क्यानडा र अमेरिकाको संसदलाई सम्बोधन गर्दै युक्रेनी राष्ट्रपति जेलेन्स्की
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले क्यानडा र अमेरिकी सदनलाई सम्बोधन गर्ने भएका छन्।
उनले मंगलबार क्यानडाको सदन र बुधबार अमेरिकी सिनेट तथा हाउस अफ रिप्रिजेन्टेटिभ्समा भर्चुअल माध्यमबाट सम्बोधन गर्न लागेको सिएनएनले जनाएको छ।
Advertisement
उनले क्यानडाको स्थानीय समयअनुसार बिहान साढे १० बजे सम्बोधन गर्ने तालिका छ।
उनलाई क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले संसदमा सम्बोधन गर्न आमन्त्रण गरेका थिए। प्रधानमन्त्री ट्रुडोले सम्बोधन गरेपछि जेलेन्स्कीले सम्बोधन गर्नेछन्।
युक्रेनमा रूसले गरेको आक्रमणबारे जानकारी गराउन राष्ट्रपति जेलेन्स्कीलाई सम्बोधनका लागि निम्त्याइएको हो।
अमेरिकी सदनमा पनि भर्चुअल माध्यमबाट सम्बोधन गर्न लागेको हुँदा सबै संसदलाई बुधबारको सदनमा उपस्थित हुन सभामुख न्यान्सी पेलोसीले आग्रह गरेकी छन्। पेलो...









