२०८३ बैशाख २६

Author: Senior Editor Nima

न्यायालयमा हुने भ्रष्टाचार रोक्न राष्ट्रिय न्यायिक अनुसन्धान र जाँच आयोग गठन गर्नुपर्छ: प्रस्तावित न्यायाधीश श्रेष्ठ

न्यायालयमा हुने भ्रष्टाचार रोक्न राष्ट्रिय न्यायिक अनुसन्धान र जाँच आयोग गठन गर्नुपर्छ: प्रस्तावित न्यायाधीश श्रेष्ठ

राजनीति
संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश तिलप्रसाद श्रेष्ठमाथि सुनुवाइ सुरू गरेको छ। Advertisement मंगलबार समितिमा सुनुवाइको क्रममा उनले सर्वोच्चमा ज्यादै समस्या आएको बताए। न्यायालयमा हुने भ्रष्टाचार र अनियमितता रोक्न राष्ट्रिय न्यायिक अनुसन्धान र जाँच आयोग गठन गर्नुपर्ने उनले बताए। सांसदहरूको प्रश्नको जवाफ दिँदै उनले भने, ‘न्यायालयमा हुने भ्रष्टाचार र अनियमितता रोक्न राष्ट्रिय न्यायिक अनुसन्धान र जाँच आयोग गठन गर्नुपर्छ। जसले न्यायाधीश र कर्मचारीको निगरानी अनुसन्धान र जाँच गर्छ।’  सर्वोच्चमा मुद्दा धेरै भएकोले गर्दा न्याय ढिलो भएको उनले धारणा राखे। ‘बक्यौता नियन्त्रणका लागि कि न्यायाधीश संख्या बढाउनु पर्यो, कि कार्य समय बढाउन पर्‍यो’, उनले भने। मुद्दा संख्या घटाउनका लागि सबै मुद्दा सर्वोच्च आ...
नेपालको बाह्य सम्बन्ध १७५ देशमा विस्तार

नेपालको बाह्य सम्बन्ध १७५ देशमा विस्तार

राजनीति
नेपालको बाह्य सम्बन्ध १७५ देशमा विस्तार भएको छ। Advertisement नेपाल र गणतन्त्र दक्षिण सुडानबीच सोमबार कूटनीतिक सम्बन्ध स्थापना भएसँगै नेपालसँग द्विपक्षीय कूटनीतिक सम्बन्ध कायम भएका देशको सङ्ख्या १७५ पुगेको छ। द्विपक्षीय कूटनीतिक सम्बन्ध स्थापना गर्नेसम्बन्धी संयुक्त विज्ञप्तिमा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका राजदूत अमृतबहादुर राई र उक्त विश्व संस्थाका लागि गणतन्त्र दक्षिण सुडानका राजदूत अकुएई बोना मालवालले न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगमा सोमबार आयोजित संक्षिप्त समारोहमा हस्ताक्षर गरेका थिए। दुवै राजदूतले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलाई दुई देशबीचको कूटनीतिक सम्बन्ध स्थापनाबारे जानकारी गराउने संयुक्त पत्रमा पनि हस्ताक्षर गरेको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी निय...
गठबन्धनको बारेमा धेरै कुरा गर्नु छैन, कठैबरा भन्न मन छ: ओली

