२०८३ बैशाख २७

Author: Senior Editor Nima

निर्वाचनका लागि तयार रहन सशस्त्र प्रहरी महानिरीक्षक खनालको निर्देशन

निर्वाचनका लागि तयार रहन सशस्त्र प्रहरी महानिरीक्षक खनालको निर्देशन

राजनीति
सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले आसन्‍न स्थानीय निर्वाचनलाई निष्पक्ष, पारदर्शी र भयरहित वातावरणमा सम्पन्न गराउन मानसिक र शारीरिक रूपमा तयार रहन मातहत कर्मचारीलाई निर्देशन दिएका छन्। सशस्त्र प्रहरी बल, नेपाल नं. १ गण हे.क्वा., श्रीअन्तु इलामको नवनिर्मित भवनको उद्‍घाटन गर्दै महानिरीक्षक खनालले निर्वाचनको समयमा विभिन्‍न किसिमका सुरक्षा चुनौती आउन सक्ने भएकोले उत्कृष्‍ट ढंगले जिम्मेवारी पूरा गर्नसमेत निर्देशन दिए। बुधबार खनालले नं. ३८ रिजर्भ गण हेडक्वाटर र लखनपुर झापाको समेत उद्घाटन गरेका थिए।फौजको महत्वपूर्ण गहना भनेको अनुशासन भएकोले अनुशासनमा नै फौजको व्यावसायिकता झल्कने हुँदा सबैलाई आफ्नो अन्तस्करणदेखि संगठन र राष्‍ट्रप्रति इमान्दार, बफादार, नैतिकवान, अनुशासित हुन खनालले निर्देशन दिए। Advertisement कोभिड-१९ नियन्त्रण र रोकथामम...
अहिलेलाई भिजिट भिसामा जान ५ लाख आय देखाए पुग्ने

अहिलेलाई भिजिट भिसामा जान ५ लाख आय देखाए पुग्ने

देश, समाचार
भिजिट भिसामा विदेश जाने नेपालीले कम्तीमा दस लाख रुपैयाँ आय र ५ लाख रुपैयाँ बैंक बचत देखाउनुपर्ने व्यवस्था तत्काल लागू नहुने भएको छ। भिजिट भिसासम्बन्धी समस्या समाधानका उपाय खोज्न गठित कार्यदलले यो व्यवस्था  सिफारिस गर्दै गत साता गृहलाई प्रतिवेदन बुझाएको थियो। Advertisement चौतर्फी आलोचना बढेपछि बिहीबार गृहले भिजिट भिसासम्बन्धी कार्यविधि नबनुञ्जेल नयाँ व्यवस्था जारी गरेको छ। यो व्यवस्था अनुसार अब भिजिट भिसामा जाने नेपालीले कम्तीमा पाँच लाख रुपैयाँ कर योग्य आय भएर कम्तीमा २ लाख ५० हजार रुपैयाँ बैंक बचत देखाउनुपर्नेछ। यी दुबै रकम विदेश जाने व्यक्तिकै नाममा हुनुपर्नेछ।  त्यस्तै, गृहले कार्यदलका सिफारिसभन्दा थोरै हेरफेर गरेर अरू मापदण्डहरू पनि जारी गरेको छ। जारी गरिएका बुँदाहरू कार्यान्वयनमा दुविधा भएमा अध्यागमन कार्यालयका प्रमुखले विभाग...
एमाले प्रवेश गर्दै करिश्मा मानन्धर!

एमाले प्रवेश गर्दै करिश्मा मानन्धर!

