२०८१ बैशाख ८

बागमतिलाई हराउँदै नेपाल पुलिस फाइनलमा

नेपाल पुलिस क्लब प्रधानमन्त्री कप टी-२० राष्ट्रिय प्रतियोगिताको उपाधि नजिक पुगेको छ।


Advertisement


मंगलबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको पहिलो सेमिफाइनल खेलमा बागमति प्रदेशलाई ५० रन हराउँदै फाइनलमा स्थान पक्का गर्‍यो।

टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले ५ विकेटको क्षतिमा १५५ रन जोड्यो।

पुलिसका लागि ओपनर पवन सराफले ५९ रन जोडे। उनले ५४ बलमा ३ चौका र ३ छक्का हिर्काए।

अनिलकुमार साहले २५ र नर दिलिप नाथले १६ बलमा नटआउट ३१ रन जोडे।

बलिङमा बागमतिका नन्दन यादव र रिजन ढकालले २-२ विकेट लिए।

१५६ रनको लक्ष्य पछ्याएको बागमतिले ८ विकेटको क्षतिमा १०५ रन मात्र जोड्न सक्यो।

बामगतिका लागि अदिल खानले २७ रन र कप्तान ज्ञानेन्द्र मल्लले २३ रनको योगदान दिए। रिजन ढकालले नटआउट १५ रन र रामनरेश गिरीले नटआउट २२ रन जोडे। अन्य ब्याट्सम्यान दोहोरो अंकमा रन जोड्न नपाइ आउट भए।

बलिङमा पुलिसका दीपेन्द्रले ५ विकेट लिए। प्लेयर अफ दि म्याच दीपेन्द्रले ४ ओभरमा १० रन मात्र खर्चिए। सागर ढकालको नाममा २ विकेट रह्यो। 

अब उपाधिका लागि पुलिसले भोलि बुधबार त्रिभुवन आर्मी क्लब र एपिएफ क्लब मध्ये एकसँग भिड्नेछ। आर्मी र एपिएफबीच आजै दोस्रो सेमिफाइनल हुँदैछ।

Copy link
Powered by Social Snap