कोरोनामा चुनाव : कस्तो छ आयोगको तयारी, प्रधानमन्त्रीलाई बुझाएको प्रस्तावमा के छ ?
काठमाडौं । निर्वाचन आयोगले कोभिड – १९ को प्रभावकाबीच सुरक्षा सम्वन्धी मापदण्ड लागू गरेर जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्न सकिने जनाएको छ । स्थानीय तहको मिति तय गर्न मंगलबार बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासँगको छलफलमा आयोगले सुरक्षा मापदण्ड अपनाएर निर्वाचन गर्न सकिने बताएको हो । संक्रमित मतदातालाई समेत मतदानको विशेष प्रवन्ध मिलाउने आयोगको प्रस्ताव छ ।
Advertisement
कोभिड–१९ मा यसरी निर्वाचन गर्न सकिने आयोगको प्रस्ताव
– स्थानीय तह निर्वाचनमा मतदाता, उम्मेदवार, उम्मेदवारका प्रतिनिधि एवम् निर्वाचनमा खटिने सबै कर्मचारी, सुरक्षाकर्मी, स्वयम् सेवक र पर्यवेक्षकहरुका लागि निम्न स्वास्थ्य– खोप अभियानलाई ब्यापक बनाई सवैले खोप लगाएको सुनिश्चित गर्ने ।
– संक्रमित मतदातालाई समेत मतदानको विशेष प्रवन्ध मिलाउने ।
–मास्कको प्रयोग अनिवार्य गर...









