२०८३ कार्तिक १३

श्रीलंकन पुलिसविरूद्ध नेपालका चार खेलाडीको अर्धशतक 

नेपालका लागि सर्वाधिक रन बनाएका रोहित पौडेल। फाइल तस्बिर।

आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत युएई र पपुवा न्युगिनीबिरुद्धको तयारीका लागिन नेपाली क्रिकेट टिम अहिले श्रीलंकामा छ।

नेपालले अहिले तेस्रो अभ्यास खेलमा श्रीलंकन पुलिससँग प्रतिस्पर्धा गरिरहेको छ।

पहिले ब्याटिङ गरेको नेपालले ७ विकेटको क्षतिमा ३३१ रन जोडेको छ। नेपालका लागि चार जना ब्याट्सम्यानले अर्धशतक बनाउन सफल भएका छन्।


Advertisement


ओपनरद्वय कुशल भुर्तेलले ५७ रन र र आसिफ शेखले ५२ रन जोडेका छन्। यस्तै रोहितकुमार पौडेलले ७२ रन बटुल्दा करण केसीले नटआउट ५३ रन बनाएका छन्।

आरिफ शेखले ३५ रन जोडे भने विनोद भन्डारी ३ रन, भीम सार्की २ रन र पवन सर्राफ ३ रनमा आउट भए। कमलसिंह ऐरीले पनि उत्कृष्ट ब्याटिङ गर्ने क्रममा नटआउट ४५ रन जोडे।

यसअघि नेपालले श्रीलंका नेभीबिरुद्धका दुवै अभ्यास खेलमा जित हात पारेको थियो।

अब चार दिने श्रीलंका बस्ने नेपाली टिम उतैबाट १४ मार्चमा युएई जानेछ।

युएईमा हुने त्रिकोणात्मक सिरिजमा नेपालले पहिलो खेल पपुवा न्युगिनीसँग मार्च १६ शारजाहमा प्रतिस्पर्धा गर्नेछ।

नेपालले सिरिजमा दुवै टिमसँग दुई दुई खेल गरी चार एकदिवसीय खेल खेल्नेछ।

लिग-२ मा नेपालले अहिलेसम्म दुई सिरिज खेलिसकेको छ। दुई वर्षअघि नेपालमा भएको सिरिजमा नेपालले ओमान र अमेरिकासँग प्रतिस्पर्धा गरेको थियो।

यस्तै अर्को सिरिज ओमानमा भएको थियो। ओमानमा नेपालले घरेलु टिमसँगै अमेरिकासँग प्रतिस्पर्धा गरेको थियो।

लिग-२ मा नेपालले ८ खेलमा ४ खेलमा जित र ४ खेलमा हार बेहोरेको थियो। ८ अंक जोडेको नेपाल अंक तालिकामा छैटौं स्थानमा छ।

शीर्ष स्थानमा ओमान २६ खेलबाट ३४ अंक जोड्दै शीर्ष स्थानमा छ। दोस्रो स्थानमा रहेको स्कटल्यान्डले १२ खेलबाट १६ अंक जोडेको छ।

तेस्रो स्थानको युएईको १३ खेलबाट १४ अंक छ। १६ खेलबाट १४ अंक नै जोडेको अमेरिका चौथो स्थानान छ।  

नामिबिया ११ खेलबाट १२ अंक जोडेर पाँचौ स्थानमा छ।

नेपालभन्दा पछि रहेको पपुवा न्युगिनीले १२ खेल खेल्दा अंक जोड्न सकेको छैन।

त्रिकोणात्मक सिरिज खेल तालिका
नेपाल भर्सेस पपुवा न्युगिनी – मार्च १६- शारजाह
नेपाल भर्सेस युएई –  मार्च १८- दुबई  
नेपाल भर्सेस युएई – मार्च २१- दुबई 
नेपाल भर्सेस पपुवा न्युगिनी – मार्च २२- दुबई

नेपाली टिम

सन्दीप लामिछाने (कप्तान), ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, आसिफ शेख, कमलसिंह ऐरी, विवेक यादव, सागर ढकाल, पवन सर्राफ, करण केसी, विनोद भण्डारी, रोहित पौडेल, सोमपाल कामी, विक्रम शोव, भीम सार्की। 

टिम अफिसिल्यस

कैलश विष्ट – म्यानेजर, पुबुदु दसानायके (प्रमुख प्रशिक्षक), प्रकाश शर्मा (सहायक प्रशिक्षक), विक्रम न्यौपाने (फिजियो), रमन सिवाकोटी (विश्लेषक), राज शर्मा (ट्रेनर)


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap