२०८३ बैशाख २६

Author: Senior Editor Nima

कस्तो होला कांग्रेसको चुनावी तालमेलको मोडल?

कस्तो होला कांग्रेसको चुनावी तालमेलको मोडल?

राजनीति
वैशाखमा हुने स्थानीय चुनावमा नेपाली कांग्रेसले सत्तारूढ पाँच दलीय गठबन्धनलाई सँगै लैजाने तयारी गरेको छ। २०७४ सालमा जितेका ठाउँ लिएर अन्यत्र भने गठबन्धन गर्दै चुनावमा जाने गृहकार्य कांग्रेसको छ। Advertisement ७५३ तहमध्ये ०७४ मा कांग्रेसले २५३ तह मात्रै जितेको थियो। पहिले जितेका सिट सुरक्षित राखेर अन्यत्र माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चासँग चुनावी तालमेल गर्ने पक्षमा कांग्रेस छ। गत शुक्रबारदेखि जारी कांग्रेस केन्द्रीय समिति बैठकमा पनि गाउँ-गाउँमा कांग्रेसको अवस्थाबारे वस्तुगत रूपमा विवरण पेश भइरहेका छन्। स्थानीय चुनाव केन्द्रित अभियानका लागि गाउँ पुगेका केन्द्रीय सदस्यहरूले त्यहाँ ०७४ को चुनावमा कांग्रेसको अवस्था र अहिलेको अवस्थाबारे समेटेर विवरण ल्याएका छन्। उनीहरूले जारी केन्द्रीय समितिमा तथ्यांकगत र...
गठबन्धनलाई चुनावसम्मै लैजानेबारे केन्द्रीय समितिले नीतिगत निर्णय गर्छ: रामचन्द्र पौडेल

गठबन्धनलाई चुनावसम्मै लैजानेबारे केन्द्रीय समितिले नीतिगत निर्णय गर्छ: रामचन्द्र पौडेल

राजनीति
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले चुनावी गठबन्धनबारे जारी केन्द्रीय समिति बैठकबाट नीतिगत निर्णय हुने बताएका छन्। Advertisement वैशाखमा हुने स्थानीय चुनावमा कुन स्थानीय तह कसले लिने भन्नेबारेमा पछि नै निर्णय हुने पनि उनले बताए। आज सानेपामा पत्रकारहरूसँगको कुराकानीका क्रममा पौडेलले पाँचदलीय गठबन्धनलाई बचाएर चुनावसम्मै लैजानुपर्ने अवस्था रहेको बताए। ‘गठबन्धनबारे केन्द्रीय समितिले नीतिगत निर्णय गर्छ,’ उनले भने, ‘कुन स्थानीय तह कसले लिने भन्ने त पछि नै थाहा हुन्छ।’ कांग्रेस केन्द्रीय समिति बैठक गत शुक्रबारदेखि सुरू भएको थियो। आज पनि बैठक बसिरहेको छ। बैठकमा जिल्ला खटिएका केन्द्रीय प्रतिनिधिले बस्तुगत अवस्थाबारे जानकारी गराइरहेका छन्। ‘धेरै केन्द्रीय सदस्यहरूको धारणा गठबन्धनको आवश्यकता छ भन्ने नै देखिएको छ,’ उनले भने, ‘कहाँ लिने...
प्रदेश सभापतिले उठाएका तीन माग सम्बोधन गर्दै कांग्रेस