राजनीति
अभिनेत्री करिश्मा मानन्धर नेकपा एमालेमा प्रवेश गर्नेबारे छलफलमा जुटेकी छन्।  नेपाली सिने क्षेत्रकी चर्चित नायिका मानन्धर एमाले अध्यक्ष केपी ओलीलाई भेट्न बिहीबार बालकोट पुगिन्।  Advertisement ललितपुर क्षेत्र नम्बर १ का सांसद नवराज सिलवाल र दाङकी समानुपातिक सांसद गंगा चौधरीका साथमा मानन्धर एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगेकी थिइन्।  गोदावरी-३ वडामा बसोबास रहेकी मानन्धरलाई सांसद सिलवालले ओलीकहाँ पुर्‍याएका थिए। चिनजानको आधारमा चौधरी पनि साथमै गएकी थिइन्।  बालकोटमा ओली र मानन्धरबीच केही समय कुराकानी भएको सांसद सिलवालले बताए।  ‘मेरो वडाबासी हुनुहुन्छ, कलाकारिता क्षेत्रमा लामो योगदान भएको मान्छे हो, पार्टीमा आएर काम गर्ने इच्छा देखाउनुभएको छ,’ सिलवालले भने।  सिलवालका अनुसार अहिले पार्टीमा आबद्ध हुने विषयमा मात्रै छलफल ...
पन्जाबमा पराजित भए सिद्धु

पन्जाबमा पराजित भए सिद्धु

राजनीति
भारतीय पूर्वक्रिकेटर नवोजित सिंह सिद्धु पन्जाबको विधान सभा चुनावमा पराजित भएका छन्। Advertisement अमृतसर पूर्वबाट उम्मेदवार बनेका सिद्धु बिहीबार भएको मतगणनामा पराजित भएको हिन्दुस्तान टाइम्सले जनाएको छ। त्यहाँ आम आदमी पार्टीका जीवन ज्योत कौर निर्वाचित भएका छन्। सिद्धु पन्जाबमा कंग्रेस आईका अध्यक्षसमेत थिए। अघिल्लो विधान सभा चुनावमा बहुमत ल्याएको कंग्रेस आई यही बीचमा विभाजन भएको थियो। विभाजित भएपछि कांग्रेसले १९ सिटमात्र जित्ने देखिएको छ। ११७ सदस्यीय विधान सभामा आपका उम्मेदवार ९१ सिटमा अगाडि रहेको टाइम्स अफ इन्डियाले जनाएको छ। ...
श्रीलंकन पुलिसविरूद्ध नेपालका चार खेलाडीको अर्धशतक 

श्रीलंकन पुलिसविरूद्ध नेपालका चार खेलाडीको अर्धशतक 

खेलकुद
नेपालका लागि सर्वाधिक रन बनाएका रोहित पौडेल। फाइल तस्बिर। आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत युएई र पपुवा न्युगिनीबिरुद्धको तयारीका लागिन नेपाली क्रिकेट टिम अहिले श्रीलंकामा छ। नेपालले अहिले तेस्रो अभ्यास खेलमा श्रीलंकन पुलिससँग प्रतिस्पर्धा गरिरहेको छ। पहिले ब्याटिङ गरेको नेपालले ७ विकेटको क्षतिमा ३३१ रन जोडेको छ। नेपालका लागि चार जना ब्याट्सम्यानले अर्धशतक बनाउन सफल भएका छन्। Advertisement ओपनरद्वय कुशल भुर्तेलले ५७ रन र र आसिफ शेखले ५२ रन जोडेका छन्। यस्तै रोहितकुमार पौडेलले ७२ रन बटुल्दा करण केसीले नटआउट ५३ रन बनाएका छन्। आरिफ शेखले ३५ रन जोडे भने विनोद भन्डारी ३ रन, भीम सार्की २ रन र पवन सर्राफ ३ रनमा आउट भए। कमलसिंह ऐरीले पनि उत्कृष्ट ब्याटिङ गर्ने क्रममा नटआउट ४५ रन जोडे। यसअघि नेपालले श्रीलंका नेभीबिरुद्धका दुवै अभ्यास खेलमा जित ...
पन्जाबमा आम आदमीले भारी बहुमत पाउने भएपछि भागवन्त मानले भने- यो बेरोजगारीविरूद्धको मत हो

पन्जाबमा आम आदमीले भारी बहुमत पाउने भएपछि भागवन्त मानले भने- यो बेरोजगारीविरूद्धको मत हो