गठबन्धनको बारेमा धेरै कुरा गर्नु छैन, कठैबरा भन्न मन छ: ओली

राजनीति
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसको शक्ति खिइँदै गएर दुवैतर्फ वैशाखी टेक्ने अवस्थामा पुगेको बताएका छन्। Advertisement कपिलवस्तुको तौलिहवामा आयोजित संघीय सांसद बृजेशकुमार गुप्ताको नेतृत्वमा एमाले प्रवेश गरेकाहरूलाई स्वागत गर्दै अध्यक्ष ओलीले कुनै जमानामा बलियो र ठूलो जुरो भएको साँढे गोरुजस्तै बनेको कांग्रेस अहिले कमजोर बन्दै गएको बताए। गठबन्धनको बारेमा आफूलाई धेरै कुरा गर्नु नभएको भन्दै ओलीले भने,‘मलाई गठबन्धनको बारेमा धेरै कुरा गर्नु छैन, कठैबरा भन्न मन छ, नेपाली कांग्रेस कुनै जमानामा ठूलो जुरो भएको साँढे गोरुजस्तै थियो, अहिले दुवैतर्फ वैशाखी टेकेर उभिनुपर्ने अवस्थामा पुगेको छ,’ उनले भने। ओलीले देशभर एमालेमा जनताको लहर छाएकोले सबै दल मिलेर आए पनि एमालेसँग लड्न नसक्ने बताए। पछिल्लो समय तराईका जिल्लाहरूमा एमालेमा जनलहर...
कप्तान सन्दीप भन्छन्- बलिङमा सुधार गर्नुपर्ने ठाउँ छन् 

कप्तान सन्दीप भन्छन्- बलिङमा सुधार गर्नुपर्ने ठाउँ छन् 

खेलकुद
नेपाल, पपुवा न्युगिनी (पिएनजी) र मलेसियाबीचको टी-२० अन्तर्राष्ट्रिय सिरिजमा घरेलु टिम नेपालले विजयी सुरुवात गर्‍यो।  Advertisement नेपालले सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा पिएनजीलाई १५ रनले पराजित गर्‍यो। पहिले ब्याटिङ गरेको नेपालले ९ विकेटको क्षतिमा १८३ रन जोड्यो। पिएनजी ४ बल खेल्न बाँकी छदा १६८ रनमा अलआउट भयो। कुनै समय सहज स्थितिमा देखिएको नेपालमाथि १९ ओभरसम्म दबाब परेको थियो। पिएनजीका नोर्मान भानुआ १९औं ओभरको छैटौं बलमा करण केसीको एलबिडब्लूको धरापमा परेपछि नेपाललाई राहत मिलेको थियो। लगत्तैको अर्को बलमा सिमोन अताइलाई करणले आउट गरेपछि खेल नेपालको पक्षमा परेको थियो। अन्तिम ओभरमा दीपेन्द्रसिंह ऐरीले बलिङ गरेका थिए। जसमा दोस्रो बलमा नेपालले रनआउटमार्फत अन्तिम विकेट लिएको थियो। खेलको प्लेयर अफ दि म्याच नेपालका कप्तान सन्दीप लामिछाने भ...
स्थानीय तह निर्वाचन भयरहित, स्वतन्त्र र निष्पक्ष बनाउन राष्ट्रपतिको ध्यानाकर्षण 

स्थानीय तह निर्वाचन भयरहित, स्वतन्त्र र निष्पक्ष बनाउन राष्ट्रपतिको ध्यानाकर्षण 

राजनीति
राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी स्थानीय निर्वाचन भयरहित, स्वतन्त्र र निष्पक्ष बनाउन ध्यानाकर्षण गराएकी छन्। Advertisement स्थानीय तहका उपप्रमुखहरूको भेलामा बोल्दै उनले भनिन्, ‘वैशाख ३० गते हुने निर्वाचन भयरहित वातावरणमा स्वतन्त्र र निष्पक्ष रूपमा सम्पन्न गर्न नेपाल सरकार, राजनीतिक दल र सम्वद्ध सबै पक्षको ध्यानाकर्षण गराउन चाहन्छु।’ स्थानीय तहका न्यायिक समितिको सोमबार भएको राष्ट्रिय भेलाको उद्घाटन गर्दै भण्डारीले निर्वाचनमा सहभागी हुन सम्पूर्ण नागरिकलाई आग्रह गरिन्। स्थानीय तहका जनप्रतिनिधि आफ्नो ५ वर्षे कार्यकालको समीक्षा लिएर जनतामा जानुपर्ने औंल्याउँदै भण्डारीले त्यसमा सफलता पाउन शुभकामना दिइन्।  ‘निर्वाचनमा तपाईंमध्ये धेरै जना जनताको बीचमा आफ्ना कार्यक्रमको समीक्षा लिएर जाँदै हुनुहुन्छ, म तपाईंहरूलाई सफलताको अग्रिम शुभ...
चैत १९ गते देउवा-मोदी भेटवार्ता हुने, बनारस पनि जाने