प्रदेश सभापतिले उठाएका तीन माग सम्बोधन गर्दै कांग्रेस

राजनीति
नेपाली कांग्रेसका सात प्रदेश सभापतिहरूले उठाएका मागहरू सम्बोधन हुने भएका छन्। जारी केन्द्रीय कार्यसमिति बैठकबाट प्रदेश सभापतिहरूले उठाएका माग सम्बोधन गर्ने गृहकार्य कांग्रेसले गरेको छ। Advertisement प्रदेश सभापतिहरूले आफूहरूलाई केन्द्रीय सदस्यसरह केन्द्रीय समिति बैठकमा आमन्त्रण गरिनुपर्ने, प्रदेशमा लेबी दिइनुपर्ने र बरियतालगायत विषय टुंग्याउनुपर्ने माग राख्दै आएका छन्। प्रदेश नम्बर १ कांग्रेस सभापति उद्धव थापाका अनुसार प्रदेश सभापतिहरूका माग पार्टीले सम्बोधन गर्ने तयारी गरेको छ। ‘हामीले उठाएका मागहरू यो केन्द्रीय कमिटीबाट सम्बोधन हुने भएको छ,’ उनले आज सानेपामा पत्रकारहरूसँग भने, ‘केन्द्रीय समितिमा स्थायी आमन्त्रित सदस्यका रूपमा प्रदेश सभापतिलाई बोलाउने व्यवस्था गर्ने भनेर उपसभापति पूर्णबहादुर खड्काले बताइसक्नुभएको छ।’ अहिले कांग्रेसका ...
गणतन्त्र विरोधीहरू जनताका अधिकार खोस्न उद्यत छन्: प्रचण्ड

गणतन्त्र विरोधीहरू जनताका अधिकार खोस्न उद्यत छन्: प्रचण्ड

राजनीति
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र विरोधीहरू जनताका समावेशी अधिकार र समानुपातिक अधिकार खोस्न उद्यत रहेको बताएका छन्। Advertisement गोरखाको बारपाक सुलिकोट गाउँपालिकाको प्रशासकीय भवनको आज उद्घाटन गर्दै अध्यक्ष दाहालले यथास्थितिवादीहरू  माओवादी केन्द्रलाई घेरा हालेर सिध्याउनु पर्छ भनेर लागिपरेको आरोप लगाए। माओवादी 'जनयुद्ध' र उन्नाइस दिनको जनआन्दोलनबाट प्राप्त उपलब्धि खोस्न सके माओवादीलाई सिध्याउन सकिन्छ भन्नेमा प्रतिगमनकारी र प्रतिक्रान्तिकारी लागेको उनको भनाइ थियो।  ‘अबको निर्वाचनमा माओवादी हार्दा गणतन्त्र नै हार्ने खतरा छ, समावेशीता र समानुपातिकता खोसिने खतरा छ’, उनले भने। परिवर्तनका लागि अग्रणी भूमिका खेलेको माओवादीले अबको निर्वाचन जिते मात्र देशमा सामाजिक न्याय र समृद्धिको बाटो खुल्ने अ...
सात प्रदेशका खेलकुद मन्त्री बैठक : १४ बुँदे निर्णय पारित

सात प्रदेशका खेलकुद मन्त्री बैठक : १४ बुँदे निर्णय पारित

राजनीति
युवा तथा खेलकुुदसम्बन्धी विषयगत समितिको बैठकले १४ बुँदे निर्णय पारित गरेको छ।  Advertisement युवा तथा खेलकुद मन्त्रालयद्वारा आयोजित सातवटै प्रदेशका खेलकुदमन्त्री तथा सचिव सहभागितामा भएको बैठकले विभिन्न १४ बुँदे निर्णय पारित गरेको मन्त्रालयका सचिव डा दामोदर रेग्मीले बताए। पारित बुँदामा युवा तथा खेलकुद क्षेत्रको बजेट वृद्धिका लागि पहल गर्ने, खेल पूर्वाधारसम्बन्धी राष्ट्रिय मापदण्ड तयार गर्ने, खेलकुदका कर्मचारी समायोजन गर्ने, नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको व्यवस्थापनका लागि नीतिगत आधार तयार गरी अन्तर तह सहकार्य गर्नेलगायत  छन्। राष्ट्रिय खेलकुद विकास ऐन २०७७ कार्यान्वयनमा आएपछि युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजको अध्यक्षतामा पहिलोपटक सङ्घीय र प्रदेशका मन्त्री÷सचिवसहितको विषयगत समितिको बैठक भएको हो। खेलकुदसम्बन्धी योजना, नीति, क...
चीनले गर्‍यो नेपाललाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थल हस्तान्तरण