राजनीति
भारतीय राज्य पन्जाबमा आम आदमी पार्टी (आप)ले भारी बहुमत पाउने भएपछि मुख्यमन्त्रीका उम्मेदवार भागवन्त मानले यसलाई बेरोजगारी विरूद्धको मत भनेका छन्। Advertisement बिहीबार दिउँसोसम्म जारी मतगणनामा आपका उम्मेदवार ८९ सिटमा अग्रता लिइरहेका छन्। ११७ सिटको पन्जाब विधान सभामा ५९ सिट ल्याए बहुमत पुग्छ। पार्टीले भारी बहुमत ल्याउने रूझान देखिएपछि मानले जसले आपलाई मत दिएनन् उनीहरूलाई पनि आफूले स्वागत गर्ने बताए। ‘विरोधी पार्टीका नेताले अरबिन्द केजरीवाल र मेराबारे निजी टिप्पणी गरे। गलत शब्द प्रयोग गरे। उनीहरूलाई माफ गरिदिऊँ तर अब सबैले पौने तीन करोड पन्जाबीको इज्जत गर्नुपर्छ,’ मानले भनेका छन्,‘हामीले मिलेर पन्जाब चलाउनुछ। पहिला पन्जाब ठूला ठूला झ्यालढोका भएका घरबाट चल्थ्यो आजदेखि पन्जाब गाउँबाट चल्छ, वडाबाट चल्छ, सहरबाट चल्छ।’ ...
विवादित नागरिकता विधेयक टुंग्याउन शीर्ष नेताहरूसँग छलफल गर्छौं: गृहमन्त्री

विवादित नागरिकता विधेयक टुंग्याउन शीर्ष नेताहरूसँग छलफल गर्छौं: गृहमन्त्री

राजनीति
गृह मन्त्रालयले लामो समयदेखि विवादित बनेको नागरिकता विधेयकलाई टुंग्याउन प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल गर्ने भएको छ। बुधबार गृह मन्त्रालयमा भएको नागरिकता विधेयकमाथिको छलफलमा बोल्दै गृहमन्त्री खाणले नागरिकता विधेयकलाई अघि बढाउने र टुंग्याउन सत्तापक्ष र प्रमुख प्रतिपक्षका नेताहरूलाई सहयोग लिने बताए। Advertisement नागरिकताको विषय धेरै संवेदनशील र दूरगामी असर गर्ने भएकोले राजनीतिक रूपमा आमसहमति बन्नुपर्ने आवश्यकता रहेको बताए। उनले यस बारेमा पार्टीका शीर्षस्थ नेताहरू र पार्टी अध्यक्षहरूलाई जानकारी गराइने पनि बताए। उनले नेपाली नागरिकले नागरिकता पाउनुपर्ने कुरा सबैको साझा दायित्व भएको भन्दै यसलाई पूरा गर्न सबैको सहयोग आवश्यक रहेको बताउ। गृहमन्त्री खाणले भने, ‘सदनमा भएको अवरोधका कारणले पनि अवरोध खुला र यसलाई व्यापक छलफल गरौंला भन्ने र छलफलको वा...
राप्रपा नेपालले गर्‍यो पदाधिकारी तथा सदस्यको कार्य विभाजन

