२०८० चैत्र १५

राष्ट्रिय सभा निर्वाचनमा अन्तर्घात छानबिनको जिम्मा प्रदेश कमिटीलाई

काठमाडौँ — नेकपा (एमाले)ले राष्ट्रिय सभा निर्वाचनमा अन्तर्घात भएको विषयमा छानबिन गर्न प्रदेश कमिटीलाई जिम्मेवारी दिएको छ । भक्तपुरको जर्मन हस्पिटालिटी होम्समा बुधबार भएको सचिवालयको बैठकले प्रदेश १ र सुदूरपश्चिम प्रदेशमा चुनावमा एमालेको प्रतिनिधिभन्दा कम मत आएको विषयमा छानबिन गर्ने जिम्मेवारी प्रदेश कमिटीलाई दिने निर्णय गरेको हो । 


Advertisement


‘राष्ट्रिय सभा चुनावमा किन मत काम आयो भन्ने विषयमा खोजी गर्ने जिम्मेवारी प्रदेशमा कमिटीलाई दिइएको छ । कमजोरी भएको रहेछ भने कारबाहीको विषय पनि होला त्यो पनि प्रदेश कमिटीले नै गर्ने निर्णय भएको छ,’ उपाध्यक्ष सुरेन्द्र पाण्डेले भने, ‘जुन-जुन स्थानमा समस्या देखा परेको त्यही प्रदेश कमिटीले छानबिन गर्छ ।’

त्यसैगरी, बैठकले स्थानीय चुनावको मिति घोषणाका लागि दबाबको आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेको छ । ‘चुनावको मिति घोषणा भएपछि चुनावको तयारी गर्ने नहुन्जेलसम्म अहिलेको दबाबको आन्दोलनलाई निरन्तरता रुपमा जारी रहने छ,’ पाण्डेले भने ।

बैठकमा इन्चार्जहरुले राष्ट्रिय सभा चुनाव र जिल्ला अधिवेशनहरुको बारेमा रिपोर्टिङ गरेका थिए ।

Copy link
Powered by Social Snap