चीनले गर्‍यो नेपाललाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थल हस्तान्तरण

राजनीति
चीन सरकारले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आज नेपाल सरकारलाई हस्तान्तरण गरेको छ। शनिबार साँझ बालुवाटारमा आयोजित एक कार्यक्रममा चीनका विदेशमन्त्री वाङ यीले परराष्ट्रमन्त्रीमार्फत् विमानस्थलको चाबी नेपाल सरकारलाई हस्तान्तरण गरेका हुन्। Advertisement चीन सरकारको सहुलियतपूर्ण २२ अर्ब ऋणमा उक्त विमानस्थल निर्माण गरिएको हो। विमानस्थल निर्माणको ठेक्कासमेत चीन सरकारकै स्वामित्वमा रहेको कम्पनी सिएएमसीईले पाएको थियो। राष्ट्रिय गौरवको आयोजनामा समावेश विमानस्थलको भौतिक प्रगति ९३ प्रतिशत पुगेको छ भने वित्तीय प्रगति ७४ प्रतिशत पुगेको आयोजनाले जनाएको छ। नेपाल सरकारले विमानस्थलको काम २०२१ जुलाई १० भित्र सक्ने कार्यादेश चिनियाँ कम्पनी सिएएमसीईलाई दिएको थियो। कम्पनीले सरकारले दिएको म्यादभन्दा ६ महिना अगावै आयोजना निर्माण गरेर सरकारला...
केपी ओलीले भने – यत्रो तीन करोड जनता छन्, किन चाहियो वाम एकता?

केपी ओलीले भने – यत्रो तीन करोड जनता छन्, किन चाहियो वाम एकता?

राजनीति
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वामपन्थी एकता र गठबन्धन नभनी पार्टी प्रवेशमा केन्द्रित हुन निर्देशन दिएका छन्। Advertisement पार्टी केन्द्रीय कमिटीको पहिलो दिनको बैठकको अन्त्यमा बोल्दै एमाले अध्यक्ष ओलीले बामपन्थी एकताको जरुरी नरहेको समेत बताए। उनले माओवादी केन्द्रका कार्यकर्ता एमाले प्रवेश गराएर उसलाई रित्तो बनाउनुपर्ने समेत बताए। ‘गठबन्धन नभनौं, एकता नभनौं। के को पार्टी एकता? पार्टी प्रवेश भनौं। वाम एकता भन्यो भने पार्टी प्रवेश रोकिन्छ। के को बाम एकता? प्रचण्डको भाँडो रित्तिने गरी प्रवेश गराउनुपर्छ,’ उनले भने, ‘यत्रो पार्टी टुक्र्‍याउने काम गरिएको छ। पार्टी सकाउन अन्य देश वा समूहहरूसँग सम्झौता भएको छ। प्रचण्डले देशका युवामाथि खेलवाड गरेका छन्। त्यसो भएको हुनाले प्रचण्ड को भाँडो पखालेर यता खन्याउन पर्छ।’ तीन करोड जनता भएको ठाउँमा वाम एकत...
चुनावी गठबन्धन केन्द्रीय समितिको निर्णयबाट भन्दा विधानअनुसार हुनुपर्छ- शेखर पक्ष

