२०८३ बैशाख २७

Author: Senior Editor Nima

सभामुख र फ्रान्सेली प्रतिनिधि मण्डलबीच भेट

सभामुख र फ्रान्सेली प्रतिनिधि मण्डलबीच भेट

राजनीति
सभामुख अग्निप्रसाद सापकोटा र फ्रान्स–नेपाल संसदीय मैैत्री समूहका अध्यक्ष भेरोनिक रिटन नेतृत्वको प्रतिनिधि मण्डलबीच भेटवार्ता भएको छ।  Advertisement बुधबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा सभामुख सापकोटासँग अध्यक्ष भेरोनिक रियोतोँ  नेतृत्वको प्रतिनिधि मण्डलले भेटवार्ता गरेका हुन्।  भेटमा उनले दुई मुलुकबीचको कूटनीतिक सम्बन्ध अझै सुमधुर भएर जाने विश्वास व्यक्त गरेको सभामुखको निजी सचिवालयले जनाएको छ।  अध्यक्ष रियोतोँले दुई मुलुकबीचको विकास साझेदारीलाई अझ गतिका साथ अघि बढाउन आफूहरू अझै सक्रियताका साथ लागिपर्ने बताएका थिए। भेटवार्तामा दुवै मुलुकका संसदीय अभ्यास र त्यसका अनुभवहरूबारे पनि छलफल गरिएको थियो।   ...
सत्ता गठबन्धनबीच स्थानीय तह निर्वाचनमा मिलेर जाने सहमति भइसकेको छ: माधव नेपाल

सत्ता गठबन्धनबीच स्थानीय तह निर्वाचनमा मिलेर जाने सहमति भइसकेको छ: माधव नेपाल

राजनीति
सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सत्तारूढ दलहरूबीच स्थानीय तह निर्वाचनमा मिलेर जाने सहमति भइसकेको दाबी गरेका छन्। बुधबारदेखि काठमाडौंमा सुरू भएको पार्टी केन्द्रीय कमिटीको  बैठकमा बोल्दै अध्यक्ष नेपालले स्थानीय तह चुनावको तयारीको सन्दर्भमा सत्तारूढ दलहरूबीच मिलेर जाने सहमति भएको बताएका हुन्। Advertisement सबै ठाउँमा मिल्न सकिँदैन भने पनि पारस्पारिक लाभ कसरी लिन सकिन्छ भन्ने विश्लेषण गरेर स्थानीय तहको निर्वाचनमा परिचालित हुन सिंगो पार्टी पंक्तिलाई उनले आह्वान समेत गरे। अध्यक्ष नेपालले अब सिंगो पार्टीको ध्यान स्थानीय तह निर्वाचनमा केन्द्रित हुने पनि स्पष्ट पारे। त्यसका लागि आवश्यक संगठन र योजना निर्माण गर्न जारी केन्द्रीय कमिटी बैठकले महत्वपूर्ण निर्णय लिनुपर्ने उनको भनाइ थियो।  अध्यक्ष नेपालले एमालेप्रति स...
महिलाको हक सुनिश्चित गर्न सबै प्रतिवद्ध हुनुपर्छ : देउवा

महिलाको हक सुनिश्चित गर्न सबै प्रतिवद्ध हुनुपर्छ : देउवा

राजनीति
प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानले प्रत्याभूत गरेका महिला अधिकार सुनिश्चित गर्न सबै प्रतिवद्ध हुनुपर्ने बताएका छन्। मंगलबार ११२ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले महिलाहरूका लागि संविधानले दिएको सबै प्रकारको हक तथा अधिकारलाई सुनिश्चित गर्न सम्वद्ध सबै पक्ष प्रतिवद्ध हुनुपर्ने बताए। Advertisement संविधानले महिलामाथि हुने भेदभावको अन्त्य गर्दै समानुपातिक, समावेशी र समतामुलक समाज निर्माणको संकल्प गरेको भन्दै उनले महिलालाई समान वंशीय हक, पैतृक सम्पतिमा हक, सुरक्षित मातृत्व र प्रजनन् सम्बन्धी हक प्रदान गरिएको बताए। प्रधानमन्त्री देउवाले महिला सशक्तिकरणको विषय सबैको साझा विषय भएकाले तीनै तहको सरकारले पहलकदमी लिनु आवश्यक रहेको बताए। ‘नेपालको संविधानले महिलामाथि हुने सबै प्रकारको भेदभाव ...
झापा गोल्डकप : थ्रीस्टारलाई हराउँदै सङ्कटा क्लब सेमिफाइनलमा प्रवेश