राप्रपा नेपालले गर्‍यो पदाधिकारी तथा सदस्यको कार्य विभाजन

राजनीति
राप्रपा नेपालले पदाधिकारीहरू तथा सदस्यको कार्य विभाजन गरेको छ। बुधबार अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको पदाधिकारी बैठकले विभिन्न १० विभागमा पदाधिकारीको काम बाँडफाँट गरेको हो। Advertisement बैठकले अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुखमा अध्यक्ष कमल थापा, आर्थिक विभाग प्रमुखमा उपाध्यक्ष उद्धव पौडेल, नीति तथा अनुसन्धान विभाग प्रमुखमा उपाध्यक्ष डा. विष्णु भण्डारीलाई जिम्मेवारी दिइएको छ। यस्तै, सचिवालय प्रमुखमा महामन्त्री भास्कर भद्रा, प्रशिक्षण तथा स्थानीय निकाय विभाग प्रमुखमा महामन्त्री सुशील कुमार श्रेष्ठ, कार्यक्रम तथा व्यवस्थापन विभाग प्रमुखमा महामन्त्री इन्द्र चित्रकारलाई जिम्मेवारी तोकिएको छ। संगठन विभाग प्रमुखमा महामन्त्री राजाराम बर्तौैला, प्रचार विभाग प्रमुखमा प्रवक्ता सुरेश आचार्य, महिला विभाग प्रमुखमा सहायक महामन्त्री ममता राई र सहका...
चुनावमा कांग्रेसको रणनीति- ‘वान बुथ, हन्ड्रेड युथ’

चुनावमा कांग्रेसको रणनीति- ‘वान बुथ, हन्ड्रेड युथ’

देश, राजनीति
स्थानीय चुनावमा नेपाली कांग्रेसले प्रत्येक बुथमा १०० युवा खटाउने भएको छ। बुथको सुरक्षाका लागि 'वान बुथ, हन्ड्रेड युथ' खटाउने तयारी गरिएको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए। ‘बुथको सुरक्षाका लागि 'वान बुथ, हन्ड्रेड युथ' अवधारणा पनि हामी कार्यान्वयन गर्छौं,’ आज सानेपामा आयोजित पत्रकार सम्मेलनमा महतले भने। ०७९ वैशाख ३० मा स्थानीय चुनाव हुँदैछ। भातृ संस्थाहरू परिचालन गरेर मतदाता शिक्षा पनि चलाइने उनले बताए। भातृ तथा शुभेच्छुक संघसंस्थालाई छिट्टै नेतृत्व प्रदान गर्दै सबैलाई यो अभियानमा परिचालन गरिने महतले बताएका छन्। उनले अब एक महिना 'घरघर जाऔं कांग्रेस जिताऔं' अभियान चलाइने बताए। देशैभरका सबै जिल्ला, पालिका र वडा तथा टोलमा अभियान सञ्चालन गरिने उनको भनाइ छ। Advertisement 'काम पाएनौं भन्ने अवस्था आउन दिन्नौं' प्रवक्ता महतका अन...
माधव नेपालको प्रतिवेदन- एमसिसी पास गर्न १२ बुँदे घोषणामा सहमति नगरेको भए हामीलाई सकिदिन्थे

माधव नेपालको प्रतिवेदन- एमसिसी पास गर्न १२ बुँदे घोषणामा सहमति नगरेको भए हामीलाई सकिदिन्थे

राजनीति
सत्तारूढ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अमेरिकी सहयोग परियोजना एमसिसी पास गर्न १२ बुँदे व्याख्यात्मक घोषणामा सहमति गरेर पार्टीको अस्तित्व नै समाप्त पारिदिने खतरालाई टारेको बताएका छन्। बुधबार काठमाडौंमा र सुरू भएको पार्टी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष नेपालले पेस गरेको राजनीतिक प्रतिवेदनमा सत्तारूढ गठबन्धनले एमसिसी पास नगरेको भए कांग्रेस र एमाले मिलेर जस्ताको त्यस्तै पारित गरिदिने अवस्था बनेको बताएका छन्। Advertisement ‘नेका र एमालेबीचको वार्ता पाँच दलीय गठबन्धनलाई तोड्ने, सभामुखलाई पदबाट हटाउने र हाम्रा पार्टीका १४ जनालाई कारबाही गर्ने, पार्टीको दर्ता खारेज गर्ने तथा प्रधानन्यायाधीशमाथिको महाअभियोग फिर्ता लिनुपर्ने गरी एमसिसी कम्प्याक्ट जस्ताको त्यस्तै अनुमोदन गर्नेतर्फ अग्रसर भयो,’ नेपालले प्रतिवेदनमा भनेका छन्,‘त्यसप्रक...