२०८१ बैशाख ७

पन्जाबमा आम आदमीले भारी बहुमत पाउने भएपछि भागवन्त मानले भने- यो बेरोजगारीविरूद्धको मत हो

भारतीय राज्य पन्जाबमा आम आदमी पार्टी (आप)ले भारी बहुमत पाउने भएपछि मुख्यमन्त्रीका उम्मेदवार भागवन्त मानले यसलाई बेरोजगारी विरूद्धको मत भनेका छन्।


Advertisement


बिहीबार दिउँसोसम्म जारी मतगणनामा आपका उम्मेदवार ८९ सिटमा अग्रता लिइरहेका छन्। ११७ सिटको पन्जाब विधान सभामा ५९ सिट ल्याए बहुमत पुग्छ।

पार्टीले भारी बहुमत ल्याउने रूझान देखिएपछि मानले जसले आपलाई मत दिएनन् उनीहरूलाई पनि आफूले स्वागत गर्ने बताए।

‘विरोधी पार्टीका नेताले अरबिन्द केजरीवाल र मेराबारे निजी टिप्पणी गरे। गलत शब्द प्रयोग गरे। उनीहरूलाई माफ गरिदिऊँ तर अब सबैले पौने तीन करोड पन्जाबीको इज्जत गर्नुपर्छ,’ मानले भनेका छन्,‘हामीले मिलेर पन्जाब चलाउनुछ। पहिला पन्जाब ठूला ठूला झ्यालढोका भएका घरबाट चल्थ्यो आजदेखि पन्जाब गाउँबाट चल्छ, वडाबाट चल्छ, सहरबाट चल्छ।’

Copy link
Powered by Social Snap