपमा छनोट हुनेछन्। विश्व छनोटका लागि घोषणा गरिएको नेपाली टिममा दुई खेलाडीले पहिलोपटक स्थान पाएका छन्। पहिलो पटक स्थान पाउने दुवै खेलाडी नेपालको यू-१९ टिमबाट खेलिसकेका खेलाडी हुन्। दुवैले बुधबार सकिएको प्रधानमन्त्री कप टी-२० क्रिकेट प्रतियोगितामा उत्कृष्ट खेल देखाएर राष्ट्रिय टिमको ढोका खोलेका हुन्। Advertisement लोकेश बम २० वर्षीय ब्याट्सम्...
जिल्ला प्रशासन कार्यालय काठमाडौंको अनुगमन

जिल्ला प्रशासन कार्यालय काठमाडौंको अनुगमन

राजनीति, स्वास्थ्य
सर्वसाधारणले जनस्वास्थ्यको मापदण्ड पालना गरे, नगरेको सम्बन्धमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुगमन गरेको छ । Advertisement जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलको नेतृत्वमा बिहीवार काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा अनुगमन गरिएको हो। अनुगमन टोलीले बानेश्वर क्षेत्रमा सञ्चालित विभिन्न प्रकारका पसलहरु, होटल, रेष्टुरेन्ट, सपिङ मल लगायत सार्वजनिक सवारी साधनमा समेत अनुगमन गरेको छ।  अनुगमनका क्रममा सार्वजनिक यातायातका साधनमा सिट क्षमताभन्दा बढी यात्रु राखेको, मास्क सेनिटाइजर नराखिएको पाइएकाले बढी यात्रु नराख्न, मास्क, सेनिटाइजरको अनिवार्य प्रयोग गर्न र सवारी साधनलाई निसंक्रमित पार्नका लागि निर्देशन दिइएको सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले बताए। ‘नियमित रूपमा बजार अनुगमन गर्ने, यातायातका साधनहरु अनुग...
राष्ट्रिय महिला हक्की : आर्मी र गण्डकी सेमिफाइनलमा

राष्ट्रिय महिला हक्की : आर्मी र गण्डकी सेमिफाइनलमा

खेलकुद
नेपाल आर्मी र गण्डकी प्रदेश चौथो सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगितामा बिहीबार सेमिफाइनलमा प्रवेश गरेका छन्। Advertisement वीरगन्जको आदर्शनगर खेल मैदानमा भएको खेलमा डिफेन्डिङ च्याम्पियन आर्मीले प्रदेश १ लाई ७–० को फराकिलो गोलअन्तरले पराजित गर्यो। आर्मीका कमला चन्दले ४, निलिमा पाण्डेले २ र सीतामाया बलले १ गोल  गरे। आर्मीकी अन्जना चन्द ‘वुमन अफ द म्याच’ घोषित भइन्। नेपाल हक्की संघद्वारा आयोजित प्रतियोगितामा गण्डकीले दोश्रो संस्करणको विजेता लुम्बिनी प्रदेशलाई २–० गोलले हरायो। कमलादेवी घर्ती पुन र नानु गुरुङले १–१ गोल गरे। गण्डकीकी सविना पुन राना ‘वुमन अफ द म्याच’ बनिन्। विजेताद्वयको भेट सेमिफाइनलमा हुने छ। अर्को सेमिफाइनल सुदूरपश्चिम प्रदेश र मधेस प्रदेशबीच हुने हक्की प्रशिक्षक रञ्जन थापाले जनाएका छन्। दुवै सेमिफाइनल शुक्रब...
देउवा, प्रचण्ड र नेपालबीच तीन तहको निर्वाचन एकैचोटि गर्नेबारे छलफल, भोलि ४ बजे गठबन्धन बैठक

देउवा, प्रचण्ड र नेपालबीच तीन तहको निर्वाचन एकैचोटि गर्नेबारे छलफल, भोलि ४ बजे गठबन्धन बैठक

राजनीति
प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालबीच तीन तहको निर्वाचन एकैचोटि गर्नेबारे छलफल भएको छ। Advertisement प्रधानमन्त्री निवास बालुवाटारमा तीन नेताबीच भएको भेटमा छिट्टै निर्वाचनमा कसरी जाने भन्नेबारे छलफल भएको थियो। बैठकमा विभिन्न विकल्पबारे छलफल भएको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले बताए। 'प्रतिपक्षले संसद चल्नै दिएको छैन। अदालतमा विचाराधीन मुद्दामा कुरा उठाउन पाइँदैन तर लाजै पचाएर उठाएको छ। कानुनी राज्यको कुनै पनि मान्यतालाई नमान्ने विध्वंसकारी बाटो लिनेबाट बचाउन र जनताबाट सबक सिकाउन पनि चुनाव जरूरी छ,'नेपालले भने,'अब निर्वाचनमा जाने हो भने सबै एकैचोटि गर्ने भन्ने हो। अनेक विकल्प छन्। हामी चुनावमा जानुपर्छ भन्ने निष्कर्षमा पुग्यौं।' निर्वाचनब...
रूपन्देही क्रिकेट संघको अध्यक्षमा शक्ति गौचनलाई हराउँदै हरिबहादुर थापा प्यानलसहित निर्वाचित

रूपन्देही क्रिकेट संघको अध्यक्षमा शक्ति गौचनलाई हराउँदै हरिबहादुर थापा प्यानलसहित निर्वाचित

खेलकुद
रूपन्देही क्रिकेट संघको अध्यक्षमा हरिबहादुर थापा निर्वाचित भएका छन्। Advertisement भैरहवामा बुधबार सम्पन्न संघको चौथो अधिवेशनबाट क्रिकेटर शक्ति गौचनलाई २४ मतले हराउँदै व्यवसायी थापा विजयी भएका हुन्। थापाले ६४ मत प्राप्त गर्दा  उनका निकटतम प्रतिद्वन्दी क्रिकेटर शक्ति गौचनले ४० मत प्राप्त गरेका थिए। थापा र गौचन प्यानल खडा गरी निर्वाचनमा होमिएका थिए। पदाधिकारीमा अध्यक्षसहित सबै थापा समूहका निर्वाचित भएका छन्। उपाध्यक्षमा ६० मतसहित धीरज अधिकारी क्षेत्री विजयी भए। उनका प्रतिद्वन्द्वी राजु खड्काले ४४ मत मात्र पाए। यस्तै सचिवमा ६५ मतसहित सञ्जय गुरूङ निर्वाचित भए। उनका प्रतिद्वन्द्वी दिपक शर्मा भुर्तेलले ३९ मत मात्र पाएका थिए। यस्तै कोषाध्यक्षमा ५ मतले हराउँदै निरजप्रताप खाँण निर्वाचित भएका छन्। खाँडले ५३ मत पाउँदा दिपेन्द्र लाम्गादेले ४९ मत प...
स्वास्थ्य मापदण्ड पालना नभएमा त्रिविका परीक्षा स्थगित गर्न प्रधानमन्त्रीको निर्देशन

स्वास्थ्य मापदण्ड पालना नभएमा त्रिविका परीक्षा स्थगित गर्न प्रधानमन्त्रीको निर्देशन

राजनीति, स्वास्थ्य
त्रिभुवन विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य मापदण्ड पालना गरी त्रिविका परीक्षा सञ्चालन भएका छन् कि छैनन् भन्ने अनुगमन गर्न निर्देशन दिएका छन्। Advertisement त्रिविले सञ्चालन गरेका परीक्षामा कोरोना संक्रमित विद्यार्थी पनि अरू विद्यार्थीसँगै राखेर परीक्षा लिइरहेको भन्दै गुनासा आएका थिए। परीक्षा केन्द्रमा सामाजिक दूरी कायम गरी विद्यार्थी राखे वा नराखेको तथा सेनिटाइजर लगायतका सामग्री व्यवस्था भए वा नभएकोलगायत अनुगमन गर्न प्रधानमन्त्री देउवाले निर्देशन दिएका हुन्। त्रिविका परीक्षा केन्द्रहरूमा आज अनुगमन गर्न प्रधानमन्त्री देउवाले निर्देशन दिएका हुन्। अनुगमनका क्रममा स्वास्थ्य मापदण्ड पालना गरेको नपाइएमा केही साता परीक्षा स्थगित गर्नसमेत देउवाले निर्देशन दिएको उनको सचिवालयले जनाएको छ। ‘परीक्षा चलेका कलेजमा आज...
पुलिसलाई हराउँदै एपिएफ प्रधानमन्त्री कप टी-२० च्याम्पियन