चैत १९ गते देउवा-मोदी भेटवार्ता हुने, बनारस पनि जाने

राजनीति
प्रधानमन्त्री शेरबहादुर देउवा औपचारिक भारत भ्रमणमा जाने भएका छन्। Advertisement भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा देउवा पत्नी आरजु राणा देउवासहितको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चैत १८ गते नयाँदिल्ली प्रस्थान गर्नेछन्। परराष्ट्र मन्त्रालयका अनुसार भ्रमण टोलीमा परराष्ट्र मन्त्री नारायण खड्कासहित अन्य केही मन्त्री र सचिवहरू सहभागी हुनेछन्।प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीबीच चैत १९ गते शनिबार भेटवार्ता हुनेछ। दिल्लीमा हुँदा प्रधानमन्त्री देउवाले भारतीय उपराष्ट्रपति वेन्कैया नायडु, विदेश मन्त्री एस जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग पनि भेट्ने कार्यक्रम छ। चैत २० मा नेपाल फर्किनुअघि प्रधानमन्त्री देउवा बनारस पनि जान लागेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। बनारस भारतीय प्रधानमन्त्री नरेन्द्र ...
जनताले न्याय क्षेत्रमा सुधार भएको महसुस गर्न पाएनन्ः महान्यायाधीवक्ता खाती

जनताले न्याय क्षेत्रमा सुधार भएको महसुस गर्न पाएनन्ः महान्यायाधीवक्ता खाती

राजनीति
महान्यायाधीवक्ता खम्मबहादुर खातीले देशमा जतिसुकै परिवर्तन भए पनि नागरिकले न्याय क्षेत्रमा सुधार भएको महसुस गर्न नसकेको बताएका छन्।  Advertisement कुनै पनि परिवर्तनको अनुभूति नागरिकले गर्न पाएमात्रै त्यसको सार्थकता हुने भन्दै उनले जनताले न्याय क्षेत्रमा भएको परिवर्तनको अनुभूति गर्न नपाएको बताए। उच्च सरकारी वकिल कार्यालय बुटवलको नवनिर्मित भवनको उद्घाटन गर्दै महान्यायाधीवक्ता खातीले न्याय सेवालाई सबै नागरिकको पहुँचमा पुर्‍याउन सकेमात्रै न्याय क्षेत्रमा परिवर्तन भएको बुझ्न सकिने बताए।  ‘देशका सबै जसो जिल्लाका कारागार र त्यहाँ राखिएका कैदी बन्दीहरूको अवस्था दयनीय छ, सरकारले कारागार र कैदी बन्दीहरूको व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने आवश्यकता छ,’ उनले भने। महान्यायाधीवक्ता खातीले देशमा तीन तहका सरकार भए पनि आपसमा समन्वय हुन नसक्दा जनताले पाउन...
देउवा रणनीति : विरोधीलाई बोल्न दिएरै थकाउने, केन्द्रबाटै गठबन्धन गर्ने 