चुनावी गठबन्धन केन्द्रीय समितिको निर्णयबाट भन्दा विधानअनुसार हुनुपर्छ- शेखर पक्ष

राजनीति
नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आफूनिकट नेताहरूसँग छलफल गरेका छन्। Advertisement चैत ११ मा बस्ने कांग्रेस केन्द्रीय समिति बैठकमा चुनावी गठबन्धनबारे छलफल हुनसक्ने भएकाले त्यसअघि नै समूहको समान धारणा बनाउन बुधबार कोइरालाले आफूनिकटको भेला काठमाडौंमा राखेका थिए। उक्त भेलामा सहभागी एक नेताका अनुसार चुनावी गठबन्धन गर्ने निर्णय केन्द्रीय समितिबाट पारित गरेर मात्रै हुँदैन भन्ने निष्कर्ष निकालेको छ।  कांग्रेस विधानअनुसार प्रतिनिधि सभा क्षेत्र, जिल्ला, प्रदेश र केन्द्रमा उम्मेदवारका लागि टिकट दिने संसदीय बोर्ड छ। तल्ला तहमा संसदीय बोर्ड गठन सुरू भए पनि केन्द्रमा बोर्ड बनेको छैन। पार्टी विधानअनुसार यी चारै संसदीय बोर्ड क्रियाशील बनाएर अरू दलसँग गठबन्धन गर्ने कि नगर्ने निर्णय गर्ने अधिकार उनीहरूलाई नै दिनुपर्छ भ...
बालुवाटारबाट हेलिकप्टर चढेर चन्द्रागिरि पुगे प्रधानमन्त्री देउवा

बालुवाटारबाट हेलिकप्टर चढेर चन्द्रागिरि पुगे प्रधानमन्त्री देउवा

राजनीति
तस्बिर स्रोत: प्रधानमन्त्री देउवाको सचिवालय। प्रधानमन्त्री शेरबहादुर देउवा हेलिकप्टर चढेर चन्द्रागिरि पुगेका छन्। Advertisement उनी बालुवाटारबाट हेलिकप्टरमा चन्द्रागिरि पुगेका थिए। दीगो पर्वतीय अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटनका लागि देउवा आज हेलिकप्टरमा चन्द्रागिरि पुगेका थिए। यो सम्मेलनका लागि विभिन्न मुलुकबाट नेपालमा प्रतिनिधिसमेत आएका छन्। प्रधानमन्त्री देउवाको सचिवालयका अनुसार देउवाले सम्मेलनको उद्घाटन र सम्मेलनमा सम्बोधनसमेत गरेका थिए। ...
चुनावमुखी गठबन्धनले देशलाई उपलब्धि दिन सक्दैन: प्रदीप पौडेल

चुनावमुखी गठबन्धनले देशलाई उपलब्धि दिन सक्दैन: प्रदीप पौडेल

राजनीति
नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले चुनावमुखी गठबन्धनले देशलाई उपलब्धि दिन नसक्ने बताएका छन्। Advertisement तर गठबन्धन गर्ने नै हो भने संविधान स्वीकार गर्ने दलहरूबीच हुनुपर्ने उनको भनाइ छ। आज काठमाडौंमा आयोजित राजनीतिशास्त्री समाजले गरेको अन्तर्क्रियामा बोल्दै पौडेलले निर्वाचनमुखी गठबन्धनले मात्रै देशलाई उपलब्धि नदिने बताए। ‘चुनावमुखी गठबन्धनले चुनावमा जिताउन मात्रै काम गर्छ। यस्तो गठबन्धनले देशलाई उपलब्धि दिन सक्दैन,’ उनले भने। उनले जनता र जनजिविकासम्बन्धी साझा एजेन्डा निर्माण गर्ने गठबन्धन मुलुकका लागि आवश्यक भएको उनको भनाइ थियो। उनले ०७४ मा एमाले अध्यक्ष ओलीले स्थिरताका लागि भनेर गठबन्धन गरे पनि चुनाव जितेपछि अस्थिर बनेको आरोप उनले लगाएका थिए। ‘चुनाव जित्न ओलीले गठबन्धन गर्नुभयो, जितेपछि उहाँ जति अस्थिर कोही भएन,’ उनले भने, ‘त्...