पुलिसलाई हराउँदै एपिएफ प्रधानमन्त्री कप टी-२० च्याम्पियन

खेलकुद
सशस्त्र प्रहरी बलको नेपाल एपिएफ क्लबले प्रधानमन्त्री कप टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। बुधबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको फाइनल भिडन्तमा नेपाल पुलिस क्लबलाई २१ रनले पराजित गर्दै एपिएफ च्याम्पियन बनेको हो। Advertisement १५८ रनको लक्ष्य पछ्याएको पुलिसले २० ओभरमा ७ विकेटको क्षतिमा १३६ रन मात्र जोड्न सक्यो।  पुलिसका लागि दीपेन्द्रसिंह ऐरीले ६५ रन जोडे पनि जितका लागि पर्याप्त हुन सकेन। उनले ५४ बलमा ३ चौका र १ छक्का प्रार गरे। खराब ओपनिङ गरेको पुलिसका ओपनरद्वय पवन सराफ गोल्डेन डकआउट हुँदा अमित श्रेष्ठ पनि ३ रनमा आउट भए। दुवैलाई किशोर महतोले आउट गरेका थिए। त्यसपछि अनिलकुमार साह १० रन र आरिफ शेख १२ रनमा आउट हुँदा पुलिस सुरुमै संकटमा परेको थियो।  तर दीपेन्द्रले दिलीप नाथसँग ५६ रनको साझेदारी गरेपछि पुलिसको ...
आफ्नो पदावधि नथपिएपछि सेनाका उपरथी कार्कीले प्रधानमन्त्रीको सचिवालयमा गरे उजुरी

आफ्नो पदावधि नथपिएपछि सेनाका उपरथी कार्कीले प्रधानमन्त्रीको सचिवालयमा गरे उजुरी

राजनीति
उपरथी अनन्त कार्की। नेपाली सेनाका तीन जना उपरथीमध्ये दुई जनाको पदावधि थप्ने विषयमा देखिएको विवाद छताछुल्ल भएको छ। आफ्नो पदावधि थपको सिफारिस नभएपछि उपरथी अनन्त कार्कीले प्रधान सेनापति प्रभुराम शर्माको सिफारिसविरूद्ध उजुरी दिएका छन्।  उनले रक्षा मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवालाई सम्बोधन गरी मंगलबार उजुरी नै दिएका छन्। उपरथीको वरीयतामा पहिलो नम्बरमा रहेका कार्कीले आफूभन्दा कनिष्ठ उपरथीहरूको पदावधि थप्न सिफारिस भएको भन्दै चित्त दुखाएका हुन्। उनले प्रधानमन्त्रीको सचिवालयमा समेत निवेदन दर्ता गरेका छन्। Advertisement ‘चेन अफ कमाण्ड’मा रहने सैनिक अधिकारीले संगठन प्रमुखको निर्णयविरूद्ध राजनीतिक नेतृत्वलाई गुहार्ने घटना कमै हुन्छन्। जंगी अड्डा स्रोतका अनुसार प्रधान सेनापति शर्माले उपरथीको दोस्र...
मोजाको ब्रान्ड बनाउँदै सोनाम, भन्छन्ः पहिले खिल्ली उडाउनेहरू अहिले प्रशंसा गर्छन्

मोजाको ब्रान्ड बनाउँदै सोनाम, भन्छन्ः पहिले खिल्ली उडाउनेहरू अहिले प्रशंसा गर्छन्

SYM शुद्ध सकारात्मकता
आजकालको फेसन हो, अलिकति छोटो प्यान्टमा मोजा देखाएर जुत्ता लाउनु। विशेषगरी युवा पुस्ताको रोजाइ। तर भनेजस्तो राम्रो र स्टाइलिस मोजा हत्तपत्त पाइँदैन। विदेशबाट ल्याइएका मोजाले धेरै नेपाली युवाको मन जित्दैन।  २५ वर्षीय सोनाम शेर्पालाई पनि यही कुराले मन खुचखुच भइरहेको थियो।  Advertisement 'अचेल मोजा देखाएर लगाउने ट्रेन्ड छ। युवा पुस्ताले त मोजा देखाउनकै लागि लुगाको स्टाइल मिलाएको पाइन्छ,' सोनाम फेसन ट्रेन्डबारे भन्छन्, 'विदेशतिर यो पहिल्यैदेखिको फेसन हो। नेपालमा भर्खरै भित्रिँदैछ।' फेसनअनुसार चल्न मन भइसक्यो, तर त्यहीअनुसार डिजाइनका मोजा नपाइने, पाए पनि गुणस्तरीय नहुने! सोनामले बजार र उपभोक्ताको यही समस्या केलाए। समस्या केलाएर मात्र सल्टिँदैन, पहल गर्नुपर्छ भन्ठाने। अनि २०७६ असोजदेखि उनले मोजाको नेपाली ब्रान्ड नै...