देउवा रणनीति : विरोधीलाई बोल्न दिएरै थकाउने, केन्द्रबाटै गठबन्धन गर्ने 

राजनीति
काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसको केन्द्रीय बैठक जारी छ । शुक्रबारबाट सुरू भएको बैठक आइतबार दोस्रो दिन पनि करिब ५ घण्टा चलेर स्थगित भयो ।  Advertisement वैशाख ३० मा हुने स्थानीय तह निर्वाचका लागि पार्टीले गरेको एक महिने ‘घर–घर जाऔँ कांग्रेस जिताऔं’ अभियानको समीक्षा बैठकमा जारी छ । स्थलगत भ्रमणबाट फर्किएका सभापति देउवा निकटकै केन्द्रीय सदस्यहरू पनि चुनावी गठबन्धनको विपक्षमा मत राखिरहेका छन् । तर, त्यो मतबाट देउवा टसको मस भएका छैनन् । उनी गठबन्धन गर्ने पक्षमा दृढ छन् ।  शनिबार काठमाडौंमा भएको एक कार्यक्रममा पनि सभापति देउवाले गठबन्धन नगरे कांग्रेस पराजित हुने, नेकपा एमाले अहिले पनि बलियो अवस्थामा रहेको बताएका थिए । आइतबारको बैठकमा बोल्दै केन्द्रीय सदस्य तथा कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले चुनावी गठबन्धनको विपक्षमा स्पष्ट मत र...
एमालेले इमेलमा माग्यो घोषणा पत्रका लागि सल्लाह-सुझाव

एमालेले इमेलमा माग्यो घोषणा पत्रका लागि सल्लाह-सुझाव

राजनीति
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले स्थानीय चुनावका लागि पार्टीले तयार पार्ने प्रतिवद्धता पत्र र घोषणा पत्रमा सल्लाह र सुझाव मागेको छ। Advertisement आइतबार बसेको एमाले स्थायी कमिटीको बैठकले वैशाख ३० गते हुने चुनावका लागि केन्द्रले बनाउने घोषणा पत्र र स्थानीय तहले निर्माण गर्ने प्रतिवद्धता पत्रमा समेट्नका लागि सल्लाह र सुझाव मागेको एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरूङले जानकारी दिए। सरोकारवालाहरूले त्यस्ता सुझाव [email protected] मा इमेल गर्न सक्ने गुरूङले बताए। प्रतिवद्धता पत्रका लागि  एमालेले चैत १६ गते हाइब्रिड भर्चुअल अन्तरक्रिया कार्यक्रम गर्नेछ। उक्त कार्यक्रममा केन्द्रीय नेताहरू भौतिक रूपमा प्रदेश, जिल्ला र पालिकाका नेताहरू भर्चुअल रूपमा उपस्थित हुने छन्। केन्द्रीय घोषणा पत्रको मस्यौदा तयार भइसकेको र स्थायी कमिटी सदस्यले ...
नेपालमा पूर्वाधार क्षेत्रमा लगानी चाहिएको छ: महामन्त्री थापा

नेपालमा पूर्वाधार क्षेत्रमा लगानी चाहिएको छ: महामन्त्री थापा

राजनीति
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पूर्वाधार क्षेत्रमा लगानी आवश्यक रहेको बताएका छन्। Advertisement अबको एक दशक पूर्वाधारका क्षेत्रमा ठूलो लगानी चाहिने आवश्यक पर्ने थापाले बताए। दसौं गैरआवासीय नेपाली विश्व सम्मेलनलाई सम्बोधन गर्दै आज थापाले नेपालको कृषि बजारमुखी हुने र मानिसहरूलाई बाहिर पठाउनाले पनि अर्थतन्त्रमा असर परिरहेको बताए। ‘आन्तरिक स्रोत परिचालनले मात्रै पूर्वाधारको विकास गर्न सकिँदैन,’ महामन्त्री थापाले भने, ‘बाह्य लगानी भित्र्याउनुपर्छ।’ पूर्वाधारसँगै शिक्षा तथा स्वास्थ्यका क्षेत्रमा पनि विकास गर्नुपर्ने उनले बताए। उनले पूर्वाधारका लागि अहिले स्रोत अभाव रहेको पनि बताए। उनले गैरआवासीय नेपालीलाई नेपालमा लगानी गर्न दिनुपर्ने पनि बताएका थिए। उनले गैरआवासीय नेपालीहरुको लगानीलाई आशंकाको दृष्टिले हेर्न नहुने पनि बताए। ...