२०८१ बैशाख ८

राज्यका मुख्य तीन अंग असफल भइसके : नेता गजुरेल

काठमाडौँ — नेकपा (क्रान्तिकारी माओवादी) नेता सीपी गजुरेलले एमसीसीका कारण सत्ता गठबन्धन टुट्ने अवस्थामा पुगेको बताएका छन् । उनले एमसीसीका कारण सत्ता गठबन्धन अहिले टुट्ने कि भरे टुट्ने भन्ने अवस्थामा पुगेको बताएका हुन् । 


Advertisement


पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी)ले बुधबार काठमाडौंमा गरेको कार्यक्रममा उनले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका राज्यका मुख्य तीन अंग असफल भइसकेको दाबीसमेत गरे । नेता गजुरेलले मुलुकको अर्थतन्त्रसमेत ‘कोल्याप्स’ हुने अवस्था पुगेको उल्लेख गर्दै यो संकटबाट मुलुकलाई निकास दिन कम्युनिष्ट क्रान्तिकारीहरु सहकार्यका साथ अघि बढ्नुको विकल्प नरहेको बताए।

‘अहिले एमसीसीको सकंट हेर्नुस् त । गठबन्धन अहिले टुट्ने हो कि भरे टुट्ने जस्तो भइराखेको छ । कार्यपालिकामा संकट छ । व्यवस्थापिकामा संकट छ । उनीहरु नै भन्छन् । हामीले मात्रै भनेको होइन,’ उनले भने, ‘ प्रतिक्रियावादीहरुको एउटा हिस्साले के भन्छ भने संकटैसंकट छ । न्यायपालिकाको हालत हेर्नुस् त । सर्वोच्च अदालतको प्रधानन्यायाधीशको हालत कस्तो छ ? न्यायपालिका पनि असफल भएको छ । कार्यपालिका पनि असफल भएको छ । व्यवस्थापिका असफल भएको छ । अर्थतन्त्र कोल्याप्स नै हुने भयो अब । आर्थिक सूचकांक सबै नकारात्मक छन् ।’

नेता गजुरेलले दक्षिणपन्थी अवसरवादमा पतन भएकाले प्रचण्ड र विप्लवहरुसँग आफ्नो पार्टीले एकता गर्ने कुनै सम्भावना नरहेको बताए ।

Copy link
Powered by Social Snap