झापा गोल्डकप : थ्रीस्टारलाई हराउँदै सङ्कटा क्लब सेमिफाइनलमा प्रवेश

खेलकुद
संकटा क्लब काठमाडौँ नेपाल आइस पाँचौँ झापा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ। बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा मंगलबार भएको खेलमा थ्री स्टार क्लबलाई २-० गोल अन्तरले पराजित गर्दै संकटाले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो। संकटाको जितका लागि विदेशी खेलाडी यानिक र फोडे फोफोनाले गोल गरे। खेलको २५ औँ मिनेटमा डिबक्सभित्रबाट यानिकले प्रहार गरेको गोलले पोस्टको दिशा पायो। Advertisement पहिलो हाफ १-० को अग्रता बनाएको संकटाले दोस्रो हाफमा थप एक गोल गर्‍यो। खेलको ६३ औँ मिनेटमा फोडे फोफोनाले अर्को गोल थपे। थ्री स्टारले भने सान्त्वना गोलसमेत फर्काउन सकेन। खेलमा थ्री स्टारले पाएका अवसर सदुपयोग गर्न सकेन। खेलको दोस्रो मिनेटमा रितिक खड्काले डिबक्सबाट गरेको हेडर विपक्षी गोलरक्षक रोहित कार्कीले सहजै विफल बनाए। खेलको ३६ औँ मिनेटमा संकटाका सुवास ...
एमसिसीबारे भ्रम चिर्न गृहमन्त्रीले गरे कार्यकर्तालाई आग्रह

एमसिसीबारे भ्रम चिर्न गृहमन्त्रीले गरे कार्यकर्तालाई आग्रह

राजनीति
गृहमन्त्री बालकृष्ण खाणले एमसिसी राष्ट्रको हितमा हुँदाहुँदै पनि यसबारे अनेक भ्रम फिँजाइएकाले कार्यकर्ताले यसबारे जनतामाझ प्रष्ट पार्नुपर्ने बताएका छन्। उनले एमसिसीबारे जनतामा फैलाइएको भ्रम चिर्न कार्यकर्तालाई आग्रहसमेत गरेका छन्। Advertisement नेपाल प्रेस युनियन रुपन्देहीले स्थापना गरेको जीपी कोइराला स्मृति पत्रकारिता पुरस्कार वितरण समारोहमा आज रुपन्देहीको मणिग्राममा गृहमन्त्री खाणले एमसिसी अनुमोदन गरेकै कारण निर्वाचनमा हुने क्षतिलाई रोक्नका लागि मतदातामाझ प्रष्ट पार्न जरूरी रहेको बताए। उनले भने, ‘सरकारमा हुँदा होस् वा प्रतिपक्षमा हुँदा होस्, कांग्रेस एमसिसीको पक्षमा उभिएर संसदबाट अनुमोदन गर्न सफल भयो।’  गृहमन्त्री खाणले सञ्चारकर्मीलाई पनि एमसिसीबारे सत्यतथ्य उजागर गर्न आग्रह गर्दै सरकारमा रहेका दल र तिनका नेताहरूले नै एमसिसीबा...
महिलाको हकहित र अधिकारको रक्षा गर्न राप्रपा नेपाल प्रतिबद्ध: कमल थापा

महिलाको हकहित र अधिकारको रक्षा गर्न राप्रपा नेपाल प्रतिबद्ध: कमल थापा

राजनीति
राप्रपा नेपालका अध्यक्ष कमल थापाले महिलाको हकहित र अधिकारको रक्षा गर्न राप्रपा नेपाल प्रतिबद्ध रहेको बताएका छन्। राप्रमसं नेपालद्वारा आयोजित अन्तर्राष्ट्रिय नारी दिवस तथा राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन नेपालको घोषणा सभालाई सम्बोधनका क्रममा अध्यक्ष थापाले आफू स्थानीय विकासमन्त्री भएको बेलामा स्थानीय तहका हरेक वडामा एक जना महिला सदस्य अनिवार्य गराएको स्मरण गर्दै अहिले देशका हरेक क्षेत्रमा महिलाको उल्लेख्य उपस्थिति देख्दा गौरवान्वित महसुस भएको बताए। Advertisement राप्रमसं नेपालका नवघोषित अध्यक्ष सुनिता कुरुम्वाङलाई बधाई दिँदै अध्यक्ष थापाले सनातन धर्म र संस्कृतिको रक्षा गरेर नै देश विकास सम्भव छ भनेर जनतामाझ आएको पार्टी राप्रपा नेपाललाई सहयोग गर्ने सन्देश लिएर आम जनताको घरघरमा राप्रमसं नेपाल पुग्ने आशा र विश्वास व्यक्त गर्दै संगठनलाई वडा तहसम्म ...
अस्ट्रेलिया र पाकिस्तानबीचको पहिलो टेस्ट बराबरी

