२०८१ बैशाख १३

कोरोना संक्रमणमुक्त हुने दोब्बर

काठमाडौँ — देशभर कोरोना भाइरस संक्रमित हुनेभन्दा संक्रमणमुक्त हुनेको संख्या दोब्बर रहेको छ । पछिल्लो २४ घण्टामा तीन हजार ६३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।


Advertisement


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.संगीता कौशल मिश्राले ११ हजार ५८२ परीक्षण गर्दा संक्रमित तीन हजार ६३७ संक्रमित पुष्टि भएको जानकारी दिइन् । यस्तै संक्रमणमुक्त हुने संख्या ७ हजार ५५५ पुगेको उनले बताइन् । हालसम्म ८ लाख ७८ हजार ७२० जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या ६९ हजार २९१ पुगेको छ ।

मन्त्रालयका प्रवक्ता डा मिश्राले सो अवधिमा संक्रमणका कारण १२ जनाको निधन भएको जानकारी दिइन् । हालसम्म ११ हजार ७६४ जनाको संक्रमणका कारणले निधन भएको छ ।

यस्तै ५०० भन्दाबढी संक्रमण भएको जिल्ला १६ पुगेको छ । मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, धनुषा, सिराहा, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रे, कास्की, नवलपरासी पूर्व, बाँके, रुपन्देही, र कैलाली रहेका छन् ।

यस्तै २०० भन्दाबढी संक्रमित भएका १८ जिल्ला रहेका छन् । ती जिल्लामा सप्तरी, पर्सा, बारा, महोत्तरी, सर्लाही, धादिङ, सिन्धुपाञ्चोक, सिन्धुली, नुवाकोट, गोरखा, स्याङ्जा, बागलुङ, तनहुँ, पाल्पा, बर्दिया, सुर्खेत र कञ्चनपुर रहेका छन् । नेपालमा संक्रमण दर १८.३ प्रतिशत रहेको छ ।

हाल होम आइसोलेसनमा ६७ हजार ८२५, संस्थागत आइसोलेसनमा एक हजार ४६६, सघन उपचार कक्षमा २७० र भेन्टिलेटरमा ५२ जनाको उपचार हुँदैछ ।

आज करिब ८ लाखले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । मन्त्रालयका प्रवक्ता डा मिश्राले ८ लाख १५ हजार ७९६ जनाले खोप लगाएका छन् ।

यस्तै अहिलेसम्म कोरोना भाइरसविरुद्धको बुस्टर डोज ४ लाख ८४ हजार ४७९ मात्रा लगाइएको छ ।

Copy link
Powered by Social Snap