अस्ट्रेलिया र पाकिस्तानबीचको पहिलो टेस्ट बराबरी

खेलकुद
पाकिस्तान र अस्ट्रेलियाबीचको पहिलो टेस्ट बराबरीमा सकिएको छ। अस्ट्रेलिया २४ वर्षपछि पाकिस्तान भ्रमणमा आएको हो।  पहिलो इनिङ्ग्समा पाकिस्तानले ४ विकेटको क्षतिमा ४७६ जोडेर इनिङ्ग्स समाप्तीको घोषणा गरेको थियो। पाकिस्तानका लागि इमाम उलहकले १५७ रन र अजर अलीले १८५ रन जोडेका थिए।  Advertisement त्यसपछि ब्याटिङ थालेको अस्ट्रेलियाले पाँचौ दिनसम्म ब्याटिङ गरेको थियो। अस्ट्रेलिया पहिलो इनिङ्ग्समा ४५९ रनमा अलआउट भयो। उसका लागि उस्मान खवाजाले ९७ रन र मार्नस लबुसेनले ९० रन जोडेका थिए।  पाँचौ दिन दोस्रो इनिङ्ग्स ब्याटिङ सुरू गरेको पाकिस्तानले बिनाविकेटको क्षतिमा २५२ रन जोड्दा दिनको पाँचौ दिनको खेल सकियो। दिनको खेल सकिदासम्म अस्ट्रेलियाले दोस्रो इनिङ्ग्स ब्याटिङ गर्न बाँकी रहेकाले खेल बराबरीमा सकियो। पाकिस्तानका लागि दोस्रो इनिङ्ग्समा दुवै ओपनरले...
मतपत्रको रङ हरियो बनाउने आयोगको निर्णयमा ओलीको आपत्ति

मतपत्रको रङ हरियो बनाउने आयोगको निर्णयमा ओलीको आपत्ति

देश, राजनीति
पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले निर्वाचन आयोगले मतपत्रमा निर्वाचन चिन्ह हरियो राख्न किन खोजेको हो भन्दै प्रश्न गरेका छन्।  Advertisement निर्वाचन आयोगले सोमबार पत्रकार सम्मेलन गरी मतपत्रमा निर्वाचन चिन्ह हरियो रङको हुने बताएको थियो।  ओलीले मंगलबार नेपाल महिला संघले बसन्तपुरमा आयोजना गरेको कार्यक्रममा निर्वाचन आयोगले के कारणले त्यस्तो चिन्ह राख्न खोजेको भन्दै त्रुटि सच्याउन माग गरेका छन्।  ‘निर्वाचन आयोगको मतपत्रका चिन्हहरूमा हरियो राख्ने भयो अरे। हरियो चिन्ह किन राख्ने? के कारणले राख्ने? निर्वाचन आयोगले बताउनु परो। हो कि होइन उहाँहरूलाई सोध्न भ्याएको छैन। म व्यस्त छु। यदि हो भने के कारणले हो? धार्मिक हिसाबले राख्ने हो? कसैको हरियो देखिने चिन्ह छ भनेर हो कि? केका लागि राख्ने?,’ ओलीले प्रश्न गरे, ‘सबैतिर जनता नै आँखा नदेख...
माओवादी केन्द्रले तोक्यो प्रदेश इञ्चार्ज

माओवादी केन्द्रले तोक्यो प्रदेश इञ्चार्ज

देश, राजनीति
नेकपा माओवादी केन्द्रले प्रदेश इञ्चार्ज तोकेको छ। Advertisement सोमबार बसेको केन्द्रीय समिति बैठकले प्रदेश इञ्चार्ज तोकेको हो। प्रदेश १ को इञ्चार्जमा राम कार्की, मधेश प्रदेशमा गणेश शाह, बागमतीमा हितमान शाक्यलाई तोकिएको छ। यस्तै, गण्डकीमा हितराज पाण्डे, लुम्बिनीमा चक्रपाणि खनाल, कर्णाली प्रदेशमा  कालीबहादुर मल्ल र सुदूरपश्चिममा खगराज भट्टलाई तोकिएको हो। बैठकले सम्पर्क समन्वय प्रदेशमा डिलाराम आचार्य र उपत्यका विशेष समन्वय प्रदेशमा लिलामणि पोखरेललाई तोकेको छ। ...
आमाछोराले बनाएको ‘घरको अचार’, वार्षिक १२ लाखको कारोबार

आमाछोराले बनाएको ‘घरको अचार’, वार्षिक १२ लाखको कारोबार

SYM शुद्ध सकारात्मकता, उद्यमशीलता
घरको अचार' ब्रान्डमार्फत् अचार व्यवसाय गरिरहेका आमाछोरा कमला श्रेष्ठ र रोहन श्रेष्ठ। तपाईंहरू खानामा अचार खानुहुन्छ नि! घरमै बनाउनुहुन्छ होला। सहरको व्यस्त जीवनमा कहिलेकाहीँ किन्नु पनि पर्छ होला। यसरी किनेर खाँदा घरमै बनाएजस्तो स्वाद होस् भन्ने लाग्नु स्वाभाविक हो। तपाईंहरूको यो इच्छा पूरा गरिदिन सक्छ 'घरको अचार' ले।  'घरको अचार' आमा-छोराले सुरू गरेको ब्रान्ड हो। काठमाडौं, थापागाउँका आमाछोरा कमला श्रेष्ठ र रोहन श्रेष्ठले चार वर्षदेखि विभिन्न स्वादमा घरको अचार बजार पठाइरहेका छन्।  आमा अचार बनाउँछिन्, छोरा आमाले बनाएको अचार बेच्छन्। Advertisement 'हामी आफ्नै भान्सामा अचार बनाउँछौं। बजारमा पाइने अरूभन्दा फरक स्वाद पनि हुन्छ,' कमलाले घरको अचारबारे भनिन्, 'चिकेन, बफ र भेज अचार हाम्रा मुख्य आकर्षण हुन्।' उनी...